default_image

breaking big news

June 19, 2025

नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सले खेल्दैछन् । ग्लासगोमा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । यसअघिका २ मध्ये १ मा जित र १ मा हार बेहोरेको नेपाल […]

June 18, 2025

ड्याफोडिलमा ‘स्कुल टु ओलम्पिक’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स एसोसिएसनले गोकर्णेश्वरको ड्याफोडिल पब्लिक स्कुलमा बुधवार  स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ । ड्याफोडिलका विधार्थीसँग भएको अन्तरक्रियात्मक स्कुल टु ओलम्पिक कार्यक्रममा एसोसिएसनका अध्यक्ष दीपक विष्ट, सचिव देवु थापा, सन्तोषी श्रेष्ठ र प्रिन्स दाहालले आफ्नो खेल जीवन सुरुवात, यात्रा , कठिनाई र सफलताको प्रसंग साटेका थिए। तेक्वान्दोका दीपक र जुडोकी देवुले […]

June 18, 2025

एमेच्योर राहुलको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टिमका सदस्य एमेच्योर राहुल विश्वकर्मा सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् । समग्रमा १६-अन्डर २ सयको स्कोरमा राहुलले प्रो गल्फर तथा दोस्रो दिनका संयुक्त लिडर सुभाष तामाङलाई एक स्ट्रोकले पछि पारे । राहुलले तेस्रो दिन बुधबार ६-अन्डर ६६ को उत्कृष्ट स्कोर निकाले । भारतीय […]

June 18, 2025

लिभरपुल र बर्नमाउथबीच पहिलो खेल हुने

एजेन्सी – साविक विजेता लिभरपुलले २०२५–२६ प्रिमियर लिग सिजनको उद्घाटन खेलमा बर्नमाउथको सामना गर्नेछ। म्यानचेस्टर युनाइटेड र आर्सनलले‌ एक अर्काको सामना गर्दै नयाँ सिजनको सुरुवात गर्नेछन् । आर्ने स्लटको नेतृत्वमा पहिलो सिजनमै लिग उपाधि जितेको लिभरपुलले अगस्ट १५(साउन ३० गते) एनफिल्डमा नयाँ सिजनको उद्घाटन खेल खेल्दै आफ्नो उपाधि रक्षा यात्रा सुरु गर्नेछ। २०१६–१७ पछि पहिलोपटक […]

June 18, 2025

इन्टर र मोन्टेरको बराबरी

एजेन्सी – इटालियन टोली इन्टर मिलानले च्याम्पियन्स लिग फाइनल हारेको पहिलो खेलमै बुधवार विश्वकपको उद्घाटन खेलमा मेक्सिकन क्लब मोन्टेरेसँग १-१ को बराबरीमा खेलेको छ । अनुभवी स्पेनी स्टार सर्जियो रामोसले पहिलो हाफमा एक शानदार हेडरमार्फत मोन्टेरेका लागि गोल गरे ।इन्टरका लागि लउटारो मार्टिनेजले पहिलो हाफको अन्त्यतिर बराबरी गोल फर्काए। ४२औं मिनेटमा कार्लोस अगस्टोको पासमा सहज […]

June 17, 2025

नेपालले स्कटल्याण्डलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको छ । सिरिजमा नेपालको यो पहिलो जित हो । स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गरेको हो । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । […]

June 17, 2025

फुटबलर सन्देशको शल्यक्रिया

काठमाडौं (हाम्रो खेलकुद)- मोरङको बेलबारी निवासी युवा फुटबल खेलाडी सन्देश आचार्यको घुँडाको शल्यक्रिया भएको छ। नेपाल फुटबल खेलाडी संघको पहलमा बी एण्ड बी अस्पतालमा उनको मंगलवार निःशुल्क शल्यक्रिया भएको हो। झन्डै ८ महिनासम्म उपचारका लागि स्थानीय तहबाट सहयोग नपाएका उनले बेलबारी फुटबल क्लबका प्रतिनिधि शंकर सुवेदी मार्फत फुटबल खेलाडी संघसँग सम्पर्क गरेका थिए। संघले उपचारको […]

June 17, 2025

बलर चम्कँदा नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीबाट ९८ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ । नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको हो । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए । सन्दीपले पावरप्लेमा अन्य बलरले […]

June 17, 2025

स्कटल्याण्डविरुद्ध नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डविरुद्ध त्रिकोणात्मक टि२०आई सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । हिजोको खेलमा चोट बोकेका नन्दन यादवको स्थानमा बसीर अहमद टोलीमा आएका छन् । नेपालको प्लेइङ […]

June 17, 2025

नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत आज घरेलु टोलीको सामना गर्दैछ । नेपाली समयअनुसार रातको ७:४५ बजे सुरु हुने खेलमा नेपाल सिरिजको पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । यता स्कटल्याण्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ […]

Success

Thank you for your time.