default_image

नेपाल ओलम्पिक कमिटि

January 6, 2024

बास्केटबल संघको अध्यक्षमा गुरुङसहित सबै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद)- भीमसिंह गुरुङ नेपाल बास्केटबल संघको अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न पाँचौं चुनावी साधारण सभाले अध्यक्ष गुरुङसहित ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । गुरुङ यसअघि संघको कार्यवाहक अध्यक्ष थिए । नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्रसाद गुरुङ र मनीषकुमार हयोजुले उपाध्यक्ष छन्। नरेन्द्र थापाले महासचिवमा निरन्तरता पाएका छन्। फनिन्द्रमान श्रेष्ठ […]

January 6, 2024

ट्रायथ्लोनको अध्यक्षमा श्रेष्ठ पुनः निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्रायथ्लोन संघको अध्यक्षमा निलेन्द्र राज श्रेष्ठ पुनः निर्वाचित भएका छन् । ललितपुरमा शनिबार सम्पन्न चुनावी साधारण सभाले २१ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा गण्डकी प्रदेशका पूर्व सांसद दीपक कोईराला, उपाध्यक्ष द्वयमा सुमन देवकोटा र पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा निरज […]

December 30, 2023

एसियाडका पदक विजेता र सहभागी खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हाङ्गचौमा असोजमा‌ भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा पदक विजेता र सहभागी खेलाडीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शनिबार सम्मान गरेको छ । सो अवससमा सहभागी खेलाडीलाई आयोजकबाट प्राप्त विशेष प्रमाणपत्र पनि प्रदान गरिएको थियो । असोज ६ देखि २१ सम्म आयोजित एसियाडमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडीको […]

December 29, 2023

मुक्तिनाथ क्षेत्रमा स्की प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्की संघको आयोजनामा माघको दोस्रो सातातिर पाँचौ राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने शुक्रबार संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुनेछ । त्यसमा पुरुष तथा महिलाको प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगितालाई लक्षित गरेर गरिने प्रशिक्षणमा ५० […]

December 5, 2023

ओलम्पियन विष्टलाई राखेपमा नयाँ जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – व्यक्तिगत खेलमा सर्वाधिक सफल नेपाली खेलाडी ओलम्पियन दीपक विष्टले राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तेक्वान्दोका पूर्व खेलाडी विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको जनाएको छ । यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार नयाँ जिम्मेवारी दिने निर्णय गरिएको जनाएको […]

November 30, 2023

पूर्व सदस्य सचिव लामाको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई बर्गीकरण गर्ने तयारी सुरु गरेको छ । राखेपका पूर्व सदस्य–सचिव युवराज लामाको संयोजकत्वमा ७ सदस्यीय खेलको बर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको राखेपले जनाएको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार राखेपका सदस्य–सचिवबाट खेलको बर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद् पेश […]

November 30, 2023

क्षेत्रीको सपना, विश्वास र अठोट सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – पुराना खेलकर्मी तथा मिस नेपालको आयोजक हिडन ट्रेजरका पूर्व अध्यक्ष सुवर्ण क्षेत्रीको आत्मकथा सपना, विश्वास र अठोट बिहीबार लोकापर्ण भएको छ । क्रिएटिभ्स बुक्सले प्रकाशन गरेको क्षेत्रीको आत्मकथा उद्योगपति एवंम् साहित्यकार बसन्त चौधरी, प्रथम मिस नेपाल रुबी राणा, जेसिज नेपालका पूर्व अध्यक्ष गजेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार पी खरेल, राष्ट्रिय खेलकुद परिषद् […]

November 30, 2023

फुटबलर मणी शाहले नेपालको झण्डा बोकेको त्यो एसियाड

सुवर्ण क्षेत्री सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १० औं एसियाड खेलकुद मेरा लागि सम्झनालायक छ । मेरा लागि मात्र किन, नेपालकै खेल इतिहासमै त्यो अविस्मरणीय क्षण थियो । जुन खेलकुदमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा पदक जितेको थियो । मेरा लागि किनभने म सेफ डी मिसन भएर खेलाडी लिएर सोल गएको थिएँ । सेफ […]

November 14, 2023

पारा तेक्वान्दो प्रशिक्षक लामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । दीपावली तथा नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पशुपति देवपाटनको पशुपति सिर्जनशील युवा क्लबले लामालाई मंगलबार सम्मान गरेको हो । क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक सुमन डंगोल, काठमाडौं क्षेत्र नं. ४ का सांसद गगनकुमार थापा, बागमती […]

November 9, 2023

एनओसीको मेडिकल कमिसनका अध्यक्ष श्रेष्ठको निधन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को मेडिकल कमिसनका अध्यक्ष डा.सरोज कृष्ण श्रेष्ठको बिहीबार निधन भएको छ । उपचारका क्रममा ६९ वर्षे श्रेष्ठको बिएण्डबीमा अस्पतालमा मृत्यु भएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । हाडजोर्नीका विशेषज्ञ डा.श्रेष्ठ ओम अस्पतालमा कार्यरत थिए । ललितपुर सातदोबाटो तल्छीखेलबाट कार्यालय जान बिहान करिब ९ः३० बजे कारमा बसेपछि […]

Success

Thank you for your time.