default_image

एसोसिएसन

March 31, 2018

गजेन्द्र र धिरज राष्ट्रिय स्केटबोर्ड च्यम्पियन

पोखरा (हाम्रो खेलकुद) – काठमाडौंका गजेन्द्र वर्देवाले दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ्ग महिला तथा पुरुष च्याम्पियनसिप अन्तर्गत पुरुष सिनियरतर्फ च्याम्पियन बनेका छन् । पोखरा रंगशाला स्थित अन्नपूर्ण स्केटवोर्ड स्थल भएको प्रतियोगितामा १४ वर्ष भन्दा माथी उमेर समूह गजेन्द विजयी बने भने कास्कीका समिर विल्सन दोस्रो र कास्की पेन्टोलिन शेर्पा तेस्रा भए । पुरुष १४ वर्ष […]

March 30, 2018

चौथो मिस्टर फिटनेस फस्र्ट अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) –चौथो अन्तरक्लब मिस्टर फिटनेश फस्र्ट शारिरीक सुगठन तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनसिप अर्को साता आयोजना हुने भएको छ । सतुङ्गल पार्टि प्यालेसमा आयोजना हुने प्रतियोगितामा क्लबका आफ्नै तीन शाखाहरुमा प्रशिक्षण भइरहेको आयोजक फिटनेस फस्र्टका बुद्धिजंग कार्कीले शुक्रकार आयोजित सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ६०, ७०, ७० केजी माथी तौल समूह तथा स्पोर्टस […]

March 30, 2018

पोखरामा राष्ट्रिय स्केट बोर्ड प्रतियोगिताको तयारी पुरा

पोखरा (हाम्रो खेलकुद) – दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ महिला तथा पुरुष च्याम्पियनसिको सम्पूर्ण तयारी पुरा भएको नेपाल स्केटिङ तथा स्केट बोडिङ संघले जनाएको छ । शनिबार हुने प्रतियोगितामा २० जिल्लाका झन्डै एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अध्यक्ष अच्युत खनालले जानकारी दिए । पोखरा रंगशालामा भएको अन्नपुर्ण स्केट बोर्ड […]

March 30, 2018

आर्मी ‘बी’ हाईअल्टिच्युड ट्राई एड्भेन्चर च्याम्पियन

जोमसोम (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब ‘बी’ टिमले प्रथम सिओएएस हाई अल्टिच्युड ट्राई एड्भेन्चर प्रतियोगिता(२०७४ को उपाधि जितेको छ । दीपक सिंह भण्डारी र प्रताप थापाले निर्धारित २०.२ किलोमिटर दुरी १ घण्टा १९ मिनेट ४४ सेकेण्डमा पुरा गरेपछि आर्मी ‘बी’ च्याम्पियन बनेको हो । ‘बी’ले आफ्नै क्लबका मान बहादुर थापा र बसन्त थापा सम्मिलत ‘ए’ […]

March 29, 2018

सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ बैशाखमा

काठमाडौं (हाम्रो खेलकुद)– खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ प्रतियोगिता बैशाखमा हुने भएको छ । आयोजक नेपाल क्लाइम्विङ स्पोर्टस् संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ प्रतियोगिता राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाको प्रतिष्ठा दिवस एवं रजत जयन्तीको अवसर पारेर वैशाख १९ गते आयोजना गर्न लागिएको […]

March 29, 2018

दक्षिण एसियाली क्रस कन्ट्रीमा नेपाललाई दुई पदक

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा सम्पन्न दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा एक रजत र एक कास्य पदक जित्दै नेपाली खेलाडी बिहीबार स्वादेश फर्केका छन् । मंगलबार थिम्पुमा भएको च्याम्पियनसिपमा विश्वरुपमा बुढाले ८ किलो मिटरमा रजत पदक जितेकी छिन् । त्यस्तै विश्वरुपासहित रेशु बस्नेत र विन्द्रा धान्के श्रेष्ठको टोलीले टिम इभेन्टको ८ किलो मिटरमै कास्य पदक […]

March 25, 2018

आर्मीलाई राष्ट्रिय हक्की उपाधि

जनकपुर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि जितेको छ । जनकपुरको कभर्ड हलमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमाञ्चल टोलीलाई ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो । धनुषा जिल्ल्ला हक्की संघको आयोजनामा चैत ६ गते देखि सुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र र आर्मी गरि ६ टोलीको सहभागिता रहेको थियो । विजेता आर्मीले […]

March 24, 2018

खेलकुदका विवाद अन्त्य गर्ने मन्त्री विश्वकर्माको प्रतिबद्धता

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले खेलकुदका सबै खाले विकृति, विसंगतिको अन्त्य र विवाद समाधानका लागि पहल लिने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विश्वकर्माले नेपाल क्रिकेट संघ (क्यान) , अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल ओलम्पिक कमिटी (एनओसी) लगायतका खेलकुद संघमा देखिएका विवाद वा समस्याको […]

March 24, 2018

दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा ९ नेपालीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियसिप बंगलादेशमा शनिबार सुरु भएको छ । बंगलादेशको ढाका स्थित बिकेएसपी कम्पाउन्ड भित्र खेलाइने प्रतियोगिताको प्रतिस्पर्धा भने आइतबारबाट सुरु हुने नेपाल आर्चरी संघले जनाएको छ । शनिबार प्रतियोगिताको उद्घाटन भएको थियो ।   प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका खेलाडीहरुले सहभागिता रहनेछ । आयोजक बंगलादेशले भने […]

March 24, 2018

नेपाली खेलाडीले दक्षिण एसियाली क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने

ललितपुर (हाम्रो खेलकुद) – नेपाली खेलाडीले भुटानमा आयोजना हुने दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भाग लिन ८ खेलाडीसहित १० सदस्यीय नेपाली एथलेटिक्स टोली आइतबार भुटानको थिम्पु प्रस्थान गर्ने बताइएको छ ।   मंगलबार हुने प्रतियोगितामा ४ महिला र ४ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले […]

Success

Thank you for your time.