default_image

एसोसिएसन

May 5, 2020

कीर्तिमानी रजत विजेता राजभण्डारीको सहयोगमा पीडितलाई राहत

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदको तेक्वान्दोमा रजत जितेकी सविता राजभण्डारीको सहयोगमा कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत पीडित परिवारलाई मंगलबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ । सवितासहित उनका पति किशोर श्रेष्ठको सहयोगमा काठमाडौं महानगरपालिका वडा ११ का २ सय पीडित परिवारलाई राहत प्रदान गरिएको हो । […]

April 29, 2020

साग पदक विजेता प्रशिक्षकलाई पुरस्कार कहिले ?

काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजनामा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल खेलाडीहरुले झन्डै पाँच महिनापछि सरकारले घोषणा गरेको पुरस्कार प्राप्त गरेपनि प्रशिक्षक र खेल संघले अझै पनि घोषित पुरस्कार पाउन सकेका छैनन् । खेलाडीहरुले वैशाख पहिलो साता आफ्नो बैंक खातामा रकम जम्मा भएको जानकारी गराएका थिए । तर, कतिपय खेलाडीले अझैपनि […]

April 17, 2020

‘सागको दयारा बढाउने बेला आएको छ’ : पूर्व सदस्य सचिव लामा

प्रकाश तिमल्सिना, काठमाडौं भौतिक पूर्वाधार निर्माण र खेलकुदका विकासका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाहलाई अहिले पनि स्मरण गरिन्छ । पन्चायतकालमा झन्डै एक दशक खेलकुदको मुख्य जिम्मेवारी रहँदा शाहले खेलकुद विकासलाई गति दिएको, खेलकुदलाई अनुशासित र मर्यादित बनाउने प्रयास गरिरहेका खेलकुदका पुराना पुस्ताका खेलाडीले अहिले पनि उनलाई याद गर्ने […]

April 12, 2020

कोरोना राहत कोषमा राखेपको ३२ लाख

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ । राखेपका पदाधिकारी र कर्मचारीको तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर […]

April 8, 2020

सरोकारवालासँग एनओसीको भिडियो कन्फ्रेन्स

काठमाडौं (हाम्रो खेलकुद)– कोराना भाइरस कोभिड १९ ले विश्वभर महामारीको रुप लिइरहेकोले सम्भावित संक्रमणलाई फैलन नदिनका लागि सरकारले लकडाउन गरेको १६ दिन भइसकेको छ । वैशाख ३ गते सम्मका लागि सरकारले लकडाउन निरन्तर रहने घोषणा गरिसकेको छ । यस्तोमा नेपालमा लकडाउन अघिबाटै घरेलु खेलकुदका सबै गविविधि स्थगित भइसकेको थियो । यस्तो पृष्ठभूमिमा नेपाल ओलम्पिक कमिटी […]

April 3, 2020

लकडाउन २ साता पुग्न लाग्दा राखेपको चासो

काठमाडौं (हाम्रो खेलकुद) – कोडिभ १९ का कारण सरकारले लकडाउन गरेको झन्डै २ साता पुग्न लाग्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना खेलाडी, प्रशिक्षक, कर्मचारी र संघ संस्थाका पदाधिकारीको बारेमा चासो देखाएको छ । राखेपका प्रशासन विभागका प्रमुख कुलबहादुर थापाले लकडाउन भएको ११औं दिनमा आफ्ना मतहतका संघसंस्था तथा सम्पूर्ण कर्मचारी तथा परिवारजनको हालको अवस्था के […]

March 30, 2020

टोकियो ओलम्पिकको मिति तय

एजेन्सी – जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको मिति तय भएको छ । यो वर्ष आयोजना हुनुपर्ने ओलम्पिक विश्वव्यापी रुपमा कोरोना भाइरस कोभिड १९ महामारीका रुपमा देखिएपछि ओलम्पिक एक वर्षका लागि सारिएको थियो । नयाँ मिति अनुसार सन् २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुनेछ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को सोमबार […]

March 23, 2020

राखेपले आफ्नो संरचना काउरेन्टाइनका लागि दिने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना भौतिक पूर्वाधार क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने बताएको छ । कोरोना भाइरस कोभिड १९ अहिले विश्वव्यापी महामारीका रुपमा देखिएको छ । नेपालमा पनि सोमबार एक जना संक्रमित पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको ध्यान राख्दै विभिन्न ठाँउमा क्वारेन्टाइन बनाएको छ […]

March 20, 2020

खेलाडीका लागि एनओसीद्वारा डाक्टर प्यानल गठन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै यसबाट कसरी बच्ने भन्नेबारे शुक्रबार सचेतनात्मक कार्यक्रम आयोजना गरेको छ । यससँगै एनओसीले खेलाडीलाई लक्षित गर्दै विशेषज्ञ डाक्टरहरुको प्यानल समेत गठन गरेको छ । सातदोबाटोस्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा अनुभवी डाक्टरहरुले कोरोना लाग्न नदिनको लागि सुरक्षा उपायबारे प्रकाश […]

March 19, 2020

‘सागको पुरस्कार प्रक्रिया अघि बढिसक्यो’- खेलकुद मन्त्रालय

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ४ महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक र संघलाई घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । १३ औं सागका सम्पन्न भएको भोली पल्ट (मंसिर २५ गते) पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले […]

Success

Thank you for your time.