default_image

5 years ago

February 21, 2020

जोटाको ह्याट्रिकमा वल्भ्सको सानदार जित

79 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज युवा फरवार्ड डियागो जोटाको ह्याट्रिक मद्दतमा इंग्लिस क्लब वल्भ्सले युइएफए युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा वल्भ्सले स्पेनिस क्लब इस्पान्योलमाथि ४–० को सानदार जित निकालेको हो । फराकिलो जितसँगै वल्भ्सले युरोपा लिगको प्रि–क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएके छ । २७ फेब्रुअरीमा हुने दोस्रो लेगमा बराबरी नै वल्भ्सको लागि अर्काे चरण पुग्न पर्याप्त हुनेछ । इस्पान्योललाई अर्काे चरण पुग्न कम्तीमा पनि ५–० को जित आवश्यक छ ।

वल्भरह्याम्पटन वेस्ट मिडल्यान्डमा भएको खेलमा अर्काे एक गो रुवेन नेभेसले गरेका थिए । घरेलु टोलीले खेलको १५औं मिनेटमा जोटाको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको वल्भ्सले दोस्रो हाफमा ३ गोल थप्न सफल भयो ।

५२औं मिनेटमा रुवेन नेभेसले गोल गर्दै अग्रता दोब्बर पारे । ६७औं मिनेटमा जोटाले माट दोअर्थीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै वल्भ्सलाई फराकिलो जिततर्फ अग्रसर गराए ।८१औं मिनेटमा जोटाले ह्याट्रिक पुरा गर्दै वल्भ्सलाई ४–० को फराकिलो जित दिलाए । उनले जोओ मोउटिन्होको पासमा गोल गरेका थिए ।

जोटाले यसअघि युरोपा लिगको समूह चरणमा बेसिक्टासविरुद्ध पनि ह्याट्रिक पुरा गरेका थिए । उनले युरोपा लिगमा ११ खेलमा ९ गोल गरिसकेका छन् ।

अन्य नतिजा

क्लब ब्रगविरुद्ध म्यानचेस्टर युनाइटेड (१–१)

फ्रन्कफर्टविरुद्ध साल्जवर्ग (–१)

एफसी कोवेनहेनविरुद्ध सेल्टिक (१–१)

गेटाफेविरुद्ध आयाक्स (–०)

लुडोगोरेट्सविरुद्ध इन्टर मिलान (०–)

साख्तर डोनेक्सविरुद्ध बेन्फिका (–१)

स्पोर्टिङ लिस्वनविरुद्ध इस्तानुवुल (–१)

सिएफआर क्लजविरुद्ध सेभिया (१–१)

अपोइल निकोसियाविरुद्ध बसेल (०–)

एजेट अल्कामारविरुद्ध लास्क (१–१)

बायर लिभरकुसेनविरुद्ध एफसी पोर्टाे (–१)

ओलम्पियाकोसविरुद्ध आर्सनल (०–)

रेन्जर्सविरुद्ध ब्रागा (–२)

रोमाविरुद्ध जेन्ट (–०)

वल्सवर्गविरुद्ध माल्मो (–१)

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.