default_image

3 years ago

September 19, 2021

बराबरीमा रोकिएको एट्लेटिको शीर्षस्थानमा

77 views

0 Bookmark

एजेन्सी – घरेलु मैदानमा एथलेटिको बिल्वाओसँग बराबरीमा रोकिएपनि साविकको विजेता एट्लेटिको म्याड्रिड स्पेनिस लालिगाको शीर्षस्थानमा उक्लिएको छ ।

एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रो पोलिटानोमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही सुवर्ण अवसर खेर फालेका थिए । १५औं मिनेटमा एन्टोइन ग्रिजमनले सुवर्ण अवसर खेर पाmल्दा एट्लेटिको अग्रता लिनबाट चुक्यो ।

४७औं मिनेटमा रेनान लोडीको पासमा एन्जल कोरेआको प्रहारलाई बिल्वाओका गोलरक्षक युनाई सिमोनले बचाए । ४९औं मिनेटमा जोस जिमिनेजको गल्तीमा इनाकी विलियम्सले सुवर्ण अवसर खेर पाल्दा बिल्वाओले अग्रता लिन सकेन ।

७६औं मिनेटमा मार्काेस लोरेन्टेको प्रहार पोस्टमा लाग्दै बाहिरियो । ७८औं मिनेटमा घरेलु टोली एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । जोआओ फेलिक्स दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको दवावमा परेको थियो । ९०औं मिनेटमा एलेक्स बेरेनगुएरले सुवर्ण अवसर खेर पाल्दा बिल्वाओ जितबाट वञ्चित बन्यो ।

बिल्वाओसँग गोलरहित बराबरीमा रोकिएपनि एट्लेटिकोले एक खेल कम खेलेको रियल म्याड्रिड र भ्यालेन्सियालाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो ।

अपराजित रहेको एट्लेटिकोको ३ जित र २ बराबरीका साथ ११ अंक पुगेको छ । एक खेल कम खेलेका अपराजित रहेको रियल म्याड्रिड र भ्यालेन्सियाको समान १० अंक छ ।

एट्लेटिकोसँग बराबरीमा रोकिएपछि बिल्वाओले भने शीर्षस्थानमा उक्लने अवसर गुमाउँदा ९ अंकसहित चौथो स्थानमा रहेको छ । समान ९ अंक नै रहेपनि बिल्वाओले एक खेल कम खेलेको रियल सोसिडाडलाई पछि पारेको छ ।

अन्य नतिजा
रायो भालेकानो
विरुद्ध गेटाफे (–०)
इल्चेविरुद्ध लेभान्टे (१–१)
डिपोर्टिभो एलाभेसविरुद्ध ओसासुना (०–)

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.