default_image

ताजा समाचारहरु

January 24, 2017

सिएमजी क्लब संकटा आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा  संकटाले बंगलादेशको क्लब नारायणगज एफ.सी.लाई २-०ले पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। संकटाका लागि निराजन खड्काले गोल गर्दै अग्रता दिलाएका थिए। थ्रि स्टारले एन्फासंगको विवादका कारण कुनै प्रतियोगितामा भाग नलिएपछि खड्का लगाएत अन्य केहि खेलाडी संकटाका लागि खेल्दै आएका छन्। खेलको ९०औं मिनेटमा विश्वास श्रेष्ठले […]

January 24, 2017

एसियन कप छनोटको पहिलो खेल फिलिपिन्समा

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरणको समूह ‘एफ’मा परेको नेपालले पहिलो खेल फिलिपिन्समा खेल्ने पक्का भएको छ। यहि चैत १५ गते हुने खेलमा नेपालले फिलिपिन्सको सामना गर्नेछ। फिलिपिन्सको मनिला सहरमा खेलिने खेल नेपाली समयानुसार साँझ ५:४५ बजे खेलिनेछ। समूह ‘एफ’कै अर्को खेलमा भने यमन र ताजिकिस्तान भिड्नेछन्। यमनको घरेलु रंगशाला विविध […]

January 24, 2017

वाटमोरले राष्ट्रिय क्रिकेट खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकालाई विश्व कप क्रिकेटको उपाधि जिताएका डेभ वाटमोरले दुई साता नेपाली क्रिकेट खेलाडीसँग बिताउने भएका छन्।   बल एन्ड ब्याड फाउन्डेसनको उद्घाटनका लागि सोमबार राजधानी आइपुगेका वाटमोरले १५ दिन नेपाली खेलाडीलाई प्रशिक्षण दिइने बताइएको छ । नेपाली क्रिकेटको विकासमा सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको दाबी गरिएको छ । नेपाल क्रिकेट […]

January 24, 2017

आहा रारा गोल्डकपको अन्तिम क्वार्टरफाइनल – संकटा र नारायणगज भिड्दै

पोखरा (हाम्रो खेलकुद )– सिएमजी क्लब संकटा र बंगलादेशको नारायणगज एफसीबीच आज १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । संकटा विभागिय टोलीलाई २–१ ले हराउँदै अन्तिम आठमा पुगेको थियो भने नारायगज सोझै क्वार्टरफाइनल खेल्दैछ । नारायणगज टोली काठमाडौं हुँदै सोमबार रातीमात्र पोखरा आइपुगेको छ । पूर्व निर्धारित बंगलादेशको प्राराजगज स्र्पोर्टिङ […]

January 24, 2017

कप्तान अनिल र सुजलले समर्थकसँग माफी मागे

पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ र मिडफिल्डर सुजल श्रेष्ठले आइतबारको घटनाले समर्थकहरुलाई दुःखी बनाएकोमा माफी मागेका छन् । आहा गोल्ड कपमा आइतबार सेमिफाइनल पुगेको रात अनिल र सुजललाई होहल्ला र विवाद गरेको भन्दै बैदाम वडा प्रहरीले राती २ बजे पोखरा लेकसाइडबाट पक्राउ गरेको थियो । उनीहरुलाई सोमबार बिहानमात्र छाडिएको […]

January 23, 2017

अनिल र सुजल रातभर थुनामा, दिउँसो उनीहरुकै गोलमा मनाङको जित

पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ र मिडफिल्डर सुजल श्रेष्ठलाई आइतबार दोहोरो खुसियाली महंगो परेको छ। पोखरामा जारी आहा रारा गोल्डकप क्वार्टरफाइनलको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अनिल र सुजलले रात भने वडा प्रहरी कार्यालय बैदाममा बिताउनु परेको थियो। टोलीको जित र अर्का मिडफिल्डर विशाल राईको जन्म दिन मनाउन मनाङ […]

January 23, 2017

प्रधान सेनापति भलिबलमा विभागिय टिमको दबदबा

काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको लिग चरणको खेलमा बिभागिय टिम हाबी भएका छन्। लगनखेलस्थित आर्मीको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्ड हलमा भएका खेलमा साविक विजेता आर्मी, पुलिस र एपिएफले जित निकालेका छन् । त्यस्तै पश्चिमाञ्चलले पनि जित हात पारेको छ । दोश्रो दिनको लिग खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई २५–१२, २५–१५, […]

January 23, 2017

सहारा एकेडेमीलाई युके र अष्ट्रेलियाबाट ८ लाख बढी सहयोग

पोखरा (हाम्रो खेलकुद)– सहारा क्बलले सञ्चालन गर्दै आएको सहारा एकेडेमीको अक्षयकोषको लागि अष्ट्रेलिया र बेलायतका क्लबले आर्थिक सहयोग गरेका छन् । सहारा क्लब, अष्ट्रेलियाबाट ३ लाख ५१ हजार र सहारा क्लब युकेबाट ५ लाख २५ हजार गरि ८ लाख ७६ हजार सहयोग गरेका हुन् । क्लबमा सोमबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लब, अष्ट्रेलियाका अध्यक्ष […]

January 23, 2017

लिजेन्डलाई रुस्लान भाटभटेनी फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– लिजेन्ड एफसीले प्रथम रुस्लान भाटभटेनी खुला सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि जितेको छ । भाटभटेनी हेल्थ क्लब प्रा.लि. ले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा लिजेन्डले दालभात थकाली चुलोलाई टाइब्रेकरमा ३–२ गोलले हराएको थियो । निर्धारित २० मिनेटको खेल २–२ को बराबरीमा सकिएको थियो । उपाधिसंगै लिजेन्डले १ लाख २५ हजार […]

volleyball-shot

January 23, 2017

पोखरामा हुने भनिएको सृजना आमन्त्रण भलिबल प्रतियोगिता सर्यो

पोखरा (हाम्रो खेलकुद)– पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको आयोजना तथा सृजना विकास केन्द्रको संयोजनामा माघ १८ देखि हुने भनिएको सर्वाधिक पुरुस्कार राशीको सृजना आमन्त्रण महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पूर्व निर्धारित मितीमा नहुने भएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीका अनुसार उक्त प्रतियोगिता अव माघ २२ देखि २९ गते सम्म संचालन […]

Success

Thank you for your time.