default_image

राष्ट्रिय खेलकुद परिषद्

October 16, 2019

नेपाल ई स्पोर्टस् च्याम्पियनसिप सुरु

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ई स्पोर्टस् संघको आयोजनमा दोस्रो नेपाल ई स्पोर्टस् च्याम्पियनसिप बुधबारदेखि काठमाडौमा सुरु भएको छ । भोटाहिटीस्थित डब्लुएएसडीको एरिनामा सुरु भएको च्याम्पियनसिपमा ई स्पोर्टस् अन्तरगतको डोटा २ र सिएसजिओ गरि दुई विधामा प्रतिस्पर्धा भईरहेको छ । डोटामा १२ टिम र सिएसजिओमा ११ टिम गरि कुल ११५ खेलाडीहरुले कम्प्युटर र इन्टरनेटका माध्यमबाट खेलिने […]

October 16, 2019

गुरुङ दक्षिण एसियाली आर्चरी महासंघको अध्यक्ष चयन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्चरी संघका अध्यक्ष दीपक राज गुरुङ दक्षिण एसियाली आर्चरी महासंघ (साफ) को अध्यक्ष चुनिएका छन् । बंगलादेशमा गत बसेको साफको बोर्ड बैठकले साफका गुरुलाई चार वर्षका लागि अध्यक्ष चयन गरेको हो । साफका संस्थापक सदस्य समेत रहेका गुरुङ यसअघि साफको वरिष्ठ उपाध्यक्ष थिए । गुरुङले नयाँ जिम्मेवारीलाई अवसरसँगै चुनौतिका रुपमा […]

October 12, 2019

चिनियाँ राष्ट्रपति सीलाई खेलकर्मीको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको दुई दिने भ्रणममा आएका चीनका राष्ट्रपति सी चिनफिङलाई भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणमा सी दुई दिने भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुगेका हुन् । सीलाई राष्ट्रपति भण्डारी त्रिभुवन विमानस्थलमा स्वागत गरेकी थिइन् । राष्ट्रपति सीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, राष्ट्रिय संघका पदाधिकारीलगायतको […]

October 12, 2019

चीनका राष्ट्रपतिको स्वागतमा उभिन खेलकर्मीलाई राखेपको निर्देशन

काठमाडौं (हाम्रो खेलकुद)– चीनका राष्ट्रपति सी चिनफिङको स्वागत र विदाईमा अनिवार्य उपस्थितिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी, खेलकर्मी र पदाधिकारीलाई निर्देशन जारी गरेको छ । राखेपका संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले शुक्रबार पत्र काट्दै संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी र रेफ्रीलाई राष्ट्रपति चिनफिङको स्वागत र विदाईमा अनिवार्य उपस्थितिका लागि निर्देशानुसार भन्दै अनुरोध गरेका […]

October 4, 2019

एनआरएनए स्पोट्र्स एकेडेमी स्थापनाको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– गैर आवासीय नेपाली संघ नेपाल एनआरएनएले एनआरएनए स्पोट्र्स एकेडेमी गठन गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद आइसीसीका युवा संयोजक सुदन थापाले संयुक्त रुपमा एकेडेमीको लोगो सार्वजनिक गरे। लोगोमा एनआरएनको ६ वटा क्षेत्रको प्रतिनिधित्व हुनेगरी ६ वटा ओलम्पिक रिंग राखिएको छ । एनआरएनए […]

October 3, 2019

प्रिन्ससहित ब्याडमिन्टन टोली माल्दिभ्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो दक्षिण एसियाली यु–२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोली बिहीबार माल्दिभ्स प्रस्थान गरेको छ । पुरुष खेलाडीमा प्रिन्स दाहाल, प्रफुल्ल महर्जन र रुकेश महर्जन तथा महिलामा रशिला महर्जन, जेशिका गुरुङ र सीमा राजवंशी रहेका छन् । प्रशिक्षकमा किरण थापा तथा व्यवस्थापकमा […]

October 3, 2019

दुई पदक विजेता रजनी स्वदेश फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको बताममा भएको ५३औं एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपकी दोहोरो पदक विजेता रजनी श्रेष्ठलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले बिहीबार स्वागत गरेको छ । उक्त च्याम्पियनसिपमा रजनीले महिला ५५ केजीमा रजत तथा ३० वर्ष उमेरसमूहमा कांस्य जितेकी थिइन् । रजनी र टोली प्रमुख दिनेश राजभण्डारीलाई शारीरिक सुगठनका केन्द्रीय […]

October 2, 2019

१३ औं सागका लागि कुस्ती खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- दुई महिनापछि नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कुस्तीबाट १० पुरुष र १० महिला गरी २० जना खेलाडी छनौट भएका छन् । मकवानपुरको हेटौंडास्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा जारी बन्द प्रशिक्षणमा सहभागि ४० खेलाडीमध्ये सागमा प्रतिस्पर्धा गर्न २० जना छनौट भएका हुन् । दोस्रो चरणमा २८ जना […]

October 2, 2019

दशैंमा पनि रंगशालाको काम नरोकिने !

काठमाडौं (हाम्रो खेलकुद)– दशैले सबैलाई छोइसकेको छ । यसको धार्मिक, सास्कृति महत्व त छ नै त्यसबाहेक मिठो खाने, राम्रो लगाउने, पिङमा रमाउने र आफन्तसँगको भेटघाट गर्ने दशैको अरु विशेषता हुन् । विदेशमा रहेका कतिपय दशैकै लागि स्वदेश फर्कने क्रम बढ्दो छ । यतिमात्र होइन, काठमाडौंबाट गाँउ फर्कनेको लर्को झनै बढीह हुन्छ । नेपाली खेलकुद पनि […]

October 1, 2019

नियतवश ओलम्पियन भत्ता काटिएकोमा खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन भएवापत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउने प्रोत्साहन भत्ता रोकिएपछि त्यसको कारण खोतल्न ओलम्पियन आफै जुटेका छन् । राखेपले दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता र ओलम्पियनलाई प्रोत्साहन स्वरुप मासिक भत्ता दिदै आएको छ । तर, केहि ओलम्पियन जसले देशका लागि सागमा पदक दिलाएका छन्, त्यस्ता खेलाडीले ओलम्पियन […]

Success

Thank you for your time.