default_image

2 years ago

April 11, 2022

शीर्ष टोली मिलान रोकियो, नेपोलीको हार

47 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान बराबरीमा रोकिदा शीर्ष दौडमै रहेको नेपोलीले हार बेहोरेको छ । मिलान टोरिनोसँग गोलरहित बराबरीमा रोकिएको हो ।

टोरिनोमा आइतबार राति भएको खेलमा मिलानले घरेलु टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा बराबरीको नतिजा आत्मसात गर्नुप¥यो । यो बराबरीसँगै मिलानले शीर्षस्थानमा आफ्नो अग्रता बढाउने अवसर गुमाएको छ ।

शीर्षस्थानमा रहेको मिलानको ३२ खेलबाट ६८ अंक पुगेको छ । एक खेल कम खेलेको शहरी प्रतिद्धन्द्धी इन्टर मिलानको ६६ अंक छ । अब इन्टरले आफ्नो खेलमा सफलता हात पारे मिलान दोस्रो स्थानमा झर्नेछ । मिलानलाई रोकेको टोरिनो ३९ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा नेपोली घरेलु मैदानमा फियोरेन्टिनासँग ३–२ ले पराजित भएको छ । फियोरेन्टिनाको जितमा निकोलस गोन्जालेस, जोनाथन कोन र अर्थर कावरलले गोल गरे । घरेलु टोली नेपोलीका ड्रिएस मेर्टिन्स र भिक्टर ओसिमहेनले गोल गरेपनि हार टार्न सकेन ।

यो हारसँगै नेपोलीले शीर्षस्थानमा उक्लने मौका गुमाउादा ३२ खेलबाट ६६ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । नेपोलीलाई हराएको फियोरेन्टिना ३१ ख्ेलबाट ५३ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ ।

अन्य नतिजा
जिनोआविरुद्ध लाजियो (१–), सस्सुलोविरुद्ध एटलान्टा (–१), भेनेजियाविरुद्ध उडिनेस (१–) र रोमाविरुद्ध सालेरनिटाना (–१)

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.