काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्वर २ को सर्लाही जिल्लामा आजदेखि तेस्रो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

सर्लाही जिल्ला फुटबल संघको समन्वयमा बागमती नगरपालिका र बागमती युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको प्रतियोगितामा ‘ए’ डिभिजनका सहित विभिन्न १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक बागमती युवा क्लब सर्लाही र ‘ए’ डिभिजन क्लब सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो २ः३० बजेपछि सन्तोष स्मृति खेलमैदानमा बागमती नगरपालिका ११ मा शुरु हुनेछ ।
प्रतियोगितामा बागमती युवा क्लब, सरस्वती युवा क्लब, रुस्लान थ्री स्टार क्लब, सुदूरपश्चिम–११, हिमालयन शेर्पा क्लब, नेपाल एपीएफ क्लब, वीरगन्ज युनाइटेड, फ्रेन्डस् क्लब, बागमती नगरपालिका, पारो फुटबल क्लब भुटान, नेपाल पुलिस क्लब र झापा–११ गरी १२ टोलीको सहभागिता रहेको छ ।
२०७६ बैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।