default_image

ताजा समाचारहरु

u 19 cricket team 1

September 19, 2017

च्याम्पियन युवा क्रिकेट टोली मध्यरात स्वदेश आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट च्याम्पियन नेपाली युवा टोली मध्य रात स्वदेश फर्केको छ । पूर्व निर्धारित समय भन्दा झन्डै ६ घन्टा ढिला युवा टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको थियो । टोली राती १ः०० बजे आइपुगेको थियो । स्वदेश फर्कनमा ढिलाई हुने भएको छ । युवा टोली हिमालयन एयरलाइन्सको विमानबाट […]

September 19, 2017

अभ्यास खेलमा नेपाली टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपको तयारीका लागि भारतको चेन्नईमा रहेको नेपाली क्रिकेट टोलीले आज तमिलनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँग पहिलो अभ्यास खेल खेल्दैछ । ५० ओभरको अभ्यास खेलमा नेपाली टोलीका कप्तान पारस खड्काले टस जितेर ब्याटिङ रोजेका छन् । अर्को महिना हङकङविरुद्ध हुने डब्लूसिएलका दुई खेलको तयारीका लागि नेपाली टोली आइतबार चेन्नई […]

Dembele

September 19, 2017

डेम्बेलेको चोटले डर्टमन्डलाई पनि घाटा

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाबाट पहिलो पटक पहिलो रोजाइमा परेको खेलमा फ्रान्सेली स्ट्राइकर औसमाने डेम्बेले चोटग्रस्त हुन पुगेका थिए । गेटाफेसँग खेलमा लागेको चोटले उनी कम्तीमा ४ महिना मैदान बाहिर रहनु पर्ने बताइएको छ । डेम्बेलेको चोटले बार्सिलोनालाई त प्रत्यक्ष असर परिसकेको छ । त्योसँगै उनको पूर्व क्लब बोरुसिया डर्टमन्डलाई पनि असर पर्ने सम्भावना बढेको छ । […]

September 19, 2017

नेयमार वा काभानी : पिएसजीको पेनाल्टी कसले लिँदा ठिक ?

पेरिस (एजेन्सी) – लिग वानमा आइतबार लियोन विरुद्धको २–० जितमा पेरिस सेन्ट जर्मन (पिएसजी) का तर्फबाट पेनाल्टी नेयमार र एडिन्सन काभानीमध्ये कसले हान्ने भन्ने विवाद सिर्जना भएको थियो । अन्तिममा काभानीले त्यो पेनाल्टी लिए, तर उनी त्यसमा गोल गर्नबाट चुके । पेनाल्टीले खेल नै उल्ट्याउन सक्ने भएकोले यसलाई फुटबल खेलको निकै महत्वपूर्ण पक्ष मानिन्छ । […]

Bangladesh

September 18, 2017

भारत पहिलो खेलमै पराजित, बंगलादेशको उत्कृष्ट पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)– भुटानमा आज सुरु भएको साफ यू–१८ च्याम्पियसिपमा साविक उपविजेता भारत पराजित भएको छ । बंगलादेशविरुद्ध पहिलो हाफमा बनाएको ३–० को अग्रता जोगाउन नसकेको भारत अन्ततः ४–३ ले पराजित भएको थियो । लालामपुइयाको गोलबाट भारतले १८ औं खेलमा अग्रता बनाएको थियो । लालरिन्डिका एडमन्डले ३७ औं मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर गरे […]

September 18, 2017

रुनीलाई २ वर्ष गाडी चलाउन प्रतिबन्ध

म्यानचेस्टर (एजेन्सी)– मादक पदार्थ सेवन गरि गाडी चलाएको आरोप स्वीकार गरेको एभर्टनका स्ट्राइकर वायन रुनीलाई अदालतले कारवाहीसहित जरिवाना तोकेको छ । सेप्टेम्बर १ को बिहान इङल्यान्डको चेसायरमा मादक पदार्थ सेवन गर्दै गाडी चलाएको रुनीले अदालत सामू स्वीकार गरेका छन् । अदालतले उनलाई २ वर्ष सम्म गाडी चलाउन प्रतिबन्धित गर्ने सजाय सुनाएको छ । गाडी चलाउँदा […]

September 18, 2017

यू–१६ फुटबल टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०१८ मा मलेसियामा हुने एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलको लागि नेपालीटोलीको घोषणा गरेको छ । एन्फाले सोमबार रोशन रानामगरको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो । एएफसी च्याम्पियनसिप अन्र्तगत समूह ‘डी’ को खेल नेपालले आयोजना जिम्मेवारी पाएको छ । छनोटका खेलहरु बुधबारबाट शुरु हुनेछ […]

September 18, 2017

भैरव एफसी झरना रनिङ शिल्डको सेमिफाइनलमा

दिपक न्यौपाने बुटवल – नवलपरासीको भैरव एफसी ३१ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सुपौली एफसीलाई आज ३–० हराउँदै भैरव एफसी कुन्जलापुरमा जारी प्रतियोगिताको अन्तिम प्रवेश गरेको हो । प्रतियोगितामा भोली आयोजक झरना र युनाइटेड कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ । असोज ६ गतेसम्म सन्चालन हुने प्रतियोगितामा १६ टोलीको सहभागिता छ । उमा […]

September 18, 2017

पौडीमा एकै दिन पाँच राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – सिजनको अन्तिम पौडी प्रतियोगिताको रुपमा रहेको सातौ एनएसए कप पौडी च्याम्पियनसिपको पहिलो दिन आज पाँच राष्ट्रिय कीर्तिमान बनेका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका शिरिष गुरुङ र अनुभव सुब्बा, नेपाल एपिएएफका शुभम श्रेष्ठ र लिंकन स्कुलका एलेक्सजेण्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । […]

Nepal team

September 18, 2017

हङकङविरुद्धको खेलको लागि नेपाली टिमको घोषणा

सुशिल र ललित पहिलोपटक राष्ट्रिय टोलीमा काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगतको हङकङविरुद्धको खेलको लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र टिमका कप्तानर पारस खड्काले अन्तिम १४ सदस्यीय टिमको घोषण गरेका हुन। नेपाली टोली अहिले प्रशिक्षणका लागि भारतको चेन्नाई पुगेको छ । […]

Success

Thank you for your time.