default_image

5 years ago

December 10, 2018

मेसीलाई इटालीमा खेल्न आउन रोनाल्डोको चुनौती

एजेन्सी – युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन चुनौती दिएका छन् । रियल म्याड्रिडका पूर्व फरवार्ड रोनाल्डोले एक अन्तर्वार्ताका क्रममा अर्जेन्टिनी कप्तान मेसीलाई यसो भनेका हुन् । इटालीको प्रतिष्ठित ला गजेटा डेलो स्पोर्ट ले लिएको अन्तर्वार्तामा रोनाल्डोलाई मेसीसँगको प्रतिस्पर्धा कतिको मिस भएको छ भन्ने प्रश्न गरिएको थियो । […]

32 views

0 Bookmark

एजेन्सी – युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन चुनौती दिएका छन् । रियल म्याड्रिडका पूर्व फरवार्ड रोनाल्डोले एक अन्तर्वार्ताका क्रममा अर्जेन्टिनी कप्तान मेसीलाई यसो भनेका हुन् ।

इटालीको प्रतिष्ठित ला गजेटा डेलो स्पोर्ट ले लिएको अन्तर्वार्तामा रोनाल्डोलाई मेसीसँगको प्रतिस्पर्धा कतिको मिस भएको छ भन्ने प्रश्न गरिएको थियो । उक्त प्रश्नमा उनले मेसीसँगको प्रतिस्पर्धा केहि हदसम्म मिस भएको बताए । तर उनले मेसीलाई पनि नयाँ चुनौती लिने समय भएको बताए ।

‘मैले मेसीलाई केहि मिस पक्कै गरेको छु । मैले पोर्चुगलमा आफ्नो करिअर सुरु गर्दै इंग्ल्यान्ड र स्पेन हुँदै अहिले इटालीमा आएको छु । उनले आफ्नो पूरा करिअर स्पेनमा नै खेलेका छन् । मलाई लाग्छ उनले अब स्पेन छाडेर अन्यत्र लिगमा पनि खेल्नुपर्छ,’ रोनाल्डोले भने ।

रोनाल्डो यसै सिजनको सुरुवातमा १ सय मिलियन युरोमा इटालीको च्याम्पियन युभेन्ट्स पुगेका थिए । रियल म्याड्रिडलाई लगातार ३ पटक च्याम्पियन्स लिग उपाधि दिलाउँदा नायक सावित भएका रोनाल्डोले रियलमा छँदा मेसीविरुद्ध थुप्रै खेल खेले । दुवै खेलाडीले यस क्रममा व्यक्तिगत र टोलीको लागि सफलता पनि हासिल गरेका थिए ।

‘मेरो लागि जिन्दगि भनेको चुनौती हो । नयाँ चुनौतीको सामना गर्न मलाई मनपर्छ र म यसमा खुसी पनि छु । म उनी इटाली आएर खेलेको हेर्न चाहन्छु । मैलेजस्तै उनले पनि नयाँ चुनौतीको सामना गर्नुपर्छ । तर उनी त्यहाँ स्पेनमा नै खुसी छन् भने म त्यसको सम्मान गर्छु,’ उनले थपे ।

‘मेसी निकै राम्रा खेलाडी हुन् र उत्तिकै सालिन व्यक्ति पनि । मैले उनलाई यहाँ खासै मिस गरेको छैन । मेरो नयाँ चुनौतीको सामना गर्नुपर्दा म खुसी छु,’ उनले टुंग्याए ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.