March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा आजबाट सुरु चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपाल र नामिबियाको महिला क्रिकेट टोलीबिच हुन लागेको यो पहिलो खेल हो । नेपाली महिला टोली पहिलो पटक एसिया महादेश बाहिर गएर […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको टोली घोषणा भएको छ । मधेश प्रदेश क्रिकेट संघले शनिवार अनिल शाहको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाल प्रिमियर लिग(एनपिएल) का क्रममा घाइते बनेका अनिलले टोलीको कप्तानका रुपमा पुनरागमन गरेका छन् । अनिलले केही महिना अघि भएको जय ट्रफी […]
March 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेण्डरमा उल्लेख भए अनुसार नेपालकाे पुरूष टाेलीले आइसिसी विश्वकप लिग २, टि ट्वान्टी आई सिरिज र ओडिआई सिरिजहरु खेल्नेछन् । क्यालेन्डरमा महिला तथा विभिन्न उमेर समूहका खेलहरू समावेश गरिएकाे छ । नेपाली सिनियर पुरुष टोलीले आगामी […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा हुने वुमेन्स टि ट्वान्टी क्वाट्यान्गुलर सिरिजको आफ्नो पहिलो खेल शनिवार नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाको महिला क्रिकेट टोलीबिच हुन लागेको यो पहिलो खेल हो । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । नेपाली महिला टोली पहिलो पटक एसिया महादेश […]
March 8, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत नेदरल्याण्ड्सले घरेलु टोली नामिबियालाई हराएको छ । नेदरल्याण्ड्सले शुक्रवार नामिबियालाई ५३ रनले पराजित गरेको हो । १ सय ६० रनको लक्ष्य पछ्याएको नामिबिया ३० ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमा समेटियो । नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ३१ रन जोडे । उनले ३९ बलको सामना […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्रीस्टार क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रवार तेस्रो क्वाटरफाइननमा साविक विजेता मछिन्द्र एफसीलाई २-१ गोलले हराउँदै थ्री स्टार क्लब अन्तिम चारमा पुगेको छ। थ्रीस्टारले सेमिफाइनल खेल विभागीय टिम त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । पूर्व विजेता समेत रहेको थ्री स्टारलाई जित […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) ले आफ्नो बार्षिक क्यालेन्डर आज सार्वजनिक गर्दैछ । क्यानले सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गर्न लागेको हो । गत वर्ष असोजमा निर्वाचित क्यानको कार्यसमितिले दोस्रो पटक क्यालेन्डर सार्वजनिक गर्न लागेको हो। गत वर्ष पुसमा क्यालेण्डर सार्वजनिक भएको थियो। यो वर्ष क्यालेन्डर सार्वजनिकमा केही ढिलाई भएको क्यानका सचिव पारस […]
March 7, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा बल ब्लास्टर भद्रपुरलाई ७ विकेटले हराउँदै झापा क्रिकेट क्लब बिर्तामोड सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भद्रपुरले १३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन बनाएको थियोे । भद्रपुरका लागि सुमिरन राईले ११ बलमा २२ रन बनाए […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 7, 2025
हिमाल खरेल,बिर्तामोड सुनसरीको न्यु स्टार क्लबमाथि सानदार जित निकाल्दै झापा कचनकवलको बगान युथ क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम क्वाटरफाइनलमा न्यु स्टारलाई ३-० ले हराउँदै बगान अन्तिम चारमा पुगेको हो । बगानका लागि मिलन चाम्लिङले ६० औँ र ६९ […]