default_image

एसोसिएसन

November 3, 2015

एन्फासँग स्पष्टिकरणमा माग

कार्तिक १७, २०७२- राष्ट्रिय खेलकुद परिषदले म्याच फिक्सिङ र उमेर समुहको जिम्मेवारीलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)संग स्पष्टिकरण माग गरेको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव स्तरीय बैठकले सात दिनभित्र लिखित जवाफ पठाउन एन्फालाई तीन बुँदे स्पष्टिकरण सोधेको छ । राखेपले म्याच फिक्सिङमा स्थापित नै खेलाडी संलग्न भएको अवस्थामा के कसरी यस्तो अवस्था आएको […]

October 26, 2015

एनोसिका अध्यक्ष र महासचिब युएस जांदै

काठमाडौं, कार्तिक ९ गते । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ र महासचिब लामा तेन्डी शेर्पा अल नेशनल ओलम्पिक कमिटिको बैठकको लागि आज अमेरिका जांदै छन । केहि महिना अगि मात्र निर्वाचित भएका श्रेष्ठ र शेर्पाले ईन्टरनेशनल ओलम्पिक कमिटिका सबै देशका अध्यक्ष र महासचिब उपस्तिथ हुने सम्मेलनमा भाग लिन लगेका हुन । ईन्टरनेशनल ओलम्पिक कमिटिमा […]

October 6, 2015

सार्वजनिक संस्थानमा आचार्यको निरन्तरता

सार्वजनिक संस्थान खेलकुद संघ, नेपालको अध्यक्षमा पुन: कुलबहादुर आचार्य निर्विरोध निर्वाचित भएका छन् । जावलाखेलमा मंगलबार सम्पन्न संघको तेश्रो साधारणसभाले आचार्यको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गर्‍यो । वरिष्ठ उपाध्यक्षमा मित्रकुमार राई, उपाध्यक्षमा ईश्वरबहादुर श्रेष्ठ र टैलेन्द्र आचार्य, महासचिवमा रामविनय श्रेष्ठ, उपमहासचिवमा प्रशान्तबहादुर श्रेष्ठ र रामप्रसाद कुावर, कोषाध्यक्षमा राजेश महत तथा सह–कोषाध्यक्षमा […]

October 6, 2015

राष्ट्रिय खेलकुदको गीत र नारा छनोट

काठमाडौं, असोज १९ गते । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ का लागि गठित कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको गीत र नारा छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव समेत रहेका कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा मंगलबार बसेको बैठकले गीत र नारा छनोट गर्ने निर्णय गरेको समितिका सदस्य एवं राखेपका प्रेस […]

October 1, 2015

जीवनराम नेतृत्वको कार्यकाल सुरु

काठमाडौं, असोज १४ – नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचित कार्यसमितिले बिहीबार पदभार ग्रहण गरेको छ । दोस्रो प्रयासमा अघिल्लो महिना एनओसीको निर्वाचन सम्पन्न भएको थियो । अघिल्लो कार्यकालका महासचिव जीवनराम श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित भएको थियो । निवर्तमान अध्यक्ष ध्रुवबहादुर प्रधानले नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ लगायत १७ सदस्यीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई […]

bista

October 1, 2015

‘सातौं राष्ट्रिय खेलकुद समयमै हुन्छ’ – सदस्य–सचिव विष्टले

काठमाडौं, असोज १४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आसन्न सातौं राष्ट्रिय खेलकुद समयमै हुने बताएका छन् । सातौं राष्ट्रिय खेलकुदका लागि गठित मूल आयोजक समितिको बबरमहलमा बिहीबार भएको बैठकलाई सम्बोधन गर्ने क्रममा समितिका सदस्य–सचिव समेत रहेका विष्टले सो कुरा बताएका हुन् । सातौं राष्ट्रिय मंसिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा […]

October 1, 2015

खेलकुद मन्त्रि पुरुषोत्तम पौडेल राजिनामा दिदैं

युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेल राजिनामा बुझाउन प्रधानमन्त्रि सुशील कोइरालालाई भेट्न जाँदै छन | गैरकानुनि रुपमा सदस्य सचिव नियुक्ति गरेको भन्दै अख्तियारले प्रधानमन्त्रि समक्ष कारवाहिको आग्रह गरेको थियो| गत असार महिनामा मन्त्रि पौडेललेे सदस्य सचिवमा केशव कुमार विष्टलाई नियुक्ति दिएको थियो| प्रधानमन्त्रिले हिजै एमालेका अध्यक्ष केपी ओलीलाई मन्त्रिलाई फिर्ता बोलाउन आग्रह दिएका थिए|

October 1, 2015

एनओसिको नयाँ समितिको काय्रभार, पद हस्तान्तरन

काठमाडौं, असोज १४ गते । एनओसिको नवनिर्वचित नयाँ कार्यसमितिले आज बाट कार्यभार समहाल्ने भएको छ ।  आज एनओसिका निवर्तमान अधक्ष्य धुर्ब बहादुर प्रधानले नयाँ कार्य समितिका पदाधिकारी सहित सदश्यलाई स्वागत गरेका छन । एनओसिको गत महिना भएको निर्वाचनले जिवन राम श्रेष्ठलाई अधक्ष्य र लामा तेन्डी शेर्पालाई महासचिबमा चुनेको थियो । सदस्य हरु मा सन्जिव तुलाधर […]

September 30, 2015

राखेप क्यान पूर्नगठनको तयारीमा

काठमाडौं, असोज १३– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केहि दिन भित्रै नेपाल क्रिकेट संघ (क्यान) पूर्नगठन गर्ने तयारी गरिरहेको छ । अन्तरिक विवादमा रुमलिएको क्रिकेटलाई निकास दिने भन्दै राखेपले पूर्नगठनको तयारी गरिरहेको राखेप सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । क्रिकेट टोलीका कप्तान पारस खड्कासहित टोलीका अन्य सदस्यसँग सातदोबाटोमा बुधबार बिहान छलफल गर्दै सदस्य सचिव […]

September 18, 2015

सातौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौं, असोज १ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ मा प्रयोग हुने लोगो र मस्कट शुक्रबार सार्वजनिक गर्‍यो । सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनाल संयोजक तथा प्रोफेसर राधेश्याम मुल्मी र रमेश खनाल सदस्य रहेको तीन सदस्यीय छनोट समितिले छनोट गरेको लोगो र मस्कट सार्वजनिक गरिएको […]

Success

Thank you for your time.