default_image

ताजा समाचारहरु

January 22, 2017

सर्वाधिक पुरस्कार राशिको पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) –  राष्ट्रिय युवा अभियानको आयोजनामा काठमाडौंमा सर्वाधिक पुरस्कार राशिको ‘प्रथम राष्ट्रिय पुरुष भलिबल रनिङ शिल्ड’ प्रतियोगिता हुने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय युवा अभियानको स्थापना दिवसको अबसर पारेर काठमाडौंमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गरायो । प्रतियोगितामा तीन विभागीय त्रिभुवन आर्मी, नेपाल प्रहरी र नेपाल एपिएफ क्लबसहित […]

January 22, 2017

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ: समयमै गोल निस्केका कारण खेल सहज

पोखरा (हाम्रो खेलकुद)– साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीले आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको दोस्रो खेलमा धरानलाई ४-१ले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। मनाङका लागि कप्तान अनिल गुरुङ्ले २ तथा सुजल श्रेष्ठले २ गोल गरेका थिए। खेल पश्चात बोल्दै  मनाङका प्रशिक्षक छिरिङ लोप्साङले समयमै गोल निस्केका कारण खेल सहज भएको र खेलाडी त्यसपछि […]

January 22, 2017

मनाङ मस्र्याङ्दी क्लब आहा राराको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)– सहज जितका साथ लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब १५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धरान फुटबल क्लबलाई ४–१ ले हराउँदै साविक विजेता मनाङ उपाधि रक्षा गर्ने क्रममा अन्तिम चारमा पुगेको हो । मनाङले संकटा र बांगलादेशको फारसीगानीको बिजेतासँग सेमिफाइनल खेल्नेछ। दुई गोल गरेका सुजल श्रेष्ठ म्यान अफ द […]

January 22, 2017

अनिल र सुजलको गोलमा मनाङलाई २–० अग्रता

पोखरा (हाम्रो खेलकुद)– साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीले आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो हाफमा २–० को अग्रता लिएको छ । कप्तान अनिल गुरुङले महत्वपूर्ण भूमिका निर्वाह गरेपछि मनाङले अग्रता बनाएको हो । ३३ औं मिनेटमा सुजल श्रेष्ठको गोलका लागि पास मिलाएका राष्ट्रिय टोलीका समेत कप्तान रहेका अनिलले ४१ औं मिनेटमा गोल गरेका […]

January 22, 2017

आहा रारा गोल्ड कप दोस्रो क्वार्टरफाइनल– मनाङविरुद्ध धरान [प्रत्यक्ष अपडेट]

१५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता दोस्रो क्वार्टरफाइनल पोखरा रंगशाला,९ माघ २०७१ मनाङ ४-१ धरान मनाङ – अनिल गुरुङ (कप्तान), सुजल श्रेष्ठ, विराज महर्जन, विक्रम लामा, रोहित चन्द, बिमल राना, कमल श्रेष्ठ, दिनेश थापा मगर (गोलकिपर), डोना थापा, एडामा बो सिसोको, आफिज ओलावाले धरान – पूर्ण चेम्जोङ (गोलकिपर), विष्णु सुनुवार (कप्तान), हेम गुरुङ, हेमु […]

Manang Marsyangdi

January 22, 2017

मनाङले धरानसँग खेल्दै आहा गोल्डकप उपाधि रक्षाको यात्रा थाल्ने

पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले आहा रारा गोल्डकपको उपाधि रक्षाको यात्रा आज सुरु गर्दैछ । पहिलो चरणमा बाई पाएको मनाङले सोमबार पोखरा रंगशालामा हुने दोस्रो क्वार्टरफाइनलमा धरान फुटबल क्लबको सामना गर्दैछ । धरान पहिलो चरणमा सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता एपिएफलाई २–१ ले हराउँदै अघि बढेको टोली हो । आहा राराको सफल […]

January 22, 2017

अन्जनले स्पेनको मार्बेलामा प्रशिक्षण लिन थाले

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्टले गत साताबाट स्पेनको मार्बेला युनाइटेड एफसीमा प्रशिक्षण लिन सुरु गरेका छन् । अभ्यास र ट्रायलका लागि भन्दै अन्जन जनवरी ९ मा त्यसतर्फ प्रस्थान गरेका थिए । उनी तीन महिनाका लागि त्यहाँ पुगेका हुन् । ‘५/६ दिन देखि प्रशिक्षण गरिरहेको छु’ अन्जनले हाम्रो खेलकुदसँग टेलिफोनमा भने, ‘कहिले सम्म […]

January 21, 2017

म्यानचेस्टर सिटि र स्पर्सले अंक बाँडे

एजेन्सी – दुइ गोलले पछि परेको स्थितिलाइ उल्टाउदै इङ्गलिश प्रिमिएर लिग अन्तर्गत  शनिबार राती भएको खेलमा टोटेन्हम हट्स्परले म्यानचेस्टर सिटिसंग २-२को बराबरी खेलेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि सिटीले दोश्रो हाफको सुरुवातमै अग्रता लिएको थियो। स्पर्सका गोलरक्षक ह्युगो लोरिसले गरेको दुवै गल्तिको फाइदा उठाउदै लेरोय साने र केभिन डे ब्रुयेनले गोल गरेका थिए। तर […]

January 21, 2017

म्याड्रिडको कठिन जितमा रामोसको दुई गोल

म्याड्रिड (एजेन्सी) – चालिस खेलको अपराजित यात्रापछि लगातार दुई खेलमा हार व्येहोरेको रियल म्याड्रिडले स्पेनिश ला लिगा अन्तर्गतको खेलमा मालागालाइ २-१ले पराजित गरेको छ। ३५औं मिनेटमा सर्जियो रामोसको गोलले अग्रता लिएको म्याड्रिडका लागि कप्तान रामोसलेनै ४२औं मिनेटमा अग्रता दोब्बर पारेका थिए। दोश्रो हाफमा केहि फिका देखिएको म्याड्रिडलाइ मालागाका वान्पीले ६३औं मिनेटमा गोल गर्दै खेललाई २-१को […]

January 21, 2017

सहारा एकेडेमीलाई सम्बृद्धिको सहयोग

पोखरा (हाम्रो खेलकुद)– परिवारका साथ पोखरा घुम्न आएकी सम्बृद्धि हुमागाईले शनिबार सहारा क्लबले अनाथहरुका लागि सञ्चालन गर्दै आएको एकेडेमीलाई आर्थिक सहयोग गरेकी छिन् । आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा शनिबार सहारा र भारतको सिक्किम युनाइटेडबीच सम्पन्न पहिलो क्वार्टरफाइनलको मध्यान्तरका क्रममा सम्बृद्धिले १० हजार रुपैयाँ एकेडेमीका संयोजक विक्रम थकालीलाई हस्तान्तरण गरिन् । परिवारका साथ अस्ट्रेलिया […]

Success

Thank you for your time.