default_image

3 years ago

September 6, 2022

‘पुरानै लयमा फर्कन प्रयास गर्दैछु’

293 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतको २-२ गोलमा नेपालले छैटौं महिला साफ च्याम्पियनसिपमा भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गर्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी विंगर अनिता बस्नेत प्लेयर अफ द म्याच चुनिइन् । उनले ७३ औं र ८५ औं मिनेटमा गोल गरेकी थिइन् । उनको पहिलो गोल विशेष थियो । बायाँ विंगबाट तीन डिफेन्डरलाई बिट गर्दै पेनाल्टी क्षेत्रको बीच भागको बाहिरबाट उनले गरेको शक्तिशाली प्रहार सिधै गोल भएको थियो ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अनिताले आफ्नो प्रदर्शनबाट खुसी भएको बताइन् । ‘आजको प्रदर्शनबाट एकदम खुसी छु । सुरुवातमा वर्षाका कर्ण खेल्न कठिन भयो । बल ठम्याउन कठिन भएको थियो । तर दोस्रो हाफमा हामीले आफ्नो योजना अनुसार खेल्न सक्यौं । चाहेजस्तो प्रदर्शन भयो,’ उनले भनिन् ।

‘मैले आज गोल गर्छु नै सोचेको थिएँ । पहिलो हाफमा सोचेजस्तो खेल्न त सकिएन । तर दोस्रो हाफमा राम्रो भयो । गोल पनि निकै राम्रो थियो । मैले सोचेभन्दा राम्रो,’ अनिताले हाँस्दै भनिन् ।

पछिल्लो समय अनिताको प्रदर्शन राम्रो हुन सकेको थिएन । घरेलु फुटबलमा एपिएफबाट पनि सोचेजस्तो खेल्न नसकेकी उनले आफू पुरानो लयमा फर्कन प्रयासरत रहेको बताइन् । ‘म पछिल्लो समय लय बाहिर थिएँ । म आफैंलाई पनि सहज महसुस भएको थिएन । तर यसपटक आफूलाई सिद्ध पार्ने अवसर छ । पुरानो लयमा फर्कन सक्दो प्रयास गर्नेछु,’ उनले भनिन् ।

यो पनि :

‘पानी परेको कारण समयमा गोल निकाल्न सकेनौं’

सावित्रा र अनिता चम्कँदा नेपालको विजयी सुरुवात

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.