default_image

एसोसिएसन

March 29, 2018

सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ बैशाखमा

काठमाडौं (हाम्रो खेलकुद)– खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ प्रतियोगिता बैशाखमा हुने भएको छ । आयोजक नेपाल क्लाइम्विङ स्पोर्टस् संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ प्रतियोगिता राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाको प्रतिष्ठा दिवस एवं रजत जयन्तीको अवसर पारेर वैशाख १९ गते आयोजना गर्न लागिएको […]

March 29, 2018

दक्षिण एसियाली क्रस कन्ट्रीमा नेपाललाई दुई पदक

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा सम्पन्न दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा एक रजत र एक कास्य पदक जित्दै नेपाली खेलाडी बिहीबार स्वादेश फर्केका छन् । मंगलबार थिम्पुमा भएको च्याम्पियनसिपमा विश्वरुपमा बुढाले ८ किलो मिटरमा रजत पदक जितेकी छिन् । त्यस्तै विश्वरुपासहित रेशु बस्नेत र विन्द्रा धान्के श्रेष्ठको टोलीले टिम इभेन्टको ८ किलो मिटरमै कास्य पदक […]

March 25, 2018

आर्मीलाई राष्ट्रिय हक्की उपाधि

जनकपुर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि जितेको छ । जनकपुरको कभर्ड हलमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमाञ्चल टोलीलाई ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो । धनुषा जिल्ल्ला हक्की संघको आयोजनामा चैत ६ गते देखि सुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र र आर्मी गरि ६ टोलीको सहभागिता रहेको थियो । विजेता आर्मीले […]

March 24, 2018

खेलकुदका विवाद अन्त्य गर्ने मन्त्री विश्वकर्माको प्रतिबद्धता

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले खेलकुदका सबै खाले विकृति, विसंगतिको अन्त्य र विवाद समाधानका लागि पहल लिने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विश्वकर्माले नेपाल क्रिकेट संघ (क्यान) , अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल ओलम्पिक कमिटी (एनओसी) लगायतका खेलकुद संघमा देखिएका विवाद वा समस्याको […]

March 24, 2018

दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा ९ नेपालीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियसिप बंगलादेशमा शनिबार सुरु भएको छ । बंगलादेशको ढाका स्थित बिकेएसपी कम्पाउन्ड भित्र खेलाइने प्रतियोगिताको प्रतिस्पर्धा भने आइतबारबाट सुरु हुने नेपाल आर्चरी संघले जनाएको छ । शनिबार प्रतियोगिताको उद्घाटन भएको थियो ।   प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका खेलाडीहरुले सहभागिता रहनेछ । आयोजक बंगलादेशले भने […]

March 24, 2018

नेपाली खेलाडीले दक्षिण एसियाली क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने

ललितपुर (हाम्रो खेलकुद) – नेपाली खेलाडीले भुटानमा आयोजना हुने दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भाग लिन ८ खेलाडीसहित १० सदस्यीय नेपाली एथलेटिक्स टोली आइतबार भुटानको थिम्पु प्रस्थान गर्ने बताइएको छ ।   मंगलबार हुने प्रतियोगितामा ४ महिला र ४ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले […]

March 22, 2018

गौरीटार अवलोकनमा पुगे मुख्यमन्त्री पौडेल

अमृत चिमरिया हेटौंडा– प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा ६ मा रहेको गौरीटार रं्गशाला अवलोकन गरेका छन् । केन्द्रीय खेलकुद प्रतिष्ठानको रुप रहेको रगंशाला प्रदेश सरकारको प्रमुख प्राथमिकतामा परेकोले मुख्यमन्त्री पौडेलले अवलोकन गरेका हुन् । २३ विगहा क्षेत्रफलमा रहेको प्रतिष्ठानमा हाल एक पुरुष छात्रावास निर्माणको अन्तिम चरणमा रहेको छ । फुटबल रंगशाला, क्रिकेट […]

March 21, 2018

भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा हुनुपर्दछ – श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदलाई विखण्डन गर्ने शक्तिलाई परास्त गर्दै खेलकुदको विकास गर्नु पर्ने सांसद एवं नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवन राम श्रेष्ठले बताएका छन् । नेपाल खेलकुद महासंघले बुधबार आयोजना गरेको वर्तमान सन्दर्भमा खेलकुदको विकास र सम्भावना बारे छलफल तथा शुभकामना कार्यक्रममा श्रेष्ठले खेलकुदको विकास गर्न कुनै पनि बाधा अड्चन हटाई विश्वव्यापी […]

March 21, 2018

‘खेलकुदलाई उच्च प्राथमिकतामा राखिने छ’- खेलकुद मन्त्री विश्वकर्मा

पोखरा (हाम्रो खेलकुद)– नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सरकारले खेलकुद विकासलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीले बुधबार आफ्नो स्वागतमा राखेको कार्यक्रममा विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला निर्माण गरिने दोहोराएका छन् । मन्त्री विश्वर्माले अर्को वर्ष आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद […]

March 21, 2018

‘साग आयोजना देशको प्रतिष्ठासँग जोडिएको छ’ – मन्त्री विश्वकर्मा

पोखरा (हाम्रो खेलकुद)– सरकार परिवर्तनसँगै अन्तर्राष्ट्रिय रंगशाला निर्माणको चर्चा पनि चल्ने गरेको छ । त्यसैको निरन्तरताका रुपमा नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पनि पोखरामा अन्तराष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न रगंशाला निर्माण गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले पोखरामा आयोजना मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पोखराको पर्यटकीय सम्भावनालाई […]

Success

Thank you for your time.