default_image

3 years ago

February 6, 2021

युभेन्टसलाई रोमाको चुनौती

63 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति युभेन्टस र रोमाबीच प्रतिस्पर्धा हुँदैछ । खेल युभेन्टसको मैदानमा नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ ।

घरेलु मैदान एलिएन्ज एरिना टुरिनमा हुने खेलमा युभेन्टस रोमालाई हराउदै तेस्रो स्थानमा उक्लने दाउमा हुनेछ । चौथो स्थानमा रहेको युभेन्टसको १९ खेलबाट ३९ अंक छ । एक खेल बढी खेलेको रोमाको ४० अंक छ ।

रोमालाई हराउन सके पछिल्लो पाँच खेलमा शत प्रतिशत जित निकालेको युभेन्टसले रोमालाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लनेछ । टोलीसँग सुपरस्टार फरवाड क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा, वेस्टन म्याकेन्नी, एड्रिएन राविओट, अर्थर, फेडरिको चिइसा, डानिलो, म्याथिज डि लेग्ट, लियोनार्दाे बोनुची, जुआन कोर्डाडो र गोलरक्षक वजनिएस सेजेस्नीको साथ रहेको छ ।

यस्तै टोलीसँग डिजान कुलुसेभ्स्की, फेडरिको बर्नरडेस्ची, जर्जियो चिलियानी र जियानलजी बुफोन टोलीमा हुदा चोटका कारण पाउलो डिबाला र प्रतिबन्धका कारण बेन्टनकर टोलीमा हुनेछैनन् ।

यता रोमा पनि युभेन्टसलाई उसकै मैदानमा हराउदै शीर्ष दुई टोलीसँगको अंक दुरी छोट्याउने दाउमा हुनेछ । तेस्रो स्थानमा रहेको रोमा शीर्षस्थानको इन्टर मिलानसँग ७ तथा दोस्रो स्थानको एसी मिलानसँग ६ अंकले पछि छ ।

टोलसँग बोर्जा मायोरल, पेड्रो रोड्रिग्वेज, हेनरिक मिखटरयान एन्टोनियो मिरान्टे, ब्रायन क्रिस्टान्टे, मारस कुम्वुल्ला, जियानलुका मान्सिनी र रोजर इभानेज लगायतको खेलाडीको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो २६ खेलको नतिजामा युभेन्टस १३ खेलमा विजयी भएको छ । ७ खेल रोमाले आफ्नो पक्षमा पार्दा ६ खेल बराबरीमा सकिएको छ । पछिल्लोपल्छ यि दुई टोलीले २–२ गोलको बराबरी खेलेका थिए । त्यसअघि रोमाले युभेन्टसलाई ३–१ ले हराएको थियो ।

अन्य खेल
एटलान्टाविरुद्ध टोरिनो (राति ७ः४५ बजे), सस्सुलोविरुद्ध स्पेजिया (राति ७ः४५ बजे) र जिनोआविरु४ नेपोली (राति १ः३० बजे)

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.