default_image

5 years ago

January 5, 2019

कर्ण र देवेन्द्र उत्कृष्ट प्रदर्शनमा झापा-११को जित

दिपक बोहोरा ,पाँचथर रुस्लान फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको उद्घाटन खेलमा कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङलाई हराउँदै झापा-११ ले विजयी सुरुवात गरेको छ । शनिबार फिदिम माविको खेलमैदानमा देवेन्द्र तामाङ र कर्ण लिम्बूको उत्कृष्ट प्रदर्शनमा झापा ३-१ ले विजयी रहयो । ताप्लेजुङले ३ जना विदेशी खेलाडीसहित मैदनमा उत्रेर सुरुवाती अग्रता लिएपनि जित दर्ता गर्न सकेन […]

43 views

0 Bookmark

दिपक बोहोरा ,पाँचथर

रुस्लान फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको उद्घाटन खेलमा कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङलाई हराउँदै झापा-११ ले विजयी सुरुवात गरेको छ । शनिबार फिदिम माविको खेलमैदानमा देवेन्द्र तामाङ र कर्ण लिम्बूको उत्कृष्ट प्रदर्शनमा झापा ३-१ ले विजयी रहयो ।

ताप्लेजुङले ३ जना विदेशी खेलाडीसहित मैदनमा उत्रेर सुरुवाती अग्रता लिएपनि जित दर्ता गर्न सकेन । खेलको पाँचौ मिनेटमा विदेशी खेलाडी रोनीको क्रसमा ताप्लेजुङका अनुप सेन्दाङले गोल गर्दै आफ्नो टिमलाइ अग्रता दिलाए । ताप्लेजुङले अग्रता लामो समय टिकाइ राख्न सकेन । २५ औं मिनेटमा कर्ण लिम्बूले प्रहार गरेको कर्नरलाइ हेडर गोल गर्दै राष्ट्रिय टिमका सदस्य समेत रहेका देवेन्द्र तामाङले झापाको लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको दोस्रो मिनेटमा ताप्लेजुङको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै झापाका राजकुमार कन्दङवाले गोल गर्दै अग्रता दोब्बर पारे । ५७ औं मिनेटमा कर्ण लिम्बुले वान भर्सेस वानको स्थितीमा गोल गर्दै झापा-११ लाइ जिताए । पहिलो हाफमा केहि सुस्त देखिएको झापा दोस्रो हाफ सुरु भएदेखि नै आक्रामक बनेको थियो । ताप्लेजुङले निरन्तर खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन ।

खेलमा एक गोल गरेका झापाका देवेन्द्र तामाङ म्यान अफ द म्याच बने । उनले दश हजार रुपैयाँ प्राप्त गरे । विदेशी खेलाडीहरुले सोचेअनुरुप खेल्न नसक्दा पहिलो खेलमै पराजित हुन परेको कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङका प्रशिक्षक डिके मादेनले बताए । यता झापाका प्रशिक्षक प्रबेश कटुवालले आफ्ना खेलाडीहरुले उच्च्म मनोबलका साथ मैदानमा खेल प्रर्दशन गरेकाले नतिजा आफु अनुकुल आउन सफल भएको बताए ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रत्येक वर्ष फिदिम स्र्पोटिङ क्लबले आयोजना गर्दौ आएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको उद्घाटन प्रदेश नम्बर १ का आर्थीक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले गरेका थिए ।

प्रतियोगितामा मोफसलका चर्चित क्लबहरु र ए डिभिजन सहित दश टिमको सहभागीता रहने छ । प्रतियोगितामा ए डिभिजन एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, ब्याइज युनियन क्लब, सरस्वती क्लब र मोफसलका सुनसरी ११,झापा ११, मोरङ ११,कर्ण्सिं सोनाम स्मृति क्लब ताप्लेजुङ, आयोजक फिदिम स्र्पो्टिङ क्लबको सहभागीता रहने आयोजकले बताएका छन् ।

पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गर्दा उपबिजेताले नगद दुई लाख प्राप्त गर्ने आयोजकले बताएका छन् ।

फाल्गुनन्द गोल्डकपमा आइतबार हुने खेल :

एनएमबि फिदिम स्र्पोटिङ क्लब बिरुद्ध मोरङ ११

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.