default_image

एसोसिएसन

November 2, 2021

ढकाललाई राखेप सदस्य सचिवको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयका सह सचिव विष्णुराज ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको जिम्मेवारी तोकिएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई निमित्त सदस्य सचिव तोकिएको युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव समेत रहेका प्रवक्ता कमल प्रसाद पोखरेलले जानकारी दिए । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा […]

October 18, 2021

सिलवाल स्वदेश नआइपुग्दै सदस्य सचिवबाट बर्खास्त

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका हैसियतमा विदेश यात्रामा रहेका रमेश सिलवालको स्वदेश फर्कदा भने पद नै नरहने भएको छ । माल्दिभ्सबाट स्वदेश फर्कने क्रममै उनी सदस्य सचिवबाट बर्खास्तमा परेका हुन् । मन्त्री परिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहराजले जानकारी दिए । […]

October 8, 2021

ओलम्पियन संघलाई बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनिर्वाचित ओलम्पियन संघका पदाधिकारीहरुलाई बधाइज्ञापन गरेको छ । विजयादशमी, दीपावलीलगायतका पर्वको उपलक्ष्यमा आयोजित शुभाकामना आदन–प्रदात तथा चियापान कार्यक्रममा पदाधिकारीहरुलाई बधाइज्ञापन गरिएको हो । संघीय सांसद समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले उनीहरुलाई […]

October 8, 2021

गहतराज युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडौं हाम्रो खेलकुद) – नेकपा माओवादी केन्द्रका महेश्वर जंग गहतराज युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्री परिषद् विस्तारको लागि सिफारिस गर्दा गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको पाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा गहतराजसहित १६ मन्त्री र २ राज्यमन्त्रीलाई शुक्रबार नियुक्त गरेकी हुन् । […]

October 1, 2021

नवीनको परिवारलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा÷आमा दुवै क्यान्सर रोगबाट पीडित छन् । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […]

September 29, 2021

ओलम्पियन्स संघको अध्यक्षमा विष्ट निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)– दीपक विष्ट नेपाल ओलम्पियन्स संघको अध्यक्ष निर्वाचित भएका छन् । बुधबार भएको संघको निर्वाचनमा विष्टले नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व उपाध्यक्ष रविराज थापालाई पराजित गरेका हुन् । त्यस्तै उपाध्यक्षमा प्रविन तुलाधर विजयी भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध ओलम्पियन्स संघमा महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध […]

September 28, 2021

ओलम्पियन्स संघको अध्यक्षमा थापा र विष्टको दाबेदारी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ओलम्पियनहरुको संस्था नेपाल ओलम्पियन्स संघको बुधबार नेतृत्व चयन हुने भएको छ । १५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व उपाध्यक्ष समेत रहेका रविराज थापा र व्यक्तिगत खेलका सर्वाधिक सफल खेलाडी दीपक विष्टबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र […]

September 22, 2021

रुक्मशमशेर राणाको स्मृतिमा शोक सभा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना पूर्व अध्यक्ष तथा मानार्थ अध्यक्ष रुक्म शमशेर राणाको स्मृतिमा बुधबार शोक सभाको आयोजना गरेको छ । राणाको निधन भएको १३औं पुण्य तिथिमा कमिटीले सातदोबाटो श्रद्धान्जली कार्यक्रम गरेको हो । राणाको भदौ २५ मा निधन भएको थियो । राणा सन् १९९८ देखि २००७ सम्म कमिटीको अध्यक्ष […]

September 19, 2021

कप्तानद्वय किरण र ज्ञानेन्द्रलाई प्रबल जनसेवाश्रीसहित डेढ दर्जन खेलकर्मीलाई विभूषण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ तथा क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल प्रबल जनसेवाश्री तथा अन्य खेलकर्मी संविधान दिवसको अवसरमा विभिन्न पदकबाट विभूषित हुने भएका छन् । राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा राष्ट्रको हितमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तित्वलाई विभूषित गर्ने प्रचलन रहेको छ । यसपटक ९ सय ३ जना विभूषित […]

September 17, 2021

नवौं राष्ट्रिय खेलकुद फागुनमा आयोजना हुने !

काठमाडौं (हाम्रो खेलकुद)– देशको सबै भन्दा ठूलो खेल प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौं संस्करण फागुनमा गर्ने तयारी भइरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । सदस्य सचिव सिलवालले नवौका उत्कृष्ट खेलाडीलाई पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा राखिने पनि बताएका छन् । रिभाइभ लिजर पार्कको आयोजनामा […]

Success

Thank you for your time.