default_image

National Sports Council

August 4, 2019

१३ औं साग– एनओसी अध्यक्ष श्रेष्ठको संयोजकत्वमा उप समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – चार महिना पछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी, निरिक्षण र अनुगमनका लागि शिक्षा तथा स्वास्थ्य संसदीय समितिले संघिय सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा आइतबार पाँच सदस्यीय उप समिति गठन गरेको छ । उपसमितिको सदस्यमा सांसदहरु नवीना लामा, नारायणप्रसाद मरासिनी, नमिताकुमारी चौधरी र गजेन्द्रबहादुर महत रहेका छन् । […]

August 3, 2019

अब खेलाडीको वर्गीकरण हुने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको खेलकुद इतिहासमा पहिलो पटक खेलाडीहरुको वर्गीकरण गरिने भएको छ । खेलाडी आउने दिनमा खेलाडी राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडीका रुपमा वर्गीकृत हुनेछन् । संसदिय समितिले संसोधन गरेको राष्ट्रिय खेलकुद विधेकलाई राष्ट्रिय सभाले बिहीबार पास गरेको छ । मुख्यतः खेलाडीहरुलाई दुई वर्गमा विभाजन गरिने भएको छ । अन्तर्राष्ट्रिय खेलाडी तिनलाई भनिनेछ जसले […]

August 3, 2019

म्याच फिक्सिङमा संलग्न भए ६ वर्ष जेल!

काठमाडौं (हाम्रो खेलकुद)– खेल मिलेमतो (म्याच फिक्सिङ) लाई नेपाली कानुनले पहिलो पटक सम्बोधन गरेको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो (म्याच फिक्सिङ) गरेको प्रमाणित भएमा ६ वर्ष सम्मको जेल सजाय हुने भएको छ । राष्ट्रिय सभाले बिहीबार पास गरेको राष्ट्रिय खेलकुद विकास विधेयकमा यस्तो प्रावधान राखिएको छ । विगतमा पूर्व कप्तान सागर थापासहित ५ […]

August 2, 2019

निरन्तर निरीक्षणमा सदस्य–सचिव सिलवाल

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो महिना राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्त भएयता रमेशकुमार सिलवालले खेलकुदका भौतिक पूर्वाधार निर्माणको निरक्षणलाई निरन्तरता दिदै आएका छन् । यसै सिलसिलामा उनले हेटौंडाको गौरीटारस्थित केन्द्रीय खेलकुद प्रतिष्ठानको शुक्रबार निरीक्षण गरेका छन् । प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलको उपस्थितिमा सदस्य–सचिव सिलवालले प्रतिष्ठानको निरीक्षण गर्ने क्रममा त्यहाँ […]

August 2, 2019

अर्याललाई विश्व च्याम्पियनसिपमा लाइन जज् जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)– पोल्यान्डमा आयोजना हुने योनेक्स बिडब्लूएफ विश्व सिनियर ब्याडमिन्टन च्याम्पियनसिप काटोविसमा नेपाली लाइन जज् पनि रहने भएका छन् । ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बिडब्यूएफ) का नेपाली सर्टिफिकेट अन्तर्राष्ट्रिय लाइन जर्ज उदय अर्यालले च्याम्पियनसिपमा लालन जज् गर्ने मौका पाएका छन् । च्याम्पियनसिपका लागि उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । बिडब्लूएफले आफुलाई जनवरी १ बाट […]

July 31, 2019

राखेपमा दुलाललाई प्रचार प्रमुखको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रचार प्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ । सदस्य–सचिवस्तरीय निर्णयानुसार बुधबारदेखि नै लागु हुने गरि दुलाललाई प्रमुखको जिम्मेवारी सुम्पिएको राखेपले जनाएको छ । राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई बुधबार पत्र हस्तान्तरण गरे । थापाले दुलालले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै […]

July 30, 2019

एनओसी महासचिव टेण्डी उपचारका लागि अमेरिकाबाट दिल्ली जाँदै

प्रकाश तिमल्सिना, काठमाडौं नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव लामा टेण्डी शेर्पा उपचारका लागि अमेरिकाबाट भारतको नयाँ दिल्ली आउने भएका छन् । अमेरिकाको समय अनुसार मंगलबार साँझ ७ बजे कुवेत एयरमार्फत टेण्डी आफ्ना ठूलो दाई नवाङ निमा शेर्पाका साथ भारततर्फ आउनेछन् । इएलेस डिजिज नामक नसा सम्बन्धि रोगबाट पीडित टेण्डी केहि महिना अघि उपचारका लागि […]

July 30, 2019

कराते टोलीलाई टिसर्ट

काठमाडौं (हाम्रो खेलकुद)– पुराना कराते खेलाडी रवि महर्जनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी रहेको कराते टोलीलाई टि सर्ट प्रदान गरेका छन् । कर्मा कन्सट्रक्सनका तर्फबाट महर्जनले झन्डै ५० हजार बराबरको सहयोग गरेको बताइएको छ । कराते टोलीमा अहिले १ सय ८ खेलाडी १८ प्रशिक्षक सहित १ सय ३० जना रहेका छन् । […]

July 28, 2019

सदस्य सचिव सिलवाललाई कुराँशको बधाई

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै तीन साता अघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव नियुक्त भएका रमेशकुमार सिलवाललाई नेपाल कुराँश संघले आइतबार शुभकामना दिदै कार्यकालको सफलताको कामना गरेको छ । त्रिपुरेश्वरस्थित सदस्य–सचिव सिलवालकै कार्यकक्ष पुगेर कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपाने, महासचिव प्रतिक्षा खरेललगायतका पदाधिकारीले बधाई एवंम् शुभकामना पत्र हस्तान्तरण गरेका थिए । संघले शुभकामना पत्रमार्फत […]

July 25, 2019

सदस्य सचिव सिलवाललाई एनओसी र तेक्वान्दोको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नव नियुक्त सदस्य सदस्यसचिव रमेशकुमार सिलवाललाई बिहीबार अलग अलग कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल तेक्वान्दो संघले स्वागत गरेको छ । स्वागतपछि सदस्य सचिव सिलवालले राखेप र नेपाल ओलम्पिक कमिटीको सम्बन्ध नङ र मासुको जस्तै हुने बताएका छन् । ‘राखेप र ओलम्पिकबीच नङ र मासुको […]

Success

Thank you for your time.