default_image

6 years ago

August 26, 2018

बार्यनका विंगर मैदान बाहिर रहने

24 views

0 Bookmark

म्युनिख (एजेन्सी) – फ्रान्स तथा बार्यन म्युनिखका विंगर किंग्सले कोमन केहि साता मैदान बाहिर रहने भएका छन् । उनी खुट्टाको चोटका कारण शल्यक्रिया गर्नुपर्ने भएकाले केहि हप्ता मैदान बाहिर बस्ने भएका हुन् ।

शुक्रबार बायर्नले सिजनको पहिलो खेलमा होफेनहाइमसँग खेल्दा २२ बर्षीय कोमन घाइते भएका थिए । खेलमा बार्यनले होफेनह्यामलाई ३–१ ले पराजित गरेको थियो । क्लबका अनुसार किंग्सले कोमनको बाँया खुट्टाको कुर्कुच्चामाथिको लिगामेन्ट च्यातिएको छ । किंग्सले कोमनलाई सन् २०१८ मा युभेन्ट्सबाट लोन पुरा हुनुअगावै बार्यनले १६ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

बार्यनमा रहेर उनले बुन्डेसलिगााका तीन सिजन खेली सकेका छन् । उनले हाल सम्म बार्यनबाट सबैखाले ९६ खेल खेल्दै १७ गोल गरिसकेका छन् । २०१५ बाट फ्रान्सको राष्ट्रिय टिममा डेब्यु गरेका उनले राष्ट्रिय टिमबाट १५ खेल खेलेका छन् । युवा अवस्थामै तहल्का मच्चाएका कोमन फ्रान्स र बायर्नकै भविष्यका स्टारका रुपमा हेरिएक छन् ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.