default_image

1 year ago

March 2, 2023

सलाह र भान डाइकको गोलमा लिभरपुल विजयी

132 views

0 Bookmark

एजेन्सी – फरवार्ड मोहम्मद सलाह र डिफेन्डर भर्जिल भान डाइकको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ ।

घरेलु मैदानमा लिभरपुलले वल्भ्समाथि २–० को सहज जित हात पारेको हो । दुवै गोल दोस्रो हाफमा ५ मिनेटको अन्तरमा भएको थियो ।

एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोल लिभरपुलले पाहुना टोलीमाथि बल पोसेसन राख्दै पकड बनाएपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ६६औ मिनेटमा डार्विन नुनेजले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

७३औं मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले डिएगो जोटाको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए । सन् २०१५ यता साउथह्याम्टबाट लिभरपुल आएका डिफेन्डर भान डाइकले प्रिमियर लिगमा आफ्नो गोल संख्या २० पु¥याएको छ ।

त्यसको पाँच मिनेटपछि मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे । उनले कोन्सटानटिनोसको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै लिभरपुल २४ खेलबाट ३९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । समान अंक भएपनि एक खेल कम खेलेको फुलहम गोल अन्तरमा पछि छ । पराजित वल्भ्स २४ अंक जोडेर १५औं स्थानमा छ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.