default_image

2 years ago

January 29, 2022

विमलको गोलमा नेपालले मौरिससलाई हरायो

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल घर्तीमगरको एकमात्र गोलमा नेपालले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले घरेलु मैदानमा मौरिससलाई १–० ले पराजित गरेको हो ।

नेपालको जितमा विमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै विमलले गोल गर्न सफल भएका हुन् । मौरिससका डिफेन्डरबीच तालमेल मिल्न नसक्दा अन्जन विष्टले बल खोस्दै दिएको पासमा अफसाइड बिट ट्याप गर्दै विमलले गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो । उनले सन् २०१८ मा भएको साफ च्याम्पियनसिपपछि पहिलो गोल गरेका हुन् । यससँगै विमलको गोलसंख्या ९ पुगेको छ ।

त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो मिनेटमा सुनिल बलको आर्कभित्रको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । त्यसपछि अन्जनको प्रहारलाई मौरिससका गोलरक्षक तथा कप्तान केभिन जित लुइसले सहजै बचाए । सुमन लामाको प्रहार आकासियो ।

१६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको प्रहारलाई नेपालका डिफेन्डर देवेन्द्र तामाङको ब्लक गरे । ३१औं मिनेटमा सुमन लामाको ३० यार्ड टाढाको सशक्त प्रहार पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । ३६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले नियन्त्रणमा लिदै नेपालको खतरा टारे ।

४५औं मिनेटमा अन्जन विष्टले सुवर्ण अवसर चुकाउँदा नेपाल पनि अग्रताबाट चुक्यो । डिफेन्डरको गल्तीमा अन्जनले अवसर पाएपनि उनको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरियो । ४६औं मिनेटमा फर्नान्डो ज्याक्सनको प्रहार पोलमा लागेर फर्कदा नेपालको खतरा टरेको थियो । ५५औं मिनेटमा बिमलले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए ।

७६औं मिनेटमा जगजित श्रेष्ठको फ्रिकिकमा अन्जन विष्टको हेडर क्रसबारमा लागेर फर्कदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो । लगत्तै अन्जन को प्रहार पोलमा लागेर फर्कदा जगजित श्रेष्ठको प्रहार आकासियो । दोस्रो मैत्रीपुर्ण खेल मंगलबार हुनेछ । नेपालले पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेलेको हो ।

June 15, 2024

जर्मनीको सानदार सुरुवात

एजेन्सी – उपाधि दावेदार तथा आयोजक जर्मनीले युरो कप २०२४ को सानदार सुरुवात गरेको छ । स्कटल्यान्डलाई ५–१ ले पराजित गर्दै जर्मनीले सानदार सुरुवात गरेको हो । सबै छ गोल जर्मनीका खेलाडीले गरेका थिए । १० खेलाडीमा समेटिएको स्कटल्यान्डविरुद्ध जर्मनीको सानदार जितमा पाँच खेलाडी फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले […]

June 14, 2024

दोस्रो चरणमा २५ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक चरणमा रहेका ३० खेलाडीबाट ५ खेलाडी कटौती गर्दै दोस्रो चरणमा २५ खेलाडी छनोट गरेका हुन् । प्रशिक्षणबाट सुशीला कुमारी चौधरी, सबिना चौधरी, गंगा गुरुङ, ममता पुन र […]

June 14, 2024

एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले अगस्टमा हुने एएफसी महिला च्याम्पियन्स लिगमा सहभागिता जनाउने भएको छ । राष्ट्रिय महिला लिग २०२२ च्याम्पियन्स एपिएफले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि नेपालको प्रतिनिधित्व गर्न लागेको हो । एएफसी महिला च्याम्पियन्स लिगमा एपिएफसहित २२ टोलीले खेल्ने एसियन फुटबल महासंघ (एएफसी) ले जनाएको छ । एएफसीका […]

Success

Thank you for your time.