August 17, 2025
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं एउटा गल्ति सच्याउन अर्को गल्ति गर्नु समस्या समाधान होइन, बरु त्यसलाई अझ जटिल बनाउने काम मात्र हो। अहिले नेपाल ओलम्पिक कमिटी (एनओसी) मा देखिएको दोहोरो अस्तित्वले त्यहि संकेत गर्छ । जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी आफै विवादको भुमरीबाट बाहिरिन नसकेको समयमा सरकारको समर्थनमा एनओसीको अर्को तदर्थ समिति […]
August 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ध्रुवबहादुर प्रधानको नेतृत्वमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिएको प्रति अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीको ध्यानाकर्षण भएको जनाएको छ। जीवनराम श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीका महासचिव राजिव श्रेष्ठले बुधवार विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रही आवधिक निर्वाचन गर्दै आएको तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र […]
August 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विवादमा नयाँ मोड थपिएको छ। जीवन राम श्रेष्ठको नेतृत्वमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी अस्तित्वमा रहँदा सरकारको स्वीकृतिमा पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा एनओसीको नयाँ तदर्थ समिति गठन भएको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केहि दिनअघि मन्त्रालयमा पत्राचार सम्मेलन गर्दै २२ राष्ट्रिय संघको सहमतिमा एनओसीको तदर्थ […]
August 8, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच पछिल्लो वर्षबाट सुरु भएको विवादले अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) मा नेपाली खेलाडीको सहभागिता हुने नहुनेमा आशंका बढेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चिन्ता व्यक्त गरेको छ। ‘ विवादका घटनाक्रमले मिसन २०२६ को विशेष प्रशिक्षण तथा अन्य नियमित […]
August 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केहि दिनमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन तयारी भइरहेको जानकारी दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा शुक्रवार आर्थिक वर्ष २०८१/०८२ सम्पादित कार्य र नीतिगत सुधारको सार्वजनीकरण कार्यक्रम गर्दै मन्त्री चौधरीले एनओसीका सदस्य संघका २२ संघको विशेष साधारण सभामार्फत एनओसीको तसर्थ समिति गठन गरिने बताए […]
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भारोत्तोलन संघको चुनावी साधारण सभाले कानन चौधरीको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति बिहीवार निर्विरोध चयन गरेको छ । यसअघि तदर्थ समितिमा चौधरी संयोजक थिए । उपाध्यक्षमा विजेन्द्रविक्रम शाह, रुद्रबहादुर न्यौपाने, तिलकबहादुर राउत क्षेत्री, गणेशबहादुर चन्द र अनिलकुमार मिश्र, महासचिवमा विपेन्द्र महर्जन, सचिवमा रामेश्वर श्रेष्ठ, सह–सचिव प्रदीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा अशोक शाही […]
July 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एथलेटिक्स संघ विरुद्ध उच्च अदालत पाटनमा दायर रिटको फैसला र निष्पक्ष छानबिन सकेपछि मात्र निर्वाचन प्रकृया अगाडि बढाउन पर्ने माग सरोकारवालाहरुले राखेका छन्। राजीव विक्रम शाह संयोजक रहेको संघले साउन १४ गतेका लागि निर्वाचनको तयारी गरिरहेको बताइएको छ। यसअघि गठित तदर्थ समितिका सदस्यले आइतवार पत्रकार सम्मेलन गर्दै निर्वाचन स्थगित गर्न माग […]
July 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टेनिस संघको ११ औं विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई ४ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ । मुलको अध्यक्षतामा शनिवार १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ । मुल यसअघि नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक थिए । संयोजकअघि मुल महासचिवको जिम्मेवारीमा थिए । उपाध्यक्षमा दिनेश […]
July 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ राष्ट्रलाई खुसी बनाउने योजना भएको बताएका छन् । गत आर्थिक वर्ष मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी १० खेल संघका पदाधिकारी र मुख्य प्रशिक्षकको उपस्थितिमा आज सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले यस्तो बताएका हुन् […]
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल जिम्न्याष्टिक संघको केन्द्रीय साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दिदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । संघीय सांसद समेत रहेका प्रधान नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष हुन् । जिम्न्याष्टिक संघको ६ उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशिलप्रकाश प्रधान, वचन देउजा, प्रमिला सिंह श्रेष्ठ र राजकुमार […]