July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सोमबार टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं १५ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा आयोजित प्रतियोगितामा चितवन १४ स्वर्ण, १२ रजत र ३ कांस्यसहित दोश्रो भयो । […]
July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पारा तेक्वान्दोकी पलेशा गोवद्र्धन श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र भलिबलकी अरुणा शाहीसहित १३ खेलाडीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ । राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रमको दौरान खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गर्दै राखेपले सोमबार नगदसहित पुरस्कृत गरेको हो । राखेपले दुई खेलाडीलाई जनही १ लाख ५० […]
July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा चितवनका सुजितकुमार महतोले आइतबार तीन स्वर्ण जितेका छन् । सुजितले छात्र १ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको १ सय मिटर दौडको छात्रामा काभ्रेकी पूर्णिमा श्रेष्ठ पहिलो भइन् । […]
July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले समितिमा मनोनित पदाधिकारीहरुलाई आइतबार मनोनयन पत्र हस्तान्तरण गरे । मनोनित हुनेमा सदस्यहरुमा राखेपका बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र […]
July 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद प्रतियोगितामा विजेता बन्ने टोलीले १० लाख रुपैयाँको आकर्षक ट्रफी प्राप्त गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि गठन गरिएको मुल आयोजक समितिको बैठकले प्रतियोगिताको विजेता टोलीलाई १० लाख रुपैयाँको आकर्षण ट्रफी प्रदान गर्ने निर्णय गरेको हो । राखेपले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि नै लागु हुने गरी […]
July 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशमा आयोजना हुने नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक रुपमा तयारी शुरु भएको जनाएको छ । नवौं खेलकुदको मुल आयोजक कमिटीको शुक्रबार काठमाडौंमा बसेको बैठकले नवौंको तयारी औपचारिक रुपमा शुरु भएको जनाएको छ । नवौं राष्ट्रिय खेलकुद) असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी […]
July 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाईं गरिएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाईं गरे । कार्यक्रम उपत्यकाकासहित २१ जिल्लामा सञ्चालन गरिने छ । काठमाडौं, ललिपतुर, भक्तपुर, इलाम, ओखलढुंगा, भोजपुर, सिराहा, सर्लाही, रामेछाप, मकवानपुर, चितवन, काभ्रे, […]
July 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाग अन्तरगत कार्यरत नायव वरिष्ठ भलिबल प्रशिक्षक जयन्द्र बहादुर चन्दलाई मंगलबार बिदाई गरिएको छ । विभागका निर्देशक अर्जुन बिकले मायाको चिनोले सम्मान गर्दै बिदाई गरेका हुन् । चन्दलाई पूर्व निर्देशक एवं बरिष्ठ भलिबल प्रशिक्षक हरिहर श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए । सो अवसरमा अर्का […]
June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गर्दा नेकपा एकीकृत समाजवादी (एस) बाट सरकारमा सहभागी मन्त्री हेरफेर हुँदा राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्यसचिवसमेत रहेका एनओसी अध्यक्ष श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]
June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा लेखा तथा प्रशासन तालिम आइतबार त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सम्पन्न भएको छ । तीनदिने तालिममा केन्द्र, प्रदेश र जिल्लाका १ सय कर्मचारी सहभागी थिए । सहभागीलाई डा. दामोदर रेग्मी, सुरेश प्रधान, शंकर पन्थी, भेषराज भुर्तेल, चन्द्रप्रसाद भुसाल, नन्दकिशोर शर्मा र पासाङ फिन्जी शेर्पाले प्रशिक्षण […]