default_image

एसोसिएसन

September 20, 2019

कुमारलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – झापाका कुमार बस्नेतले टोखा नगरपालिका प्रथम मेयर कप जित कुण्डो मार्सल आर्ट्स राष्ट्रिय आमन्त्रण प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । नेपाल जित कुण्डो मार्सल आर्ट्स संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष ६० केजीमाथि फाइनलमा कुमारले नेपाल आर्मीका चित्रबहादुर अधिकारीलाई पराजित गरे । केन्द्रीय डोजाङका छोडक मार्को तेश्रो भए […]

September 20, 2019

पिकलबलमा भरत र निराको जोडी उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतका भरत शर्मा र नेपालकी निरा कायस्थ प्रथम ईन्डो नेपाल पिकलबल च्याम्पियनसिपमा मिक्स डबल्समा फाइनल प्रवेश गरेका छन् । भरत र निराको जोडीले नेपालका राधेश्याम मचामसी र मन्दिराको जोडीलाई ११–१ र ११–१ को समान अन्तरमा पराजित गर्दै उपाधी निकट पुगेका हुन् । यस्तै अर्को फाईलन प्रवेश गर्ने टोलीमा भारतका भुपेन्द्र र […]

September 18, 2019

गौरिकासहित पौडीबाट सागलाई ३२ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी पौडीबाज गौरिका सिंहसँगै वैदेशिक प्रशिक्षणमा रहेको ५ खेलाडीलाई समेट्दै नेपाल पौडी संघले नेपालमै मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई ३२ खेलाडी छनोट गरेको छ । जसमा १८ पुरुष र १४ महिला खेलाडी रहेका छन् । संघले आठौं राष्ट्रिय खेलकुद, नवौं एनएसए पौडी च्याम्पियनसिप, फिना अंकको आधारमा खेलाडी छनोट […]

September 18, 2019

सागमा फुटबलको जिम्मेवारी दिन सहाराको आग्रह !

पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति ( गण्डकी खेलकुद विकास समिति) ले सहारा क्लबको नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य राजेश कुमार गुरुङको अगुवाईमा समितिले बुधबार जिल्ला खेलकुद विकास समितिको सभाहल (पोखरा रंगशाला) मा नयाँ कार्यसमितिलाई स्वागत गर्दै बधाई ज्ञापन गरिएको थियो । राखेपका […]

September 17, 2019

पुनमसहित सागलाई बक्सिङबाट १६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि बक्सिङबाट १६ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट संघले मंगलवार १० पुरुष र ६ महिला गरी १६ खेलाडी सागका लागि छनोट गरेका हुन् । संघले सोमबार ८ र मंगलबार ८ खेलाडी छनोट गरेको […]

September 16, 2019

ओलम्पियन विष्टसहित ४ प्रशिक्षकको बेलायतमा सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) बेलायतले प्रशिक्षक प्रशिक्षणका लागि बेलायत पुगेका ओलम्पियन दीपक विष्टसहित ४ प्रशिक्षकलाई सम्मान गरेको छ । लन्डनस्थित ह्यारोस्थित माया पबमा आइतबार आयोजित कार्यक्रममा विष्ट, त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस क्लबका रन्जन श्रेष्ठ र प्रशिक्षक कविराज खड्गीलाई सम्मान गरेको थियो । कार्यक्रममा ब्रिटिश सांसाद वीरेन्द्र […]

September 16, 2019

सागका लागि ८ बक्सिङ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद) –स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङबाट सोमबार आठ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सोमबार सम्पन्न प्रतिस्पर्धाबाट पुरुषतर्फ ५ र महिलामा तीन खेलाडी छनोट भएका हुन् । महिला ४८ केजीको फाईनल खेलमा आर्मीकी लालिता महर्जनले पुलिसकी दिवाना शेर्मालाई अंकका आधारमा […]

September 16, 2019

प्रथम राष्ट्रिय टग अफ वारमा २० टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल डोरी तान संघको आयोजनामा मंगलबार प्रथम राष्ट्रिय टग अफ वार प्रतियोगिता २०७६ हुने भएको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरि संघले प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगितामा महिला र पुरुषमा समान १० टोलीको सहभागिता रहनेछ । तीन विभागिय टोली नेपाली सेना, नेपाल प्रहरी र एपिएफ तथा ७ प्रदेशका टोलीको […]

September 15, 2019

एनओसी अध्यक्ष श्रेष्ठलाई संसदिय समितिको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – संघिय संसादको शिक्षा, स्वास्थ्य र युवा खेलकुद समितिले आफ्ना सदस्य जीवनराम श्रेष्ठलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष दोस्रो पटक निर्वाचित भएको बधाई दिएको छ । समितीकी सफलता जयपुरी घर्तीले समितिको कार्यालय सिंहदरबारमा संघिय सांसद श्रेष्ठलाई बधाई तथा कार्यकालको सफलताको कामना गरिन् । शनिबार भएको एनओसीको निर्वाचनमा उमेशलाल श्रेष्ठलाई हराउँदै श्रेष्ठ […]

September 15, 2019

दक्षिण एसियाली नेटबल च्याम्पियनसिप कात्तिकमा

काठमाडौं(हाम्रो खेलकुद) – प्रथम दक्षिण एसियाली यू१६ नेटबल च्याम्पियनसिप कात्तिकमा काठमाडौंमा आयोजना हुने भएको छ ।  नेपाल नेटबल संघले हुने च्याम्पियनसिप कात्तिक १ देखि ५ गतेसम्म नेपाली सेनाको स्पोर्टस् सेन्टर तथा फिजिकल सेन्टर लगनखेलमा हुने छ । प्रतियोगितामा नेपालसहित,भारत,पाकिस्तान,श्रीलंका,बंगलादेश र माल्दिभ्स गरि ६ देशबीच लिगकम नकाउटको आधारमा प्रतिस्पर्धा हुने संघले जनाएको छ ।  प्रतियोगिता सञ्चालनको लागि […]

Success

Thank you for your time.