default_image

3 years ago

March 12, 2021

धरानमा कम्युनिटी कोचिङ कोर्स सम्पन्न

43 views

0 Bookmark

धरान (हाम्रो खलकुद)– सुनसरी जिल्ला फुटबल संघको आयोजनामा ४ दिने कम्युनिटी कोचिङ कोर्स सम्पन्न भएको छ । धरान एन्फा एकेडमी टेक्निकल सेन्टरमा फागुन २४ देखि २७ गते सम्म भएको कोर्समा सुनसरी ,उदयुपर,तेह्रथुम, सोलुखम्बुका ३० जना प्रशिक्षार्थी सहभागी थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का एजुकेशन हेड अफ द कोच संजित सिंह साथै सहयोगी प्रशिक्षकमा दर्शन राजलवट , श्याम मानन्धर , भगवती राना मगर थिए । त्यस्तै प्रशिक्षण गराउने अन्य प्रशिक्षकमा अर्जुन राई ,इन्द्र थापा मगर थिए ।

एन्फाका मानार्थ उपाध्यक्ष तथा प्रदेश १ का फुटबल संघ अध्यक्ष किशोर राई, एन्फाका केन्द्रीय सदस्य दीपक राई, कार्यक्रम संयोजक सुनसरी जिल्ला फुटबल संघका उपाध्यक्ष नवीन राई, धरान एन्फा एकेडेमीका सचिव प्रताप तामाङ, एम्स एकेडेमीका निर्देशक अनुप तामाङ लगायतले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

सुनसरी जिल्ला फुटबल संघ का अध्यक्ष केशव कार्कीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रदेश १ फुटबल संघका अध्यक्ष राई, एन्फा सदस्य राई र सहभागीकातर्फबाट नवीन राईले प्रशिक्षणका उपयोगिताका बारेमा चर्चा गरेका थिए ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.