default_image

1 year ago

March 1, 2023

म्यानचेस्टर एफए कपको क्वाटरफाइनलमा

116 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वारटफाइनलमा च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

सिटीको जितमा फिल फोडेनले दुई तथा केभिन डि ब्रुएनाले एक गोल थपे । एस्टन गेट ब्रिस्टलमा मंगलबार राति भएको एकपक्षीय खेलमा सिटीले खेलको सुरुवातदेखि नै घरेलु टोलीमाथि दवाव बढाउँदा सातौं मिनेटमा नै अग्रता लिन सफल भएको थियो । फिल फोडेनले रियाद महारेजको पासमा गोल गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

दोस्रो गोलको लागि भने सिटीले दोस्रो हाफको मध्य समय नै कुर्नुपरेको थियो । ७४औं मिनेटमा फोडेनले जुलियन अल्भारेजको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

त्यसपछि ८१औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए । ब्रुएनाले ज्याक ग्रेलिसको पासमा गोल गर्न सफल भएका थिए ।

यस्तै ब्राइटन, ब्ल्याकबर्न र फुलहमले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् । ब्राइटनले स्टोक सिटीलाई १–०, ब्ल्याकबर्नले लेस्टर सिटीलाई २–१ ले तथा फुलहमले लिड्सलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान तय गरेको हो ।

अब प्रि–क्वाटरफाइनलमा साउथह्याम्टन र ग्रिम्सवी, बर्नले र फ्लेटवुड, म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम युनाइटेड तथा सेफिल्ड युनाइटेड र टोटेनहम हटस्परबीच खेल हुन बाँकी छ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.