default_image

भलिबल

March 12, 2018

न्यु डायमण्ड र एपीएफ विजयी

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ सशस्त्र प्रहरी महानिरीक्षक (एआइजी) खुल्ला महिला भलिबल प्रतियोगितामा साविकको विजेता शिवम् न्यु डायमण्ड एकेडेमी र उपविजेता नेपाल एपीएफ क्लबले विजयी शुरुवात गरेका छन् । सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा सोमबार भएको खेलमा शिवम् न्यु डाइमण्ड एकेडेमीले विभागी त्रिभुवन आर्मी क्लवलाई २५–१७, २५–१२ र २५–१५ को सोझो सेटमा पराजित गर्दै विजयी […]

March 8, 2018

भलिबलमा एपिएफलाई सिजनको सातौं उपाधि

पर्वत (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले दोस्रो संस्करणको दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा बिहिबार शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–१ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । भलिबलमा एपिएफको महिला टोलीको यो सातौं उपाधि हो ।   एपिएफको महिला टोलीले राखेप च्याम्पियनसिपसहित पोखरामा तीज भलिबल, ढोरपाटन लिग, […]

March 7, 2018

न्यु डायमण्ड र एपीएफबीच सातौं पटक उपाधि भिडन्त

 पर्वत (हाम्रो खेलकुद) – महिला भलिबलका दुई चिरपरिचित प्रतिदद्वन्दी शिवम न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लबले दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पनि उपाधि भिडन्त पक्का गरेका छन् । बुधवार बडगाउँस्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा शिवम् न्यु डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै फाइनलमा प्रवेश गर्दा एपीएफले […]

March 6, 2018

न्यु डायमण्ड र एपीएफ अन्तिम चारमा

कुश्मा (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लब दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनमा प्रवेश गरेका छन् । मंगलवार पर्वतको कुस्मामा भएको लिग खेलमा दुवै टिमले दोहोरो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएका हुन् । बडगाउँस्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको उद्घाटन खेलमा शिवम् न्यु […]

March 5, 2018

एपीएफले भलिबल, व्याडमिन्टन र लनटेनिस आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको केन्द्रिय खेलकुद समितिले ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । एपीएफको खेलकुद समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन प्रतियोगिता यही फागुन २७ गतेबाट […]

Man Bahadur

March 3, 2018

मान बहादुर र प्रतिभा सर्वाेत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद ) – विभागीय दुई टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आर्मी पुरुषतर्फ र एपीएफ महिलातर्फ च्याम्पियन बन्न सफल भएको हो । महिलातर्फ न्यु डायमण्डकी प्रतिभा माली र पुरुषतर्फ आर्मीका मान बहादुर श्रेष्ठ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । […]

APF and Army

March 3, 2018

आर्मी र एपीएफलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद ) – विभागीय दुई टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आर्मी पुरुषतर्फ र एपीएफ महिलातर्फ च्याम्पियन बन्न सफल भएको हो । महिलातर्फ भएको खेलमा एपीएफले चिरपरिचित प्रतिद्धन्द्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित […]

March 2, 2018

आर्मी र हेल्प नेपाल फाइनलमा, महिलामा न्यू डाइमन्ड र एपिएफ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ र न्यू डायमण्ड चौथो एनएसटी एनभिए राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिका लागि भिड्ने भएका छन् । पुरुषतर्फको उपाधिका लागि हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । न्यू डायमण्ड र एपिएफबीच लगातार चौथो प्रतियोगितामा फाइनल हुने भएको छ । ढोरपाटन डबल लिगको विजेता एपिएफले त्यसपछि न्यू […]

March 1, 2018

भलिबलको दुवैतर्फ आर्मी र एपिएफ सेमिफाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब सहित हेल्प नेपाल स्पोर्टस क्लब चौथो एनएसटी–एनभिए राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको सेमिफाइनलमा पुगेको छ ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा बिहीबार तीन भारतीय खेलाडी सवमोश गरेको हेल्प नेपालले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–१ को […]

February 28, 2018

नयाँबजार र मणि मुकुन्द क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नयाँ बजार सामाजिक युवा क्लब काठमाडौं र मणि मुकुन्द क्लब नवलपरासी चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधवार भएको अन्तिम लिग खेलमा नयाँबजारले काभ्रे जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भएको […]

Success

Thank you for your time.