default_image

2 years ago

September 17, 2022

म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लियो

120 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । वल्भ्सलाई उसकै मैदानमा ३–० ले पराजित गरेपछि सिटीले एक खेल कम खेलेको आर्सनललाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।

मोलिन्यु स्टेडियम वल्भरह्याम्टनमा शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको वल्भ्सविरुद्ध सिटीको जितमा ज्याक ग्रेलिस, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गरे ।

खेलको पहिलो मिनेटमा नै ज्याक ग्रेलिसको गोलबाट सिटीले अग्रता लिएको थियो । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए ।

१६औं मिनेटमा उच्च लयमा रहेका हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । बर्नाडो सिल्भाको पासमा हालान्डले गोल गर्न सफल भए । उनको यो सिजनमा १० खेलमा १४औं गोल तथा प्रिमियर लिगमा ७ खेलमा ११औं गोल हो ।

३३औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । ज्याक ग्रेलिसमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले नाथन कोलिन्सलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएपछि घरेलु टोली झनै समस्यामा परेको थियो ।

६९औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको जित पक्का गरे । फोडेनले मिडफिल्डर डि ब्रुएनाकै पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नक्दा सिटी अपराजित रहँदै शीर्षस्थानमा उक्लन सफल भयो ।

यस जितसँगै अपराजित रहेको सिटीले ७ खेलबाट ५ जित र २ बराबरीसहित १७ अंक जोडेको छ । एक खेल कम खेलेको आर्सनलको १५ अंक छ । पराजित वल्भ्स ७ खेलबाट ६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.