default_image

राष्ट्रिय खेलकुद परिषद्

May 23, 2023

रोक्का खाता चाँडै सुरु गर्न माग

हिमाल खरेल, बिर्तामोड सामाजिक मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता बन्द गरेपछि कोशीका खेलाडी, खेल संघ तथा पदाधिकारीहरुले सञ्चालनको माग गरेका छन् । आज विराटनगर पुगेर उनीहरुले मन्त्रालय पुगेर रोक्का रहेको खाता चाँडै सुरु गर्न माग गरेका हुन् । प्रदेश सरकारले बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई स्पष्टीकरण सोध्दै प्रभु बैंकमा रहेको बोर्डको खाता पनि […]

May 21, 2023

दोस्रो बाग्मती प्रदेश खेलकुद उद्घाटन

हेटौंडा (हाम्रो खेलकुद) – दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिताको आइतबार उद्घाटन भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् । त्यसअघि उद्घाटन समारोहमा १३ जिल्लाका खेलाडी, तीन विभागीय टोली नेपाल आर्मी, पुलिस र सशस्त्र प्रहरी बल, खेल निर्णायक तथा प्रशिक्षक […]

May 19, 2023

सदस्य सचिव वाग्लेको पुनर्बहाली

हिमाल खरेल, बिर्तामोड दुई दिनअघि बर्खास्तीमा परेका कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई अदालतले पुनर्बहाली गर्न आदेश दिएको छ । बर्खास्त गरिएपछि वाग्ले न्यायका लागि अदालत गएका थिए । आज उच्च अदालत मोरङले वाग्लेलाई पुनर्बहाली गर्न सामाजिक मन्त्रालयलाई अन्तरिम आदेश दिएको हो ।अदालतले आउँदो बिहीबार छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । […]

May 19, 2023

‘राजनीतिक प्रतिशोधका आधारमा हटाइयो’- वाग्ले

हिमाल खरेल, बिर्तामोड कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएपछि अन्योलमा रहेका प्रतियोगिताहरु असार १५ गतेभित्र सम्पन्न हुने बताएका छन् । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयसँग समन्वय नगरी काम गरेको भन्दै वाग्लेलाई बर्खास्त गरिएको सरकारको […]

May 11, 2023

राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच पूर्वाधार निर्माणका लागि सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कागेश्वरी मनोहरा नगरपालिकाबीच विभिन्न खेलका पूर्वाधारसँगै खेलकुदका विविध गतिविधि, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग आदान–प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । राखेपका तर्फबाट सदस्य–सचिव टंकलाल घिसिङ र कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट मेयर उपेन्द्र कार्कीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । यसैगरी, कागेश्वरी मनोहरा नगरपालिकाले […]

May 9, 2023

स्पष्टीकरण सोध्ने मन्त्रालयले नै प्रयोग गर्यो पुरानै खाम

हिमाल खरेल, बिर्तामोड ब्यानर र लेटरप्याडमा कोसी प्रदेश नलेखी पुरानै प्रयोग गरेर कार्यक्रम आयोजना गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्ने मन्त्रालयले नै पुरानो खाम प्रयोग गरेको पाइएको छ । कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवलाई वैशाख १७ गते पत्र पठाएर सातदिने स्पष्टीकरण सोधेको थियो । तर, सदस्य सचिव हंसराज वाग्लेलाई पठाइएको […]

May 9, 2023

‘खेलकुदलाई माथि उकास्ने प्रयास गर्नेछु’ मन्त्री लिम्बु

काठमाडौं (हाम्रो खेलकुद) – नव नियुक्त युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले आफ्नाे कार्यकालमा इमानन्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनकै सम्मानमा मंगलबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् । केही गरौँ भन्ने इच्छाकासाथ खेलकुद मन्त्रालयमा आएको छु, […]

May 4, 2023

नवौंको स्वर्ण विजेतालाई पुरस्कार वितरण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा गत असोज र कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनुपर्ने नगद पुरस्कार वितरण गरेको छ । राखेपले स्वर्ण पदक विजेताले पाउनुपर्ने वापतको हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाइ सकेको जनाएको छ । ८ सय ४० स्वर्णका […]

May 3, 2023

लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको ४ महिनापछि युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् । यसअघि प्रधानमन्त्री दाहालले नै खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । बुधबार ३ मन्त्री नियुक्त गर्दा लिम्बुको जिम्मेवारीमा खेलकुद मन्त्रालय परेको छ । कांग्रेसका […]

May 2, 2023

सागकी स्वर्ण पदक विजेता सन्तोषी स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धाविका सन्तोषी श्रेष्ठ झन्डै अढाई महिनापछि मंगलबार स्वदेश आइपुग्दैछिन् । नेदरल्यान्ड्सबाट सोमबार हवाई यात्राको तयारीमा रहेकी सन्तोषले मंगलबार दिउँसो ३ बजेको आसपासमा स्वदेश आइपुग्ने जानकारी दिएकी छिन् । एक महिना भन्दा लामो समय इथोपियामा प्रशिक्षण गरेकी सन्तोष पछिल्लो एक महिनाभन्दा लामो समय नेदरल्यान्ड्समा रहेकी […]

Success

Thank you for your time.