June 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेदरल्याण्ड्सलाई पराजित गरेको छ । नेपाल ६ विकेटले विजयी भयो । १ सय ७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका ओपनर कुशल भुर्तेलले महत्वपूर्ण इनिङ खेल्दै अर्धशतक पूरा गरे। ५१ बल खेलेका उनले ६ चौकाको सहयोगमा […]
June 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- खेलकुद, शिक्षा र उद्यमशीलताको माध्यमबाट युवालाई सशक्त बनाउन सकिने विषयमा सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यक्रम बिहिवार काठमाडौंमा आयोजना गरिएको छ । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको बागमती प्रदेश खेलकुद तथा युवा सम्मेलन २०८२ नामक कार्यक्रममा विगतको तुलनामा खेलकुद, शिक्षा र उद्यमशीलताको माध्यमबाट युवालाई सशक्त बनाउने सकिने चर्चा गरिएको थियो । अन्तर्क्रियामा […]
June 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर माइकल लेविट शतकबाट चुक्दा स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १ सय ७५ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर नेपालले बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रनको मध्यम योगफल तयार गर्यो । नेदरल्याण्ड्सका लागि ओपनर माइकल […]
June 19, 2025
सुबास हुमागाईं, काठमाडौं विभागीय टोली एपिएफ फुटबल क्लबले गरेको उजुरीमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल समितिले निर्णय गर्दा थ्री स्टार क्लब ए डिभिजन लिगबाट रेलिगेसनमा पर्ने भएको छ । एपिएफले ए डिभिजन लिगको अन्तिम खेलमा थ्री स्टारले नियम विपरित विदेशी खेलाडी खेलाएको भन्दै अपिल समितिमा दिएको उजुरीका आधारमा एपिएफको पक्षमा निर्णय भएको एन्फा […]
June 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको टि ट्वान्टी आई टोलीमा डेब्यु गरेका छन् । स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको नेदरल्याण्ड्सविरुद्धको खेलमा भीमले टि ट्वान्टी आईमा डेब्यु गरेका हुन् । नेपालका लागि टि ट्वान्टी आईमा प्रतिनिधित्व गर्ने भीम ५२औं खेलाडी हुन् । भीमलाई नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका […]
June 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जितेको छ । स्कटल्याण्डको ग्लासगोमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् । यसअघिका २ मध्ये १ मा जित र १ मा हार बेहोरेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाली टोलीमा मंगलबार स्कटल्याण्डसँग खेलेका ३ खेलाडी […]
June 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय टोलीका सदस्य तथा एमेच्योर गल्फर राहुल विश्वकर्मा पहिलो पटक सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्। समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले माथ दिंदै उपाधिको हकदार बनेका हुन्। आज उनले ५-अन्डर ६७ को स्कोर गरे। गोकर्ण गल्फ क्लबमा आज […]
June 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आगामी आइतबारबाट सुरु हुने एसिसि मेन्स यु-१६ इस्ट जोन कपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बिहीबार विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा सुर्याशुं कोइराला रहेका छन् । गत साता सुर्खेतमा सम्पन्न टिबी साह मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा […]
June 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाको बिग बास लिग(बिबिएल) को ड्राफ्टमा रहेका नेपालका ६ क्रिकेटर कुनै टोलीमा पनि अनुबन्ध हुन सकेनन् । बिहीबार सम्पन्न १५औं संस्करणको बिबिएल ड्राफ्टमा सुचीकृत नेपालका ६ क्रिकेटरहरु नै कुनै टोलीमा समावेश हुन नसकेका हुन् । बिहीबार भएको ड्राफ्टबाट सहभागी ८ टोलीमा १५ खेलाडी अनुबन्ध भएकामा नेपालका ६ खेलाडी भने कुनै टिममा सामेल […]
June 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सले खेल्दैछन् । ग्लासगोमा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । यसअघिका २ मध्ये १ मा जित र १ मा हार बेहोरेको नेपाल […]