default_image

भलिबल

January 4, 2025

इन्डो नेपाल भलिबल – पुलिस र आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को चौथो दिन शनिवार,नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लब र भारतको गुजरात भलिबल‌ एसोसिएसन विजयी भएका छ । गुजरातले नेपाल एपिएफ क्लबलाई ३-१ सेटमा पराजित गरेको छ । एपिएफले पहिलो सेट २५-२१ ले जिते पनि लगातार तीन सेटमा हार बेहोर्दै खेल […]

January 3, 2025

इन्डो नेपाल भलिबल – एपिएफको संघर्षपूर्ण जित

सुमन अधिकारी,बुटवल एपिएफले करिब ३ घण्टाको समय खर्चेर बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा पहिलो जित निकालेको छ । प्रतियोगिताको तेस्रो दिन शुक्रवार एपिएफले गल्कोट भलिबल क्लबलाई संघर्षपूर्ण खेलमा ३-२ ले पराजित गरेको हो । चिसो र हुस्सुसंगै शीत परेपछि मैदान गिलो भएर विहिवार स्थगित एपिएफ र गल्कोटबिचको खेल […]

January 3, 2025

इन्डो नेपाल भलिबलमा आयोजकको पहिलो जित

सुमन अधिकारी, बुटवल आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा पहिलो जित निकालेको छ । एकेडेमीले आफ्नो दोस्रो खेलमा शुक्रवार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर कोर्टमा जारी प्रतियोगिताको तेस्रो दिनको […]

January 2, 2025

मणीमुकुन्दको जित, एपिएफ र गल्कोटबिचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ अन्तरगत बुधवार तय गरिएका ३ खेल मध्ये २ खेल मात्र सम्भव भएको छ। चिसो र हुस्सुसंगै शीत परेपछि मैदान गिलो भएका कारण एपिएफ र गल्कोट भलिबल क्लबबिचको खेल स्थगित गर्नु परेको आयोजकले जनाएका छन् । एपिएफ र गल्कोटबिच चौथो सेट खेल्ने […]

December 30, 2024

बुटवलमा इन्डो–नेपाल भलिबल यसै साता सुरु हुँदै

सुमन अधिकारी, बुटवल बुटवलमा मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ बुधवार सुरु हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा आयोजना हुने प्रतियोगिता पुस २४ गतेसम्म सञ्चालन चल्नेछ […]

December 29, 2024

संगातीलाई राइनो कप महिला भलिबल उपाधि

सुशील पन्त क्षेत्री, भरतपुर संगाती युवा क्लबले राइनो कप खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । हिमालय भलिबल क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आयोजक टोलीलाई पराजित गर्दै संगातीले उपाधि उचालेको हो । हिमालय दण्डपाणी मावि भरतपुर १३ को कोर्टमा भएको फाइनलमा संगातीले हिमालयलाई ३-१ को सेटमा पराजित गर्‍यो । पहिलो सेटमा हिमालय २५-२३ ले […]

December 29, 2024

अस्ट्रेलियामा अरुणा र राजेन्द्र सर्वाेत्कृष्ट

दिल तामाङ, सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको नेपाली समूदायबिचको आँठौैं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । राजेन्द्रले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । फाइनलमा उनकै उच्च प्रदर्शनमा ढोरपाटनले गल्कोट समाजलाई […]

December 29, 2024

अस्ट्रेलियामा ढोरपाटन र म्याग्दी कालीलाई भलिबल उपाधि

दिल तामाङ, सिड्नी ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले नेपाली समूदायबिचको आठौं संस्करणको महिला र पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् । ढोरपाटन पुरुषतर्फ र म्याग्दी काली महिलातर्फ च्याम्पियन बनेको हो । दुई महिनाअघि भएको च्याम्पियनसिपमा पनि यि दुई टोली नै च्याम्पियन बनेका थिए । यि दुई टोलीले यसपटक पनि आफ्नो विरासतलाई कायम राख्न […]

December 25, 2024

२८ बजार मेलामा पुरुष र महिला भलिबल हुने

तनहुँ (हाम्रो खेलकुद) – बराहडाँडा युवा क्लबकाे आयाेजना तथा बराहडाँडा टोल विकास संस्थाको सह–आयोजनामा हुने २८ बजार मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडा तनहुँमा रहेको बाराही प्राथमकि विद्यालयले हरेक वर्षको पुस २८ गते बार्षिकोत्सव मनाउँदै आइरहेकाेमा पछि यो वार्षिकोत्सव २८ बजार मेलाले चिनिन्छ […]

December 24, 2024

केडिया ग्रुपको पुरुष फ्रेन्चाइज भलिबल लिग फागुनमा

काठमाडौं (हाम्रो खेलकुद)- केडिया ग्रुपले फागुनमापुरुष भलिबलको फ्रेन्चाइज लिग गर्ने भएको छ। केडिया ग्रुपले मंगलवार पत्रकार सम्मेलन गर्दै लिगमा ६ टोलीको सहभागिता रहने जानकारी दिएको छ। सिंगल राउन्ड रोबिन लिगपछि पहिलो र दोस्रो हुने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा १५ र फाइनल गरी कुल १६ खेल हुनेछन् । लिग नौ दिनसम्म चल्नेछ। […]

Success

Thank you for your time.