default_image

5 years ago

December 10, 2018

फिफा क्लब विश्वकपमा रियललाई सहज ड्र

एजेन्सी – स्पेनिस क्लब तथा युरोपेली च्याम्पियन रियल म्याड्रिडलाई यसै साता सुरु हुने क्लब विश्वकपमा सहज ड्र परेको छ । यसपटक विश्वकप डिसेम्बर १२ देखि २२ सम्म संयुक्त अरब इमिरेट्सको आबुधावीमा हुँदैछ । रियलले सिधै प्रतियोगिताको सेमिफाइनल खेल खेल्नेछ । क्वाटरफाइनलमा काशीमा एन्टलर्स र सिभास ग्वाडलाहाराको विजेतासँग रियलले फैंल प्रवेशका लागि डिसेम्बर १९ मा खेल्नेछ […]

26 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब तथा युरोपेली च्याम्पियन रियल म्याड्रिडलाई यसै साता सुरु हुने क्लब विश्वकपमा सहज ड्र परेको छ । यसपटक विश्वकप डिसेम्बर १२ देखि २२ सम्म संयुक्त अरब इमिरेट्सको आबुधावीमा हुँदैछ ।

रियलले सिधै प्रतियोगिताको सेमिफाइनल खेल खेल्नेछ । क्वाटरफाइनलमा काशीमा एन्टलर्स र सिभास ग्वाडलाहाराको विजेतासँग रियलले फैंल प्रवेशका लागि डिसेम्बर १९ मा खेल्नेछ । काशीमा र सिभासको खेल भने १५ डिसेम्बरमा हुनेछ ।

रियलको फाइनल प्रतिद्वन्द्वी आइतबार कोपा लिबर्टाडोरेसको उपाधि जितेको रिभर प्लेट हुने सम्भावना प्रबल छ रिभर प्लेटले पनि सिधै सेमिफाइनल खेल्नेछ । अलआइन र वेलिङटनको विजेताले क्वाटरफाइनलमा एस्परेन्स डे तुनिससँग क्वाटरफाइनलमा खेल्नेछन् । त्यस खेलको विजेताले रिभर प्लेटसँग फाइनल प्रवेशको लागि खेल्नेछन् ।

प्रतियोगिताको फाइनल खेल २२ डिसेम्बरमा हुनेछ । रियल यस प्रतियोगिताको साविक विजेता पनि हो । सन् २०१६ र २०१७ कै संस्करण रियलले जितेको थियो ।

April 28, 2024

टोटेनहममाथि आर्सनलको जित

एजेन्सी – शीर्षस्थानको आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजय यात्रालाई जारी राखेको छ । आर्सनलले आइतबार भएको खेलमा शीर्ष पाँचको टोटनहमलाई ३–२ ले हराएको छ । खेलमा ३–० ले पछि परेरपनि टोटेनहम २ गोल फर्काउन सफल भएको थियो । यद्दपी टोली राबरी गर्न भने असफल रह्यो । आर्सनलको जितमा बुकायो साका, काइ हार्भेट्जले गोल गरे । […]

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

Success

Thank you for your time.