default_image

3 years ago

March 25, 2021

फाइनल पुग्ने लक्ष्यसहित नेपालले किर्गिस्तानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – थ्री नेसन्स कपको पहिलो खेलमा घरेलु टोली नेपालले आज (बिहीबार) किर्गिस्तानको यु–२३ टोलीसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपाल किर्गिस्तानको युवा टोलीलाई हराउँदै फाइनल पुग्ने दाउमा हुनेछ । विश्वकप छनोटको खेल स्थगित भएपछि भएको प्रतियोगितामा नेपाल किर्गिस्तानको युवा टोलीलाई हराउँदै फाइनल […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थ्री नेसन्स कपको पहिलो खेलमा घरेलु टोली नेपालले आज (बिहीबार) किर्गिस्तानको यु–२३ टोलीसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।

घरेलु मैदानमा नेपाल किर्गिस्तानको युवा टोलीलाई हराउँदै फाइनल पुग्ने दाउमा हुनेछ । विश्वकप छनोटको खेल स्थगित भएपछि भएको प्रतियोगितामा नेपाल किर्गिस्तानको युवा टोलीलाई हराउँदै फाइनल पुग्ने दाउमा हुनेछ । बुधबार मात्रै २३ सदस्यीय नेपाली टोलीको घोषण भएको थियो ।

किर्गिस्तानलाई हराउन सके नेपाल र बंगलादेश एक खेल बाँकी छदै फाइनलमा पुग्नेछ । किर्गिस्तान प्रतियोगिताबाट बाहिरिनेछ । बराबरीको नतिजाले पनि नेपालको फाइनल पुग्ने सम्भावना जीवितै रहनेछ । नेपालले दोस्रो खेलमा शनिबार बंगलादेशसँग खेल्नेछ ।

किर्गिस्तान पनि नेपाललाई हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ । किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो । नेपाललाई हराउन सकेको अवस्थामा अन्तिम खेलमा बंगलादेशसँग नेपाल पराजित वा बराबरी भएको खण्डमा किर्गिस्तान फाइनल पुग्नेछ । नेपालले अर्को खेल चैत १४ मा बंगलादेशविरुद्ध खेल्नेछ ।

नेपाल र किर्गिस्तानको सिनियर टोली हालसम्म दुईपटक भिडेका छन् । किर्गिस्तानसँग जित निकाल्न नसकेको नेपालले एक खेल बराबरी खेल्दा अर्काे खेलमा पराजित भएको थियो । २००३ मा एएफसी एसियन कपमा २–० ले पराजित भएको नेपालले २००९ मा भएको मैत्रीपुर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो । यसपटक भने नेपाल र किर्गिस्तानको यू-२३ टोलीको पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो ।

राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछन् । विजेता टोलीले ५ हजार र दोस्रो टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

यो पनि पढ्नुहोस् :

मिडफिल्डकै भरमा आक्रमण

विराजले थ्री नेसन्स कपबाट सन्यास लिने

नवयुग टोलीबाट बाहिर, विराज समेटिए!

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.