default_image

4 years ago

July 26, 2020

 घरेलु मैदान स्तरोन्नति गर्दै झापा ११

48 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

केही कृषकले धान रोपिसकेर मैजारो पनि गरिसके । धेरै कृषकलाई धान रोपाइँको चटारै छ । यो मानो खाएर मुरी फलाउने बेला पनि हो । तर, बितामोड–३ का छ जना महिलाको चिन्ता धानबालीमा छैन । उनीहरुका हात मैदानको झार उखेल्न व्यस्त छन् ।

झापाको बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको संरक्षण र स्तरोन्नतिका लागि उनीहरुका हात अबको एक महिनासम्म मैदानको झारमै हुनेछन् । खुला मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेलको काम सुरु गरिएको झापा ११ फुटबल क्लबका अध्यक्ष तथा डोमालाल राजवंशी रंगशाला संरक्षण समितिका संयोजक जलकुमार गुरुङले बताए ।

नेपालकै उत्कृष्ट र आकर्षक मानिएको फुटबल मैदान डोमालाल राजवंशी रंगशालाको संरक्षणका लागि ३ नम्बर वडा कार्यालयले सहयोग गरेको वडा अध्यक्ष भोजराज सिटौलाले जानकारी दिए । वडाले त्यसका लागि पाँच लाख रुपैयाँ छुट्याएको छ ।

नगरपालिकाले भने यो आर्थिक वर्षमा पनि रंगशालाको संरक्षण र स्तरोन्नतिका लागि बेवास्ता गरेको छ । यो आर्थिक वर्षको नगरसभामा प्रस्तुत बजेटमा रंगशालाका लागि भनेर कहीँ केही उल्लेख गरिएको छैन । नगरपालिकाको यो कदमप्रति गुरुङले खेद व्यक्त गरेका छन् । नगरको गौरवको रुपमा रहेको रंगशालाका लागि बजेट विनियोजन नहुनु आश्चर्य भएको गुरुङले बताए ।

प्रतियोगिता सकेर अर्को संस्करण सुरु नहुन्जेलसम्म अरुतिरका खेल मैदानलाई संरक्षणमा खासै चासो दिइँदैन । तर, यो रंगशालाको स्वरुप नबिग्रियोस् भनेर संरक्षण समितिले मध्य बर्खामा समेत बेपर्वाह काम गरिरहेको छ । बिहान ७ बजे नै मैदान आइपुग्ने कामदारहरु अनावश्यक झार उखेल्नमै व्यस्त हुन्छन् ।

झापा गोल्डकपजस्तो प्रतिष्ठित प्रतियोगिता हुने सो मैदानको अवस्था जीवन्त राख्नका लागि समितिले काम गर्ने गरेको दैनिक झार उखेल्नमै खटिने बिर्तामोड–३ की मुना भट्टराईले बताइन् । मैदानको आकर्षण नघटोस् भनेर समितिले काम गरिरहेको हो ।

गुरुङले समयमै झार नगोड्ने हो भने प्रतियोगिता गर्ने बेलामा समस्या हुने बताए । उनले मैदान संरक्षणमा दीर्घकालीन योजना आवश्यक रहेको बताए । ‘यसरी झार उखेल्ने अस्थायी काम हो’, गुरुङले भने, ‘यसको दीर्घकालीन योजना हुनैपर्छ ।’

झापाकै गौरवका रुपमा रहेको यो रंगशालालाई बाचइराख्न जरुरी रहेको उनी बताउँछन् । मैदान व्यवस्थापनको खर्च यसअघि समितिले आफैँ जुटाउँदै आएको थियो । तर, स्थानीय सरकारलाई संरक्षणमा सहयोग गर्न आग्रह गरे पनि ३ नम्बर वडाबाहेक अरुले वास्ता नगरेको गुरुङको गुनासो छ । यो मैदानलाई देशकै उत्कृष्ट बनाउन सबै लाग्नुपर्ने उनको धारणा छ ।

यसैबीच, अध्यक्ष गुरुङले रंगशालाको संरक्षणका लागि दीर्घकालीन घेराबारा लगाइने जानकारी दिए । त्यस्तै, प्रवेशद्वार डिजिटल बनाइनेछ । भविष्यमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन गुरुयोजना तयार हुँदै गरेको गुरुङले बताए । त्यसका लागि बिर्तामोड नगरपालिकाले विशेष चासो राख्न जरुरी रहेको उनको भनाइ छ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.