default_image

5 years ago

October 20, 2019

दार्जीलिङलाई हराउँदै जावलाखेल क्वाटरफाइनलमा

भरतपुर (हाम्रो खेलकुद) – जावलाखेल युवा क्लब ललितपुर नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ३–१ गोलअन्तरले पराजित गर्दै जावलाखेलले अघिल्लो चरण यात्रा तय गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकेको दार्जिलिङले दोस्रो हाफको १७ औं मिनेटमा पहिलो […]

43 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद) – जावलाखेल युवा क्लब ललितपुर नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ३–१ गोलअन्तरले पराजित गर्दै जावलाखेलले अघिल्लो चरण यात्रा तय गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकेको दार्जिलिङले दोस्रो हाफको १७ औं मिनेटमा पहिलो गोल खायो । जावलाखेलका लागि शक्ति राईले सुजीत बुढाथोकीको पासमा पहिलो गोल गरे । त्यसपछि झनै आक्रामक बनेको जावलाखेलका लागि दोस्रो गोल सुजीतले गरे ।

युनाइटेड एफसीका लागि शुभम क्षेत्रीले दोस्रो हाफको ३८ औं मिनेटमा गोल गरे । जावलाखेलका लागि तेस्रो गोल इञ्जुरी समयमा सुजीतले नै गरे । दुई गोल र एक असिस्ट गरेका सुजीतले म्यान अफ दी म्याच बन्दै १० हजार पुरस्कार पाए । सेमीफाइनल प्रवेशका लागि अब जावलाखेलले अर्को ए डिभिजन क्लब संकटाको सामना गर्नेछ ।

प्रतियोगितामा पाँचौं दिन सोमबार नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् । आर्मी बाइ पाएको टिम हो भने एपीएफ झापा–११ लाई पराजित गर्दै अघि बढेको टिम हो । नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सहआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.