default_image

breaking big news

June 23, 2025

क्लब विश्व कपमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको छ। आइतवार भएको खेलमा मुख्य प्रशिक्षकको रुपमा शाबी आलोन्सोले रियलका लागि पहिलो जित निकाले । १० खेलाडीमा सिमित भएको रियलले पाचुकालाई ३-१ ले हराएको छ। खेलको सुरुआतमै राउल एसेन्सियोको रातो कार्ड बेहोरेका थिए । सातौँ मिनेटमा सालोमोन रोंडोनलाई पछाडिबाट लडाउनुले अन्तिम रक्षकको […]

June 22, 2025

सिंगापुरविरुद्धको खेलमा प्रसिद्ध ‘प्लेयर अफ द म्याच’

काठमाडौं(हाम्रो खेलकुद) – एसिसि मेन्स यु-१६ इस्ट जोन कपको सिंगापुरविरुद्धको खेलमा नेपालका प्रसिद्ध जैसी ‘प्लेयर अफ द म्याच’ भएका छन् । सिंगापुलाई ६ विकेटले हराएको खेलमा अर्धशतक बनाएका प्रसिद्ध ‘प्लेयर अफ द म्याच’ भएका हुन् । नेपाललाई सहज जित दिलाउने क्रममा ओपनरका रुपमा आएका प्रसिद्धले अविजित पारी खेलेका थिए । उनले ९७ बलको सामना गरेर […]

June 22, 2025

नेपालले सिंगापुरलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी मेन्स यु-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । मलेसियामा सुरु भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा ६ विकेटको जित हासिल गर्यो । १ सय ३९ रनको सामान्य लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर प्रसिद्ध जैशीले ९७ बलमा ५ चौकाको सहयोगमा […]

June 22, 2025

इन्टरको जित

एजेन्सी – इन्टर मिलानले अमेरिकामा जारी फिफा क्लब विश्वकपको अन्तिम १६ मा पुग्ने सम्भावनालाई जीवित राखेको छ। उरावा रेड डायमन्ड्सविरुद्ध २-१ को पुनरागमन गर्दै इन्टरले अघिल्लो चरणको आशालाई कायम राखेको हो । र्योमा वाटानाबेले ११औं मिनेटमा गोलले जापानी टोलीलाई अग्रता दिलाए । इन्टरले गोलका लागि संघर्ष गर्नुपर्यो । लउटारो मार्टिनेजको शानदार ओभरहेड किकमा ७८ औं […]

June 22, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – एसिसि यु-१६ मेन्स यु १६ इस्ट जोन कपमा नेपालले पहिलो खेलमा टस हारेको छ । मलेसियाको युकेएम ओभलमा सिंगापुरविरुद्ध टस हारेको हो । टस जितेर सिंगापुरले ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्दैछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 21, 2025

एसिसी यु १६ कप – नेपालको पहिलो खेल भोलि

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा एसिसी मेन्स यु-१६ इस्ट जोन कप सुरु हुँदैछ । एसियाली क्रिकेट परिषद्(एसिसी) को बार्षिक कार्यतालिका अनुसार प्रतियोगिता हुन लागेको हो । नेपाल र सिगांपुरबीचको खेल मलेसियाको युकेएम ओभरलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपाल क्रिकेट संघ(क्यान)ले केही दिन अघि विपिन शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली युवा टोलीको […]

June 21, 2025

सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसहित ६ जनालाई रिटेन गर्‍यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक उप विजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ। टोलीले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गर्दै नेतृत्वमा विश्वास देखाएको छ। रिटेन गरिएका अन्य प्रमुख खेलाडी अनुभव र निरन्तरताको संयोजन देखिएको […]

June 21, 2025

बायर्न क्लब विश्व कपको अन्तिम १६ मा

एजेन्सी – बायर्न म्युनिख फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। माइकल ओलिसेको अन्त्यतिर निर्णायक गोल गरेपछि बायर्नले आज मायामीमा सिए बोका जुनियर्सलाई‌  २-१ ले हराएको हो । समूह ‘सी’ को पहिलो खेलमा अकल्याण्ड सिटीविरुद्ध क्लब विश्वकप इतिहासकै सबैभन्दा ठूलो अन्तरले जित निकालेको बायर्न हार्ड रक स्टेडियममा खेलको सुरुवातमै आत्मविश्वास देखाएको थियो। ह्यारी […]

June 21, 2025

थ्री स्टार ए,बी, सीका क्लबसँग छलफलमा

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल समितिको निर्णयपछि बी डिभिजनमा घटुवा भएको थ्री स्टार क्लबले आज ए,बी,सी क्लबसँग छलफल गर्दैछ । विभागीय टोली एपिएफ फुटबल क्लबले दिएको उजुरीको आधारमा २ वर्षपछि बिहीवार अपिल समितिले थ्री स्टारलाई कारवाही गर्ने निर्णय गरेको थियो। शुक्रवार आन्तरिक छलफल गरेको थ्री स्टारले ए, बी र सी […]

Success

Thank you for your time.