default_image

एसोसिएसन

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 16, 2025

एसियाडको लागि ३२ खेलका खेलाडीको सूची दर्ता

काठमाडौं (हाम्रो खेलकुद)-नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) का‌ लागि नेपालबाट भाग लिने ३२ खेलका खेलाडीको पहिलो सूची दर्ता गराएको छ।‌ खेलाडी संख्या दर्ता गर्न आज (सेप्टेम्बर १६) अन्तिम मिति तय थियो। यसअघि एनओसीले ३० खेल दर्ता गराएको थियो। तोकिएको समयमा दर्ता नगरेको खेल फुटबल र तेक्वान्दोको […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

September 13, 2025

देशले काँचुली फेर्यो, अब पालो खेलकुदको

ब्लग सुबास हुमागाईं, काठमाडौं नेपालको राजनीतिक जगत पछिल्लो झन्डै एक साता मानौं आँधीबेहरीबाट गुज्रियो। जेन–जी पुस्ता ( सन् १९९७-२०१२ को बिचमा जन्मेका) ले सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलनले देशलाई संक्रमणकालीन अवस्थाबाट अन्तरिम सरकारतर्फ धकेल्यो । यसैको परिणामस्वरूप, शुक्रवार राति नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको छ । यो केवल राजनीतिक घटनाक्रम मात्र होइन, सामाजिक […]

September 7, 2025

खेलाडी संघमा श्रेष्ठको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको तेस्रो साधारणसभा तथा निर्वाचनबाट दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ। काठमाडौंमा शनिवार भएको साधारणसभाको उद्घाटन बागमती प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले गरेका थिए। निर्वाचनबाट उपाध्यक्षमा आयषा शाक्य (तेक्वान्दो) र दीपक थापा (ब्याडमिन्टन), महासचिवमा शिवसुन्दर गोठे (टेबलटेनिस), सचिवमा मन्दे काजी […]

September 1, 2025

श्रेष्ठ र राजकर्णिकार ओसिएको निलम्बनमा

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र नेपाल घोडचढी संघका अध्यक्ष रवि राज कर्णिकारलाई दुई वर्षका लागि निलम्बन गरेको छ । अगष्ट २८ मा बसेको ओसिए कार्यकारी बोर्डको बैठकमाइथिक्स कमिटीको सिफारिसमा श्रेष्ठ र राजकर्णिकारलाई ओसिए सम्बन्धित सबै गतिविधिबाट दुई वर्षको लागि निलम्बन गर्ने निर्णय गरेको […]

August 31, 2025

सरकारी एनओसीलाई ओसिएको चेतावनी

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ‌ एसिया (ओसिए)ले सरकारी मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई लेटर प्याडमा आफ्नो लोगो प्रयोग नगर्न चेतावनी दिएको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले आज सरकारी मान्यता पाएको एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानलाई पत्र लेख्दै भनेका छन्, ‘यो पत्रमार्फत तपाईंलाई सूचित गर्न चाहन्छौं कि नेपाल ओलम्पिक कमिटीको लेटरहेडमा तपाईंले गरेको […]

August 29, 2025

राखेपको वार्षिकोत्सव पुरस्कारमा प्रश्न!

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरेको सम्मान तथा पुरस्कार कार्यक्रममा खेलाडीलाई पुरस्कार नै नदिएको संस्थालाई सम्मानित गरेको पाइएको छ । २०७६ सालमा राखेपको आयोजना तथा नेपालय इन्टरनेसनल प्रालिको सहकार्यमा आयोजित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ललित नारायण राजवंशीले आजसम्म पनि आफ्नो पुरस्कार नपाएको […]

August 29, 2025

मकवानपुरको बागमती गाउँपालिका उत्कृष्ट स्थानीय तह

रविन्द्र वाईबा, काठमाडौं मकवानपुरको बागमती गाउँपालिकालाई उत्कृष्ट स्थानीय तहबाट पुरस्कृत गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवमा आज खेलकुद क्षेत्रमा देशभरमै उत्कृष्ट कार्य गरेको भन्दै बागमती गाउँपालिकालाई सम्मान गरिएको हो । नेपाली खेलकुद क्षत्रको विकास र विस्तारमा बागमतीले गरेको कार्य उदाहरणीय रहेको भन्दै सम्मान गरेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र […]

Success

Thank you for your time.