October 25, 2019
प्रकाश तिमल्सिना, काठमाडौं दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठक र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का सहभागी राष्ट्रको सेभ द मिसनको बैठक दुई सातापछि काठमाडौंमा बस्ने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एनएओसीको बैठक कात्तिक २३ गते काठमाडौंमा बस्ने हाम्रो खेलकुद डट कमलाई जानकारी दिए । सोही दिन […]
October 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद(साग)का लागि नेपाली तेक्वान्दो टोलीले झन्डै एक महिना वैदेशिक प्रशिक्षणमा बिताउने भएको छ । तेक्वान्दोको गेरुगी (फाइट) र पुम्से टोलीले अलग अलग देशमा प्रशिक्षण गर्दै एक महिना पछि स्वदेश फर्कने नेपाल तेक्वान्दो संघले जनाएको छ । सागमा पहिलो पटक समावेश गरिएको पुम्से टोली […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली नेटबल फेडरेसनको अध्यक्षमा मोहनबहादुर बस्नेत चयन भएका छन् । सोमबार काठमाडौंमा बसेको फेडरेसनको कंग्रेसले बस्नेतको अध्यक्षतामा नौ सदस्यीय कमिटी गठन गरेको हो । बस्नेत नेपाल नेटबल संघका अध्यक्ष हुन् । फेडरेसनको वरिष्ठ उपाध्यक्षमा भारतका हरिओम कौसिक, उपाध्यक्षमा माल्दिभ्सकी फजना जलिल, श्रीलंकाकी चम्पा वानामालिया गुणवद्र्धने, महासचिवमा पाकिस्तानका मुदासर रजक अराइन […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश सबै खेललाई जिम्मेवारी दिएर अगाडि बढ्ने बताएका छन् । नेपालमा हुने सागमा समावेश विभिन्न २७ खेल संघका प्रतिनिधि, प्रमुख प्रशिक्षक तथा विषयगत समितिका प्रतिनिधिको उपस्थितिमा भएको बृहत छलफल कार्यक्रममा खेलकुद मन्त्री विश्वकर्माले भने– ‘साग राष्ट्रले […]
October 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपको सेमीफाइनल समीकरण पूरा भएको छ । लिग चरणका दुई खेल बाँकी छँदै सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको हो । आयोजक नेपालसँगै भारत, श्रीलंका र माल्दिभ्स अन्तिम चारमा पुग्न सफल भए । अब सेमिफाइनलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्सबीच खेल हुनेछ । सेमिफाइनलमा […]
October 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दिलिप स्मृति तेक्वान्दो डोजाङका विजय हायु र सितापाइलाका शैलेश गिरीले तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । चितवनको रत्ननगरमा शनिबार भएको पुरष जुनियर ४१ केजीमुनि विजयले मैत्री तेक्वान्दो डोजाङका सुजन सिलवाललाई हराए । पुरुष सिनियर ५४ केजीमुनि शैलेशले चुनदेवीका पुस्कल तामाङलाई हराए । जुनियर पुरुष ४९ केजीमुनि चुनदेवीका […]
October 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि चितवनको रत्ननगरमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ३६ केजी तौल समूह मुुनि मुलपानी तेक्वान्दो डोजाङका आयुश ढुङ्गेलले स्वर्ण पदक जितेका छन् । फाइनलमा उनले मैत्री तेक्वान्दो डोजाङका सागर घिमिरेलाई पराजित गरे । न्युलाईफका सुगम चौधरी र अल्फाका जस्गिन चौधरी तेस्रो भए […]
October 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि नेपाल–कोरिया संयुक्त प्रशिक्षण कार्यक्रमअन्तरगत नेपाली भारोत्तोलन टोली कोरियो जाने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश कुमार सिलवालले टोलीलाई शुक्रबार विदाई गरेका छन् । कोरियन भारोत्तोलन महासंघको निमन्त्रणमा भारोत्तोलोलन टोली दोस्रोपटक प्रशिक्षणमा जान लागेको हो । टोली शनिवार कोरिया प्रस्थान गर्नेछन् । कोरियाको […]
October 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एशियाली खेलकुदका सागका लागि आवश्यक पर्ने स्पोर्टस् किट्स (खेल सामाग्री ) का लागि राष्ट्रिय खेलकुद परिषद राखेप र चिनिया खेला सामग्री उत्पादक कम्पनी एजिलीटी, अक्युमेन र व्याबल एसेट कम्पनीबीच समझदारी भएको छ । चिनिया खेल साम्रगी उत्पादक एजिलीटी कम्पनीका प्रतिनिधि मन्डलले १३औं सागको लोगो अंकित ट्रयाकसुट र क्यापको नमुना […]
October 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीको आयोजनामा नेशनल कन्फरेन्स अन एक्ससइज, स्पोट्र्स एन्ड फरफरमेन्स साइकोलाजी कार्यक्रम शुक्रबारबाट शुरु भएको छ । मनोवैज्ञानिक रुपमा जितको आधार बनाउने उद्देश्यले १३औं दक्षिण एसियाली खेलकुदलाई लक्ष्य गरेर सो कार्यशालाको आयोजना गरिएको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले १३औं साग […]