default_image

ताजा समाचारहरु

nepal u19

September 18, 2017

च्याम्पियन युवा क्रिकेट टोली फर्कनमा ढिलाई

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट च्याम्पियन नेपाली युवा टोली स्वदेश फर्कनमा ढिलाई हुने भएको छ । युवा टोली हिमालयन एयरलाइन्सको विमानबाट साँझ ६ः५५ बजे त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने तय भएपनि कम्तीमा २ घन्टा ढिला हुने टोलीका प्रशिक्षक विनोद दासले फेसबुकमा स्ट्याटस राखेका छन् । मलेसियामा हिजो हङकङलाई ५ विकेटले हराउँदै […]

September 18, 2017

काभानी र नेयमारलाई आपसी सहमती गर्न प्रशिक्षकको सुझाव

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनाई इर्मीले इडिन्सन काभानी र नेयमारले पेनाल्टी र फ्रिकिकका विषयमा हुने समस्या आपसी सहमतिमा टुंगाउन सुझाएका छन् । लियोनलाई आइतबार २–० ले हराएको खेलमा नेयमार र काभानीबीच विवाद भएको थियो । पेनाल्टी बक्स बाहिर पिएसजीले पाएको फ्रि किक ड्यानी एल्भेसले नेयमारलाई हान्न लगाएपछि काभानी आक्रोषित भएका थिए […]

September 18, 2017

जापानमा गणेश खुकुरीलाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– श्री गणेश खुकुरी एफसीले जापानको फुकुकामा दोस्रो दशै कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एफएनएस कुरुमेलाई पेनाल्टीमा ३–२ ले हराउँदै दशै कप जितेको हो । नियमित समयमा गोलरहित बराबरी टुंगिएपछि निर्णय टाइब्रेकरमा भएको थियो । ओहासी ग्रुपको आयोजना भएको प्रतियोगिताको विजेता गणेश खुकुरीले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्यो । त्यस्तै […]

September 18, 2017

आयोजक रोड हाउसका दुवै टोली फुटसलको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक रोड हाउसका दुवै टोली उपत्यकाव्यापी फुटसल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । रोड हाउस ‘ए’ले केटु रेष्टुरेन्टलाई ५–४ ले , रोड हाउस ‘बी’ ले होटल मस्र्याङ्दीलाई ८–१ ले हराउँदै अन्तिम आठमा पुगेका हुन् । क्यासिनो माजङ , होटल र्याडिसन ,फायर एन्ड आइस र तृशारा यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेको आयोजकले जनाएकोको छ […]

Team Nepal Eastern Champions

September 18, 2017

च्याम्पियन युवा टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) –एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट च्याम्पियन नेपाली युवा टोली आज स्वदेश फर्कदैछ । मलेसियामा हिजो हङकङलाई ५ विकेटले हराउँदै नेपाल पूर्वी क्षेत्रको विजेता बनेको थियो । त्यो जितसँगै नेपाल एसिसी यू १९ एसिया कपका लागि समेत छनोट भएको थियो । समूह चरणका सबै खेल जितेको नेपालले सेमिफाइनलमा आयोजक मलेसियालाई १० विकेटले […]

September 18, 2017

पिएसजीको अर्को जित: काभानी र नेयमार बीच विवाद

पेरिस (एजेन्सी) – आफ्नो घरेलु मैदानमा लियोनलाई २-० ले हराउँदै पेरिस सेन्ट जर्मन (पिएसजी) ले आफ्नो जितको यात्रालाई निरन्तरता दिएको छ । खेलमा लियोनका खेलाडीले दुईवटा आत्मघाती गोल समेत गरेका थिए । पिएसजीका स्टार फरवार्ड एडिन्सन काभानी, नेयमार र किलियन बाप्पे फेरी एकै साथ मैदानमा देखापरेका थिए । पिएसजीले पुरै खेलभरी आफ्नो राम्रो पकड बनाउन […]

September 18, 2017

बेल प्रेरित रियलको जित

दोनोस्टिया (एजेन्सी)– स्पेनिस आलोचकहरुको मुख बन्द लगाउने क्रममा ग्यारेथ बेलले गोल गरेको ला लिगाको गए रातीको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई हराएको छ । बेलले ६१ औं मिनेटमा गोल गरको खेलमा रियलले ३–१ विजयी भएको थियो । यो जितपछि रियलले अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । खेलमा रियलले बोरजा मायोरोलको गोलबाट अग्रता लिएको थियो […]

September 18, 2017

टंकलाई भुटान एमेच्योर गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली गल्फर टंकबहादुर कार्कीले भुटान एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । पार ७० को थिम्पु गल्फ क्लब अन्तिम दिन आइतबार ५ अन्डर ६५ को प्रदर्शन गरेका टंकले ८ स्ट्रोकको अग्रतासहित उपाधि जितेका हुन् । टंकले समग्रमा ३ अन्डर २ सय ७७ को कार्ड बनाएका थिए । अन्तिम दिन १ अन्डर ६९ […]

September 17, 2017

पहिलो खेल दमक र सैनिक युवाबीच हुने

भद्रपुर (हाम्रो खेलकुद)– मुनाल क्लब भद्रपुरले सञ्चालन गरेको चन्द्रगढी फुटबल एकेडेमीको आयोजनामा झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता सोमबार सुरु हुँदैछ । पहिलो खेल दमक फुटबल एकेडेमी र सैनिक युवा क्लबबीच हुने प्रतियोगिता संयोजक युगल किशोर राईले जानकारी दिएका छन् । झापा जिल्लामा रहेको एकेडेमीमा प्रशिक्षण गरिरहेका खेलाडीबीचको प्रतिस्पर्धाले स्तरीय खेलाडी उत्पदान गर्न मद्दत […]

Lukaku

September 17, 2017

एभर्टनमाथि युनाइटेडको जित

म्यानचेस्टर (एजेन्सी) – खेलको अन्त्यतिर ८ मिनेटमा ३ गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आज एभर्टनलाई ४–० ले हराएको छ । युनाइटेडको जितमा पहिलो हाफमा एन्टोनिया भ्यालेन्सिया र दोस्रो हाफमा हेनरिक माकीतेरियन, रोमेलु लुकाकु र एन्थोनी मार्सियलले गोल गरे । खेलको चौथो मिनेटमा भ्यालेन्सियाले गोल गरे । नेमान्जा म्याटिचको पासलाई सदुपयोग गर्दै भ्यालेन्सियाले उत्कृष्ट गोल […]

Success

Thank you for your time.