default_image

4 years ago

March 7, 2020

भ्यालेन्सिया अलाभेससँग रोकियो

एजेन्सी – स्पेनिस ला लिगामा भ्यालेन्सिया डिर्पाेटिभो अलाभेससँग बराबरीमा रोकिएको छ । भ्यालेन्सियाले शुरुवाती अग्रता जोगाउन नसक्दा १–१ गोलको बराबरीमा रोकिदै अंक बाँडेको हो । बराबरीसँगै भ्यालेन्सियाले पाँचौ स्थानको एट्लेटिको मड्रिडसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । भ्यालेन्सियाको २७ खेलबाट ४२ अंक रहेको छ । एक खेल कम खेलेको एट्लेटिकोको ४४ अंक छ । […]

20 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा भ्यालेन्सिया डिर्पाेटिभो अलाभेससँग बराबरीमा रोकिएको छ । भ्यालेन्सियाले शुरुवाती अग्रता जोगाउन नसक्दा १–१ गोलको बराबरीमा रोकिदै अंक बाँडेको हो ।

बराबरीसँगै भ्यालेन्सियाले पाँचौ स्थानको एट्लेटिको मड्रिडसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । भ्यालेन्सियाको २७ खेलबाट ४२ अंक रहेको छ । एक खेल कम खेलेको एट्लेटिकोको ४४ अंक छ । ३२ अंक जोडेको अलाभेस ११औं स्थानमा छ ।

अलाभेसको मैदानमा शुक्रबार राति भएको खेलमा भ्यालेन्सियाले खेलको ३४औं मिनेटमा ड्यानियल पारेजोले गोल गर्दै अग्रता दिलाएका थिए ।
७३औं मिनेटमा इडगर मेन्डिजले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलमा भ्यालेन्सियाले घरेलु टोलीलाई दवावमा राखेपनि अलाभेसको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।  इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा घरेलु टोलीले पेनाल्टीको अपिल गरेपनि भिएआरको मान्यता नपाउदा घरेलु टोलीले पेनाल्टी नपाउदा सम्भावित जितबाट वञ्चित बन्यो ।

ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिड ५६ अंक जोडेर शीर्षस्थानमा रहँदा क्याटलान क्लब बार्सिलोना ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.