April 3, 2025
एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा थप मजबुत बनेको छ। एभर्टनलाई बुधवार १-० ले पराजित लिभरपुल शीर्षस्थानमा अझै बलियो बनेको हो। मर्सीसाइड डर्बीमा डियोगो जोटाको गोलमा विजयी भएपछि प्रिमियर लिग उपाधि नजिक पुगेको छ। जोटाले ५६ औं मिनेटमा गोल गरेका हुन्। पोर्चुगलियन फरवार्ड खेलमा खासै प्रभावशाली देखिएका थिएनन्। तर लुइस डियाजको सुन्दर ब्याकहिल […]
April 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्स र ललितपुर सिटी फुटबल क्लबबीच नेपाल सुपर लिगको तेस्रो सिजनको खेल फरक कारणले चर्चामा आयो । खेल दौरान रेफ्रीको निर्णयमा असन्तुष्ट पोखराका एक अफिसियलले मैदानभित्र गएर रेफ्रीलाई हातपात गर्ने प्रयास गरे । खेलको ८० औं मिनेटमा पोखरा ३-१ ले पछि थियो । समिर तामाङको क्रसमा नवयुग श्रेष्ठको प्रहारमा ललितपुरका […]
April 3, 2025
एजेन्सी – बार्सिलोनाले कोपा डेल रेको फाइनल पुगेको छ। एट्लेटिको म्याड्रिडलाई बुधवार १-० ले पराजित गर्दै बार्सिलोनाले चार सिजनपछि पहिलो पटक कोपा डेल रे फाइनलमा स्थान बनाएको हो । यो नतिजाले कोपा डेल रेको फाइनल रियल म्याड्रिडविरुद्ध ‘ एल क्लासिको’ तय भएको छ । फेरान टोरेसले पहिलो हाफमा विजयी गोल गरे । त्यसले क्याटालान क्लबलाई […]
April 3, 2025
काठमाडौं हाम्रो खेलकुद)- अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रेलियाको सिड्नी प्रस्थान गरेकि छ । शुक्रवारदेखि आइतवारसम्म हुने प्रतियोगितामा ४ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्पका लामा, ६८ केजीमाथि एसियाली खेलकुदकी रजत पदक विजेता […]
April 2, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ । बेंगलुरुको घरेलु मैदानमा बुधवार गुजरात ८ विकेटले विजयी भएको हो । बेंगलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । गुजरातको लगातार दोस्रो जितमा जोस बटलरले अविजित रहँदै सर्वाधिक ७३ रन जोडे […]
April 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ। बेंगलुरुका लागि लियम लिभिङ्स्टोनले ४० बलमा १ चौका र ५ छक्काको सहयोगमा […]
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ। तनावपूर्ण खेलमा आज ललितपुरले पोखरा थन्डर्सलाई ३-२ ले हरायो। पोखराको यो लगातार दोस्रो हार हो। दशरथ रंगशालामा भएको खेलमा ललितपरले ११ औं मिनेटमा नै अग्रता बनायो। विदेशी खेलाडी जोनाथन इडवार्डोको कर्लिङ कर्नर प्रहार पोखराका गोलकिपर गिलामो […]
April 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध गुजरात टाइटन्सले टस जितेको छ । बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा गुजरातका कप्तान शुभमन गिलले टस जितेर बलिङ रोजेका हुन् । लगातार दुई जित निकालेको बेंगलुरु सिजनमा घरेलु मैदानमा पहिलो खेल खेल्दैछ । बेंगलुरुले पहिलो खेलमा कोलकातालाई उसकै घरेलु मैदानमा पराजित […]
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा ललितपुरले २-१ को अग्रता बनाएको छ। दशरथ रंगशालामा भएको खेलमा साविक विजेता ललितपरले ११औं मिनेटमा अग्रता बनायो। विदेशी खेलाडी जोनाथन इडवार्डोको कर्लिङ कर्नर प्रहार पोखराका गोल किपर गिलामो प्रिसोलाई डिफलेक्ट हुँदै […]
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बि डिभिजन लिग अन्तर्गत बुधबार प्लानिङ ब्वाइज युनाइटेड र वीरगन्ज युनाइटेडले जित दर्ता गरेका छन् । प्लानिङ ब्वाइजले लिगमा लगातार चौथो जित निकाल्ने क्रममा ब्वाइज युनियन क्लबलाई २-१ ले हराएको हो । खेलको १२ औं मिनेटमा प्लानिङ ब्वाइजले पहिले अग्रता बनायो । पुजन थापाको पासमा प्रताप सिंहले बक्स बाहिरबाट […]