default_image

मार्सल आर्टस्

March 6, 2023

श्रीलंकामा नेपाललाई थप तीन पदक

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा मार्च ४ देखि सन्चालन भइरहेको १०औं आईएसकेडीजे कप कराते च्याम्पियनसिपमा नेपाललाई २ वटा स्वर्ण रएक रजत पदक प्राप्त भएको छ । उक्त प्रतियोगितामा –६० किलोमा बुद्धीमान माझी र –८४ किलोमा सोनम बलामीले नेपाललाई स्वर्ण दिलाए । माझीले भारतसंग २–१, बंगलादेशसँग ३–२ र फाईनलमा श्रीलंका संग १–० अन्तरको जितसंगै स्वर्ण पदक […]

March 6, 2023

देउराली डोजोद्वारा खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते डो संघ, देउराली डोजोले आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९ औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका आफ्ना खेलाडीलाई होलीको अवसरमा देउराली डोजोले सम्मान गरेको हो । दुबईमा भएको सोरिनकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण […]

March 5, 2023

नेपाललाई दुई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा २ स्वर्ण पदक जितेको छ । स्वर्णका अलावा नेपालले थप २ रजत पदक पनि जित्यो । श्रीलंकाको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागी थिए । नेपालका लागि ९ वर्ष उमेरसमूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जिते । पुरुषोत्तम पोखरेल […]

March 2, 2023

कराते महासंघको निर्वाचत चैत ११ मा

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल मध्येको एक करातेको अभिभावक संस्था नेपाल कराते महासंघको निर्वाचन अर्को महिना हुने तय भएको छ । विगतमा लामो समयको विवाद र अन्य कारणले एक दशक भन्दा लामो समयदेखि निर्वाचन हुन नसकेको महासंघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता नयाँ नेतृत्व पाउने भएको छ । […]

March 1, 2023

कराते टोली सारजाह प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम इमिरेट्स स्पोर्ट्स कराते खुला च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोली बुधबार सारजाह प्रस्थान गरेको छ । मार्च ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा मोहनलाल थापा, मन्दिप खड्का, श्रीकिसुन शाह, गणेश पाइजा, देवकुमार तामाङ, रोजिता ढुंगेल, विनिता श्रेष्ठ, निरुपा दोङ तामाङ, सुस्मिता वाइबा, सोनु श्रेष्ठ, बिनुमाया तामाङ, […]

February 28, 2023

वादोरियो खेलाडी श्रीलंका प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ सदस्यीय नेपाली वादोरियो कराते खेलाडी टोली मंगलबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेका छन् । मार्च ४ तारिखमा हुने प्रतियोगिताको पुरुष ६० केजीमा पुरुषोत्तम पौखरेल, ७० केजीमा शोभाकर पन्थ, ७५ केजीमा कमाराउद्दिन अली र ९ वर्ष उमेरसमूहमा सत्यम कँडेलले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला […]

February 25, 2023

सिर्जना र कविराज सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – गोठाटार तेक्वान्दो डोजाङले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई शनिबार नगदसहित सम्मान गरेको छ । डोजाङकै आयोजनामा भएको प्रथम उपत्यकाव्यापी जुनियर तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा दुवै सम्मानित भएका हुन् । गत डिसेम्बर ८ देखि १० तारिखसम्म भएको रियाड– २०२२ वल्र्ड पारा तेक्वान्दो ग्राँ पि फाइनल (जि १०) […]

February 24, 2023

जुनियर तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) – गोठाटार तेक्वान्दो डोजाङको आयोजनामा प्रथम उपत्यकाव्यापी जुनियर तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा २० डोजाङका ४ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । शनिबार सम्पन्न हुने प्रतियोगितामा १८ स्पर्धा समावेश छन् ।

February 19, 2023

करातेका ४८ खेलाडी एसियाडको प्रारम्भिक छनोटमा

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को करातेको प्रारम्भिक प्रशिक्षणका लागि ४८ खेलाडी छनोट भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीमा आइतबार सम्पन्न छनोटमा महिला र पुरुषतर्फ समान ६ गरि १२ तौल समूहमा खेलाडी छनोट भएका हुन् । हरेक समूहमा सेमिफाइनल पुग्ने खेलाडी छनोट भएका छन् । महिला ६१ केजी तौल समूहमा एएिफकी रमिता माझी […]

February 18, 2023

एसियाली खेलकुदका लागि करातेको छनोट सुरु

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) का लागि करातेको प्रारम्भिक छनोट सुरु भएको छ । लतिलपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा दुई दिने छनोट प्रतियोगिता शनिबार सुरु भएको हो । महिला र पुरुषको समान ६ गरि १२ तौल समूहमा छनोट हुने कराते प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिए । पहिलो दिन महिला र पुरुष काता तथा कुमुते […]

Success

Thank you for your time.