default_image

4 years ago

July 24, 2020

उडीनेजेले युभेन्टसलाई हरायो

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत बिहीबार राती भएको खेलमा घरेलु टोली उडिनेजेले लिगको शीर्षस्थानमा रहेको युभेन्टसलाई २-१ ले पराजित गरेको छ । अंक तालिकामा रेलिगेसन क्षेत्रनजिक रहेको उडिनेजेविरुद्ध पहिलो हाफमै अग्रता लिएपनि युभेन्टसले जित दर्ता गर्न सकेन । यस खेलमा जित हासिल गरेको भए युभेन्टस लगातार नवौं पटक लिग च्याम्पियन बन्ने थियो । तर […]

40 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत बिहीबार राती भएको खेलमा घरेलु टोली उडिनेजेले लिगको शीर्षस्थानमा रहेको युभेन्टसलाई २-१ ले पराजित गरेको छ ।

अंक तालिकामा रेलिगेसन क्षेत्रनजिक रहेको उडिनेजेविरुद्ध पहिलो हाफमै अग्रता लिएपनि युभेन्टसले जित दर्ता गर्न सकेन । यस खेलमा जित हासिल गरेको भए युभेन्टस लगातार नवौं पटक लिग च्याम्पियन बन्ने थियो । तर दोस्रो हाफमा घरेलु टोलीले उत्कृष्ट पुनरागमन गरेपछि युभेन्टस स्तब्ध बन्यो ।

खेलको ४२ औं मिनेटमा युभेन्टसले अग्रता लिएको थियो । डिफेन्डर म्याथिस डे लिग्टले गोल गर्दै पाहुना टोलीलाई उपाधिनजिक पुर्याएका थिए । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार डिफेन्डरको बीचबाट छिर्दै गोलरक्षकलाई बिट गर्न सफल भएको थियो ।

दोस्रो हाफको सुरुवातमै घरेलु टोलीले गोल गर्दै खेलमा फर्कने संकेत दियो । केन सेमाको क्रसमा इलिजा नेस्त्रोरोभ्सकीले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफको इन्ज्युरी समयमा सेको फोफानाले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई स्तब्ध पारे । उनले रोड्रीगो बेचाओको पासलाई मैदानको मध्यभागबाट अगाडी बढाउँदै सानदार गोल गरेका थिए ।

यस हारका बाबजुद युभेन्टसले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । युभेन्टसको ३५ खेलमा ८० अंक छ भने दोस्रो स्थानको एटलान्टाको ३५ खेलमा ७४ अंक रहेको छ । लिगमा ३ खेल बाँकी रहँदा अब युभेन्टसलाई उपाधि जित्न ३ अंक आवश्यक छ ।

यता उडीनेजेले यस जितसँगै रेलिगेसनको डरलाई केहि हदसम्म साम्य पारेको छ । टोलीको ३५ खेलमा ३९ अंक रहेको छ । १५ औं स्थाको उडीनेजे १८ औं स्थानको लेच्चेभन्दा ७ अंकले अगाडि छ ।

यो पनि पढ्नुहोस :

 

जसले एकै सिजनमा रियल र बायर्नबाट लिग जिते

नेपोलीसँग बार्सिलोनाबारे सोच्ने समय छैन

रियलले अर्को सिजन बेच्नैपर्ने ४ खेलाडी

 

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.