January 15, 2016
सीतापाइला तेक्वान्दो डोजाङले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालाई शुक्रबार सम्मान गरेको छ । नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएकोमा शेर्पालाई सम्मान गरेको हो । डोजाङका अध्यक्ष गोपाल न्यौपानेले लामालाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरे ।
January 15, 2016
भारतमा फेब्रुअरी ५ देखि हुने साग आयोजनाको तयारीबारे राखेपले , नेपाल आएको भारतीय प्रतिनिधिमण्डल र राखेपले शुक्रबार गरेको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दियो । त्यसै सम्मेलन मा बोल्दै सदस्य सचिव केशवकुमार विष्टले खेलकुदकै माध्यमबाट भारतले नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दी अन्त्य हुने विश्वास व्यक्त गरे । भारतले गरेको अघोसित नाकाबन्दीले सागको तयारमा कठिनाई पुर्याएको भए पनि इच्छाशक्ति र […]
January 15, 2016
बाङ्लादेश बिरुद्ध गोल रहित बराबरीको नतिजा निकाल्दै नेपाल उप-बिजेत बन्दै बङ्गबन्धु कपको सेमी फाइनल प्रवेश गरेको छ, त्यस्तै आयोजक बाङ्लादेश समुह बिजेता बन्न सफल भएको छ । बाङ्लादेशको बङ्गबन्धु रङशालामा भएको खेलमा पहिलो हाल्फमा नेपाल जवाबी हमलामा सिमित रह्यो । घरेलु मैदान मा खेलेको बाङ्लादेश ले पहिलो हाल्फमा अग्रता लिने केहि मौकाहरु गुमायो भने नेपाल को आक्रमण […]
January 15, 2016
१२ औं दक्षिण एशियाली खेलकुदमा समावेश खो खो खेलको पुरुष तथा महिला खेलाडीहरुको बन्द प्रशिक्षण झापा भद्रपुरको रंगशालामा विगत १५ दिन देखि संचालनमा रहेको छ । हिजो मिति २०७२ पुष ३० गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, परिषद् सदस्य द्वय वीरेन्द्र श्रेष्ठ र शान्ति सिंहले प्रशिक्षण स्थलमा स्थलगत निरक्षण गर्नुभएको छ । प्रशिक्षक […]
January 15, 2016
बंगलादेश विरुद्धको समूह चरणको अन्तिम खेल खेल्नुअगावै नेपालले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो| आज भएको पहिलो खेलमा श्रीलंकाले मलेसियाको फेल्ड युनाईटेडलाई २-१ले पराजित गरेपछि नेपाल सेमीफाइनल पुगेको हो| श्रीलंकाको जितसंगै सम चार अंक बोकेका नेपाल र बंगलादेश समूह ‘ए’ बाट सेमीफाइनल पुगेका हुन्| नेपालले अब समूह विजेता बन्नका लागि बंगलादेशलाई हराउनु पर्ने हुन्छ, बराबरी […]
January 15, 2016
दिपक बोहोरा ,पाचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्डकपमा हिजो भएको दोश्रो सेमीेफाइनलखेलमा चर्च व्याइज क्लवलाई हराउदै आयोजक फिदिम स्पोटिङ क्लब सातै वाईवाई फागुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको सेमिफाइनल खेलमा १– ० गोल अन्तरले आयोजकले जीत हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा फिदिमा धिरज तामाङले दोश्रो हाफको नौ मिनेटमा गोल […]
January 14, 2016
बंगबन्धु कप अन्तर्गत समुह ‘ए’मा समान ४-४ अंक बोकेर पहिलो र दोश्रो स्थानमा रहेका नेपाल र बंगलादेश भोली ढाकामा भिड्दै छन्| पहिलो खेलमा मलेसियाको फेल्डा युनाइटेडसंग गोलरहित बराबरी खेलेको नेपालले दोश्रो खेलमा विमल घर्ती मगरको गोलको मद्दतले श्रीलंकालाई १-०ले हराएको थियो| उता घरेलु टोली श्रीलंकाले भने पहिलो खेलमा श्रीलंकालाई ४-२ले हराएको थियो भने दोश्रो खेलमा […]
January 14, 2016
काठमाडौं काठमाडौं जिल्ला ब्याडमिन्टन संघले खेलाडी उत्पादनको उद्देश्यका साथ अर्को महिना स्कुल ब्याडमिन्टन च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । हिमालयन ब्याडमिन्टन क्लब र विद्या संस्कार स्पोर्टस क्लबसँगको सहकार्यमा आयोजना हुने प्रतियोगितामा छात्र छात्रा यू–१२ र यू १४ को अलग अलग प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा फागुन ८ देखि १० गते सम्म […]
January 14, 2016
काठमाडौं प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित फुटसल अनिश्चितकालका लागि बन्द गराएको छ । फुटसलको कारण समाजमा बिकृती फैलिएको गुनासो आएको भन्दै महानगरीय प्रहरी परिसरले काठमाडौं उपत्यकाका सबै फुटसल अनिश्चितका लागि बन्द गर्ने निर्णय गरेको हो । ‘स्वास्थ्य र रमाइलोका लागि खेलिने यो खेलमा नियमन नहुँदा विकृति बढेको पाइयो’, महानगरीय प्रहरी परिसरका एसपी तथा प्रवक्ता विश्वराज पोखरेलले अन्नपुर्णलाई […]
January 13, 2016
युवा फरवार्ड सुमन लामाले श्रीलंका विरुद्ध डेब्यु गरेका छन्| नवयुग श्रेष्ठको स्थानमा ६९औं मिनेटमा मैदान प्रवेश गरेका सुमनले खेलमा खासै मुभ भने बनाउन सकेनन्| जगदम्बा लुम्बिनी क्लबबाट व्यवसायिक फुटबल खेल्ने सुमन एन्फा एकेडेमिकै उत्पादन हुन्| राष्ट्रिय लिगमा सात खेल खेलेका सुमनले छ खेल सुरुवात गरेका थिए| उमेर समुहमा पनि सुमनले नेपालको प्रतिनिधित्व गरेका छन्| पछिल्लो […]