4 years ago
October 6, 2021
विजय नेपाली, पोखरा
पोखरामा राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता चलिरहेको छ । प्रतियोगिताको लिग चरण सकिँदा घरेलु टोली स्पोर्ट्स क्यासल ९ खेलमा ७ जित, १ बराबरी र १ हारसहित २२ अंक जोड्दै शीर्षस्थानमा रहयो ।

प्रतियोगितामा उपाधिको बलियो दावेदार रहेको क्यासलमा ८ नम्बरको जर्सी लगाएर खेल्ने गर्छन् सुमित श्रेष्ठ । उनको पोजिसन आला हो । सानो कदको भएको तर, बल उत्कृष्ट ढंगले काट्ने र बायाँ खुट्टा चलाउने भएकाले पोखरामा उनी मेस्सी नामले चर्चित छन् । पोखराका मेस्सी अर्जेन्टिनी मेस्सी जस्तै होचा नै छन् । होचामात्र होइनन् उनको खेल कौशल पनि मेस्सीसँग दाज्ने गरिन्छ ।
क्यासलको खेल हुदाँ फुटसल कोर्टमा पनि दर्शकहरुबाट उनलाईसमेत उत्तिकै समर्थन मिल्छ । त्यहि समर्थनबाट गञ्जिन्छ ‘मेस्सी..मेस्सी…. मेस्सी’ उनी ए डिभिजन लिग फुटसलका मेस्सीको नामले परिचित हुन थालेका छन् । उनले ६ खेलमा गोल गरेका छन् । उनको गोलसंख्या १० पुगेको छ । यद्यपी हालसम्मकै उच्च गोलकर्ता भने सविन मेमोरियलका अभिनाष तामाङ रहेका छन् । उनको १० गोल रहेको छ । सुमित श्रेष्ठले पनि उनलाई पछ्याइरहेका छन् ।
गत सोमबार स्काइ गोल्स विरुद्धको खेलमा समेत सुमितले नै अग्रता दिलाएका थिए । उनले खेलको ११ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । उनले खेलको ३६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । उनले हरेक खेलमा असिस्ट समेत गरेका छन् । अधिकांश गोल उनकै पासमा भएका छन् ।
सुमितले ढुकु फुटसल हव विरुद्धको खेलमा निकै उत्कृष्ट प्रदर्शन गरेका थिए । ३–० ले पछि परेको स्थितिमा सुमितको विर्सनलायक प्रदर्सन थियो । उक्त खेलमा क्यासलले दोस्रो हाफमा ५ गोल गर्न सफल भएको थियो । सुमितले १ गोल गरेका थिए । तर, ४ गोल उनकै पासमा भएको थियो ।
सानै उमेर देखि फुटबलमा रुचिभएका सुमित आफ्ना साथिहरुमा अब्बल मध्येकै एक हुन् । यद्यपी उनका साथि रन्दिप पौडेल भने एन्फाका विभिन्न उमेर समूहबाट खेलिसकेका छन् । बारम्बार राष्ट्रिय टिमको छनोटमा परिरहेका छन् । यता सुमित भने स्थानीय खेलमा चर्चा कमाउँदै अहिले फुटसल लिगमा उत्कृष्ट मध्येकै एक खेलाडी कहलिएका छन् । तर, फुटसलको राष्ट्रिय टिममा भने पर्छन या पर्दैनन् त्यो हेर्न बाँकी छ ।
दर्शकले मेस्सी भन्दा जोश आउँछ – सुमित

दर्शकले आफूलाई मेस्सी भनेर हौसला दिदाँ जोश बढेर आउने गरेको सुमित बताउँछन् । पोखराको पृथ्वीनारायण क्याम्पसमा पूर्व राष्ट्रिय खेलाडी तथा स्पोट्र्स क्यासल संचालक समेत रहेका इश्वर गुरुङ (चन्द्र) ले नै उनलाई फुटसलमा ल्याएको उनी बताउँछन् ।
‘मलाइ फुटबल सिकाएर यहाँसम्म ल्याउने व्यक्ति चन्द्र दाई हुनुहुन्छ । वहाँले नै मलाई यहाँसम्म ल्याउनुभएको हो ’ उनले भने,‘ म सानो भएको भएरनै मलाई सबैले मेस्सी भनेर बोलाएको जस्तो लाग्छ । ठुला ठुला दाईहरुसंग खेल्दा मलाई त्यही नामले (मेस्सी) भनेर बोलाउनुहुन्थ्यो । अहिले दर्शकले पनि खेल्दा मेस्सी भनेर बोलाउँदा छुट्टै जोश र शक्ति मिल्छ । पहिला त टोलमा मात्रै मेस्सी भनेर बोलाउथे साथिहरुले तर, अहिले त सबैले चिन्न थाले नाम नै मेस्सी भयो ।’
आज गर्व गर्छु आर्फलाई – गुरुङ
इश्वर गुरुङ तिनै व्यक्ति हुन् जस्ले सुमितलाई फुटबलको तालमा पौडि खेल्न सिकाए । सानै देखि सुमित सहित अन्य ३–४ जना बालकलाई सहयोग गर्दै फुटबल सिकाए । इश्वरलाई साथ दियो बगर भाइ खलकले । इश्वर फुटसल लिगमा सुमितको खेल देखेर गर्व महसुस गरेको बताउँछन् । ए डिभिजन लिगमा खेल कौशल देखाउँदा इश्वरको मन पनि फुरुङ्ग भएको देखिन्छ । स्पोट्र्स क्यासल संचालक इश्वरले सुमितलाई मात्रै होइन उनका साथिहरुलाई पनि फुटबलमा चाहिने बुट देखी जर्सीसम्म सहयोग गर्दै आइरहेका छन् ।
‘सुमित साच्चिकै अब्बल छन् । उनी होचा भएपनि खेल कौशल अग्लो छ । अहिले उसको खेल देखेर गर्व लाग्छ । झन दर्शकले मेस्सी भनेर बोलाउँदा म आफू सफल भएको महसुस गरिरहेको हुन्छु । मेस्सीमात्र होइन् म पनि रमाउँछु मेस्सीको नाम सुन्दा’ उनले भने,‘सुरुमा विरामी हुदाँ समेत टिमका लागि खेल्ने व्यक्ति मेस्सी हो । अब राष्ट्रिय टिमबाट खेलेको हेर्न चाहन्छु । मेरो लागि त्यो भन्दा ठुलो केहि हुने छैन । मेस्सीलाई चाडै नै ए डिभिजन क्लबमा हामी देख्न पाउने छौ ।’
उ माथिल्लो स्तरमा खेल्न सक्ने खेलाडी नै हो – प्रशिक्षक विष्णु गुरुङ
‘सुमित युवा खेलाडी हुन् । पोखरामा सबैले चिनेकै खेलाडी हो । जहाँसम्म लाग्छ उसलाई राम्रो तालिम मिल्यो भने पक्कै राष्ट्रिय टिममा पर्न सक्छन् । मैले देखे अनुसार उ माथिल्लो स्तरमा मज्जाले खेल्न सक्छ । उसको खेल नै धेरै राम्रो छ । डिफेन्डिङदेखि लिएर अट्याकमा समेत वान एण्ड वानले सहजै काटिदिन्छ । उसको टागे्रटपनि राम्रो छ । उसले दर्शकका लागि पनि खेलिरहेको छ । हामी एक अर्काको पर्यायवाची भएका छौं ।
हाम्रो टिमको मुख्य खेलाडी हो – देवकोटा
सुमितलाई सानैबाट मेस्सी भनेर चिनिएको हो । सानो भएको र नबढेको कारण मेस्सी भनिन्थ्यो । पहिला त्यति चासो दिएनन् अहिले ए डिभिजन फुटबल खेल्ने खेलाडी नै हो । अहिले जस्तो लगाव नदेखाएको कारण लोकल खेलाडी भएर बसेका हुन् । उमेर छ खेल पनि सानैदेखि राम्रो फुटवर्क नै राम्रो छ । अहिले हाम्रो टिमको एक मात्र कि प्लेयर भनेकै मेस्सी हो । मुख्य खेलाडी नै हो । सुरुवात देखि अहिले सम्म खेल पनि एकै किसिमको छ ।
यो पनि : जुत्ताले नरोकेको खुट्टाको कौशल
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]