default_image

एथ्लेटिक्स

September 17, 2021

गोपीले बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० मा नाटकीय ढंगले सहभागिताबाट बन्चित भएका धावक गोपीचन्द्र पार्कीले विश्व प्रसिद्ध बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । जर्मनीको बर्लिनमा हुने म्याराथनका लागि गोपी २१ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्दैछन् । म्याराथन २६ सेप्टेम्बरमा आयोजना हुनेछ । गोपीको म्याराथन सहभागितामा लाग्ने हवाई खर्च राष्ट्रिय खेलकुद परिषदले बेहोर्ने भएको छ […]

August 19, 2021

विश्व जुनियर च्याम्पियनसिपमा अजितको औसत प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – केन्याको नेरोवी शहरमा आयोजना भएको विश्व यु–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजित कुमार यादवले औसतको प्रदर्शन गरेका छन् । पुरुषको ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका अजितले निर्धारित दुरी ९ मिनेट १५.२७ सकेन्डमा पूरा गरे । १६ खेलाडी सहभागी प्रतिस्पर्धामा अजित १४औं स्थानमा रहे । अस्वस्थताका बावजुत उनी च्याम्पियनसिप खेल्न केन्या […]

August 17, 2021

एथलेटिक्स परिवारले ४५ लाख खर्चेर ४ प्रतियोगिता गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार नेपालले मंगलबार आर्थिक वर्ष २०७८-०७९ को वार्षिक कार्यक्रम घोषणा गरेको छ । यसै साउन महिनामा नेपालका पूर्व एथलेटिक्स खेलाडी लगायत खेलप्रेमीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराएको संस्थाले आज एक कार्यक्रममाझ योजना सार्वजनिक गरेको हो । संस्थाका तदर्थ समितिका अध्यक्ष राजन खत्रीले यस आर्थिक वर्षका लागि चार खेलकुद प्रतियोगितालाई आफ्नो वार्षिक क्यालेन्डरमा राखिएको र विस्तारै प्रतियोगिताबाहेक अन्य गतिविधि पनि अगाडि बढाउँदै […]

August 14, 2021

कीर्तिमानी धावक मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट शनिबार सम्मानित भएका छन् । डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरेको हो । सागको लगातार तीन संस्करणमा स्वर्ण जित्ने मानन्धर पहिलो नेपाली खेलाडी हुन् । उनले […]

August 8, 2021

स्वर्ण विजेता निरजलाई करोडौंको पुरस्कार

एजेन्सी – टोकियो ओलम्पिक २०२० मा भारतलाई एकमात्र स्वर्ण पदक दिलाउने निरज चोपराले पुरस्कारवापत सरकारी र प्राइभेट संस्थाबाट करोडौं रुपैयाँ पुरस्कार पाउने भएका छन् । निरजले शनिबार एथ्लेटिक्सको ज्याभलिन थ्रोमा ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका थिए । भारतले १३ वर्षपछि ओलम्पिकमा स्वर्ण जित्न सफल भएको हो । एकल स्पर्धामा यो मात्र दोस्रो पदक हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ […]

August 8, 2021

किपचोगेलाई ओलम्पिक म्याराथनमा स्वर्ण

एजेन्सी – विश्व कीर्तिमानी केन्याका इलुड किपचोगेले टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष म्याराथनतर्फ स्वर्ण पदक जितेका छन् । ओलम्पिक म्याराथनमा दोस्रो स्वर्ण जित्ते क्रममा ३६ वर्षीय इलुडले निर्धारित दूरी २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले आफ्नो निकटतम प्रतिद्धन्द्धीलाई १ मिनेट १७ सेकेन्डले पछि पारे । उनले सन् २०१६ […]

August 7, 2021

निरजले दिलाए भारतलाई पहिलो स्वर्ण

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोमा निरज चोपराले भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । निरजले ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको स्वर्ण पदक दावेदार मानिएका जर्मनीका जोहानेस भेटरले फाइनलमा समेत स्थान बनाउन नसक्दा निरजको स्वर्ण पदकको सम्भावना बलियो बनेको थियो । चेक रिपब्लिकका दुई खेलाडीले निरजलाई पछ्याएपनि पछि पार्न […]

July 31, 2021

जुनियर च्याम्पियनसिप- अजितको कमजोर प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ एथलेटिक्स च्याम्पियन अजित कुमार यादवले भारतको पञ्जाबमा भएको १९औं यु–२० फेडेरेसन कप (अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिप) मा कमजोर प्रदर्शन गरेका छन् । वार हिरो स्टेडियम सांगरर पञ्जाबमा शनिबार भएको पुरुष १५ सय मिटर दौडमा उनी १४ जनामध्ये १२औं स्थानमा रहे । दुई जनाले दौड पूरा गर्न सकेनन् । […]

July 30, 2021

सरस्वतीको सामान्य प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो अ‍ोलम्पिक २०२० अन्तर्गत सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा सामान्य प्रदर्शन गरेकी छिन् । सरस्वतीले हिट २ मा कुद्दै निर्धारित दुरी १२.९१ सेकेन्डमा पूरा गरिन् ‌‌। आफ्नो हिटमा रहेका ९ मध्य आठौं स्थानमा उनी रहिन् । सरस्वतीको सहभागिता हिट चरणमा नै सिमित रह्यो । उनले यस स्पर्धामा राखेको व्यक्तिगत […]

July 26, 2021

अजितले वल्ड च्याम्पियनसिप र फेडेरेसन कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ एथलेटिक्स च्याम्पियनसिप अजित कुमार यादवले झन्डै चार साताको अन्तरमा दुई जुनियर च्याम्पियनसिप खेल्ने भएका छन् । अजितले ३१ जुलाईदेखि २ अगस्टसम्म भारतको पञ्जावमा हुने यु–२० फेडेरेसन कप (अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिप) र १७ देखि २२ अगस्टसम्मा केन्याको नौरबीमा हुने यु–२० जुनियर एथलेटिक्स वल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने भएको नेपाल […]

Success

Thank you for your time.