default_image

एसोसिएसन

May 22, 2017

एनओसी विवादमा सर्वोच्चको अर्को आदेश, छलफलका लागि दुवै पक्षलाई बोलाइयो

काठमाडौं (हाम्रो खेलकुद)– स्थानिय निर्वाचनका कारण केही मथ्थर देखिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद फेरी अदालतमा पुगेको छ । जीवन राम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) को मान्यता प्राप्त एनओसीले अन्तरिम आदेशको माग गर्दै दायर गरेको मुद्दामा सर्वोच्च अदालतले यथास्थितीमा राखी विवादित दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चले २०६७ मा […]

May 4, 2017

राखेपले विद्यालय खेल संघ खारेज गर्यो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो लगतमा रहेका विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गरेको छ । १० मध्ये ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका छन् । विद्यालय स्तरमा खेलको विकास गर्ने उद्देश्यका साथ ती संघ तत्कालिन राखेप सदस्य सचिव युवराज लामाको समयमा गठन भएका थिए । खारेजीमा परेका संघहरुमा […]

April 20, 2017

नेपाली खेलाडीले थाइल्यान्ड ओपन करातेमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १५ सदस्यीय नेपाली कराते टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । थाइल्यान्डको राजधानी बैंकक अप्रिल २० देखि २४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा सोनाम लामा, ६० केजीमा रविन्द्र कार्की, ८४ केजीमुनि दिवस श्रेष्ठ र विप्लव श्रेष्ठ तथा ८४ केजीमाथि लेखनाथ मैनालीले […]

April 12, 2017

नेपालगञ्ज महोत्सवमा खेलकुदको चर्चा

नेपालगञ्ज (हाम्रो खेलकुद)– नेपालगञ्जका खेलकर्मीले अहिलेको विद्यमान खेलकुद ऐनमा परिवर्तन नगरी अब नेपाल खेलकुद विकास सम्भव नहुने सुझाव दिएका छन् । नेपालगञ्ज लिट्रेचर फेस्टिबलको तेस्रो दिन मंगलबार राखिएको खेलकुद र राजनीतिक विषय अन्तरक्रियामा यहाँका स्थायी बासिन्दा समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य विनोद मैनाली, मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, नेपाली राष्ट्रिय […]

April 4, 2017

राणापक्ष अन्तर्राष्ट्रिय मान्यता पाउनेमा आशावादी

काठमाडौं (हाम्रो खेलकुद) – झन्डै एकदशक देखि चल्दै आएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधान भन्दा पनि थप जटिल बन्दै जाने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले गत साता पत्रमार्फत जीवनराम श्रेष्ठ अध्यक्ष र लामा टेन्डी शेर्पा महासचिव रहेको एनओसीलाई नै आफ्नो मान्यता रहेको प्रष्ट […]

March 31, 2017

एनओसी विवादमा आइओसी र ओसिएको धारणा सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) मा देखिएको पछिल्लो विवादका विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले पहिलो पटक आधिकारिक धारणा सार्वजनिक गरेको छ । सर्वोच्च अदालतको फैसलाका आधारमा आफुहरुलाई आधिकारिक दाबी गर्दै आएको रुक्म शम्सेर राणाको समूहलाई आइओसी र ओसिएले पत्रमार्फत स्वघोषित समानान्तर एनओसीलाई मान्यता नभएको प्रष्ट पारेको […]

March 22, 2017

सरकारी हस्तक्षेप निन्दनिय – अध्यक्ष श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सरकारले फिल्मी शैलीमा सुरक्षार्कीको तैनाथमा असम्बन्धित पक्षलाई एनओसी मुख्यालयमा प्रवेश गराएको आरोप लगाएको छ । सर्वाेच्च अदालतले पूर्नस्थापित रुक्म शम्सेर राणा अध्यक्ष रहेको एनओसीका पदाधिकारी पुलिसको रोहबरमा मंगलबार ताल्चा खोलेर सातदोबाटो एनओसी मुख्यालय प्रवेश गरेका थिए । ‘हिजोको दिन नेपाल खेलकुदका लागि कालो दिन […]

March 21, 2017

राष्ट्रिय टिम तयारीका खेलाडीसंग सदस्य सचिवको भेट

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरुसंग मंगलबार भेट गरेका छन्। सम्बन्धित खेलका मुख्य प्रशिक्षक, राष्ट्रिय टिम तयारीका प्रशिक्षकलगायतको उपस्थितिमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाडीलाई भेट गरी तालिमका विषयमा सदस्य–सचिव विष्टले जानकारी लिएका थिए। सो अवसरमा सदस्य–सचिव विष्टले खेलाडीलाई अनुशासनमा विशेष ध्यान दिन सुझाउदै खेल […]

March 3, 2017

श्रेष्ठको अध्यक्षतामा खेलाडी संघको नयाँ कार्यसमिती गठन

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको चौथो साधारण सभा आज काठमाडौँमा सम्पन्न भएको छ। संघको साधारण सभाले निर्वाचनबाट अध्यक्षमा करातेका साग स्वर्णपदकधारी दीपक श्रेष्ठ निर्विरोध निर्वाचित गरेको हो। श्रेष्ठ यसअघिको कार्यसमितिमा महासचिवमा कार्यरत रहेका थिए । शुक्रबार भएको निर्वाचनले २० सदस्यीय कार्यसमितिमा गठन गर्यो। पाँच उपाध्यक्षमा केदारेश्वरमान स्थापित, दीपक महर्जन, हरि खड्का, […]

March 3, 2017

पाँचथरमा दुर्गा माविलाई राष्ट्रपति रनिङ शिल्ड

दिपक बोहोरा पाँचथर – दुर्गा माविले अन्तर माध्यमिक बिद्यालय  राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । फाक्तेपमा गाविसमा बिहीबार सम्पन्न प्रतियोगितामा १ सय ७९ अंकका साथ दुर्गा मावि विजयी भएको हो । १ सय ४७ अंकसहित रानिटार मावि दोस्रो, घुर्बिसे पञ्चमी मावि (१४५) तेस्रो भएको थियो । त्यस्तै जनकल्याण मावि चौथो र आरुबोटे […]

Success

Thank you for your time.